पोखरा महानगरबासीको शुद्ध खानेपानी पिउने सपना अब चाँडै पूरा हुने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा बनिरहेको पोखरा खानेपानी सुधार आयोजनाका अधिकांश संरचना निर्माण सम्पन्न भइसकेकाले पोखरेलीको उक्त सपना पूरा हुन लागेको हो।
आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएका संरