सञ्चारीका समूहले महिला सहभागिता, समानता र सशक्तीकरणको बारमा नेपाल रिपब्लिक मिडियासँग छलफल गरेको छ।
बिहीबार सञ्चारीका समूहकी अध्यक्ष विमला तुम्खेवासहितको टोलीले नेपाल रिपब्लिक मिडियासँग महिला सहभागिता, समानता र सशक्तीकरणको बारे छलफल गरेको हो।
छलफलमा अध्यक्ष तुम्खेवाले संस्थामा लैगिंक समानता तथा सामाजिक समावेशी नीति, यसमा आएको समस्याको समाधान, संस्थाभित्र युवा पत्रकारको सेवा सुविधा, सम्पादक तहमा महिलाहरू साथै समाचारहरूमा महिलाहरूको विषय उथानको बारेमा जानकारी लिएकी थिइन्।
छलफलमा बोल्दै नेपाल रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक सबृद्धि ज्ञवालीले महिला पत्रकारहरूको हकहितमा संस्था सधैं अग्र स्थानमा रहेको उल्लेख गरिन्।
महिलालाई समेत पुरुषसरह सुविधा उपलब्ध गराएको जानकारी गराउँदै उनले महिलाको विषयलाई समेत नेपाल रिपब्लिक मिडियाले सधैं प्राथमिकतामा राखेको बताइन्। युवा पत्रकार मुलुकलाई आवश्यक रहेको चर्चा गर्दै प्रबन्ध निर्देशक ज्ञवालीले अवसर पाए उच्च पदमा बसेर पत्रकारिता गर्न नेपाली महिला समेत सक्षम रहेको दाबी गरिन्।
नेपाल रिपब्लिक मिडियामा महिलामैत्री कार्यकक्ष रहेको र आवश्यकताअनुसार अन्य सुविधाहरू पनि थप गर्न तयार रहेको उनको भनाई थियो। सञ्चारिका समूहले महिला पत्रकारहरूको हकहितमा गरिरहेको कामको प्रशंसा गर्दै प्रबन्ध निर्देशक ज्ञवालीले राम्रा कामका लागि सहयोग गर्न रिपब्लिक मिडिया सधैं तयार रहने प्रतिबद्धता व्यक्त गरिन्।
पछिल्लो समय महिलाको प्रजनन् स्वास्थ्यलाई लिएर ‘मेरो शरीर मेरो अधिकार हो’ भन्ने विषयमा बहस चलेता पनि गर्भपतनलाई सरकारले निरअपराधीकरणको व्यवस्था गरेको छैन । कानुनी रुपमा यसलाई आवश्यक संशोधन गरिनु पर्छ भन्दै विज्ञ सँगै सम्बन्धित क्षेत्रका व्यक्तिहरुले आवाज उठाएका छन् ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन र मुलुकी अपराध संहिताले गर्भपतनलाई अपराधीकरणको व्यवस्था गरेकाले ऐनमा गर्नुपर्ने आवश्यक संशोधनको विषयमा मंगलबार सञ्चारिका समूह नेपाल, सेन्टर फर रिप्रोडक्टिभ राइट्स र महिला, कानून र विकास मञ्च (एफ डब्लु एलडी)को संयुक्त आयोजनामा काठमाडौंमा एक छलफल कार्यक्रम भएको हो ।
कार्यक्रममा महिला, कानुन तथा विकास मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता सविन श्रेष्ठ, नेपाल सोसाइटी अफ अब्स्टेटिरसियन एन्ड गाइनोकोलोजिष्ट (नेसोग)का अध्यक्ष डा.पदम राज पन्त, सीआरआरका वरिष्ठ कानुनी सल्लाहकार तथा प्रवक्ता प्रभाकर श्रेष्ठ, प्रजनन् स्वास्थ्य अधिकारको क्षेत्रमा कार्यरत अधिवक्ता सोनाली रेग्मीलगायतले विभिन्न विषयमा प्रतिवेदन पेस गरेका थिए ।
प्रस्तुति राख्दै महिला कानुन तथा विकास मञ्चका अध्यक्ष सबिन श्रेष्ठले २०५८ सालमा गर्भपतनलाई कानुनी मान्यता पाएता पनि २०७४ को मुलुकी अपराध संहिता र २०७५ को प्रजनन स्वास्थ्य अधिकार ऐन सन्दर्भमा कानुनी पाटोको व्याख्या गरे । जसमा १२ हप्ताको महिलाको मन्जुरीमा र २८ हप्ता जवर्रजस्तीकरणीको व्यवस्था गरियो भने अर्कातर्फ मुलुकी फौजदारी संहितामा दण्डसजाएको व्यवस्था गरेको जसको कारण १२ वर्षको बलात्कृत बालिकाले बच्चा जन्माउन परेको उदाहरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल सोसाइटी अफ अब्स्टेट्रिसियन एन्ड गाइनोकोलोजिस्ट डा.पदम राज पन्तले स्वास्थ्य पक्षबाट गर्भपतनको आवश्यकता र चुनौतिबारे धारणा राखेका थिए । उनले भने, ‘एकातिर अधिकार दिइन्छ भने अर्र्कोतिर अनावश्यक सीमितता राखिन्छ ।’ कानुनीरूपमा २८ हप्तासम्म गर्भपतन सम्भव छ । एचआइभी संक्रमित महिलाका लागि विशेष खण्ड थपिनुपर्ने आवश्यकता उनले औंल्याए ।
प्रजनन स्वास्थ्य सम्बन्धी कार्यरत अधिवक्ता सोनाली रेग्मीले गर्भपतनको सवाल महिलाको आत्मसम्मान, निर्णयको अधिकार र जीवनको सुरक्षासँग जोडिएको भन्दै यसलाई यातना, बलात्कार, तथा बलजफ्ती गर्भवती बनाइएका अवस्थामा अनिवार्य उपचारको रूपमा हेर्नुपर्ने धारणा राखिन । उनले सन्दर्भ, तथ्याङ्क र वास्तविकतामाथि आधारित संवादको आवश्यकता औंल्याईन् ।
कानुनी सल्लाहकार प्रभाकर श्रेष्ठले संविधान, अन्तर्राष्ट्रिय प्रतिबद्धता र महिला अधिकारलाई सम्बोधन गर्दै सुरक्षित गर्भपतनमा पहुँच वृद्धि गर्न नीतिगत सुधार आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै सञ्चारिका समुहका अध्यक्ष कमला पन्थीले अपराधीकरणको व्यवस्था गरेको विषयमा कानुनीरुपमा यसलाई आवश्यक संशोधन माथिका विषयमा सरकारलाई मिडियाको माध्यमबाट एक किसिमको दबाब दिएर मिडियाले सकारात्मक भूमिका खेल्न सक्ने बताईन् ।
छलफलमा अधिकांश सहभागीहरूले विशेषगरी बालबालिका, बलात्कार पीडित र अपांगता भएका महिलाका केसमा अहिलेको कानुनी प्रक्रिया अपूरो र अपारदर्शी भएको उल्लेख गरेका थिए ।
केही सहभागिहरूले २० वर्ष मुनिका महिलाहरूमा गरिने गर्भपतन, लिंग पहिचान गरेर गरिने गर्भपतन, ग्रामीण क्षेत्रमा सुरक्षित सेवा नपाइनु लगायत समस्याहरू उजागर गरे ।
पत्रकार, स्वास्थ्यकर्मी, कानुन व्यवसायी, महिला अधिकारकर्मीहरूले सामाजिक कलङ्क, अपुष्ट जानकारी, र सरकारी असंलग्नता मुख्य चुनौतीको पाटोको रुपमा देखिएको पनि सहभागिहरुले औँल्याएका छन् ।
कार्यक्रममा उपस्थित सबै सरोकारवालाहरूले सुरक्षित गर्भपतन सेवा महिला अधिकारको अभिन्न हिस्सा भएको भन्दै कानुनी संशोधन, सेवा प्रवाहको सुधार, शिक्षा र जनचेतना अभिवृद्धि तथा मिडिया मार्फत सही सन्देश प्रवाह गर्नु आजको आवश्यकता हो भन्नेमा सबैको एक मत थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...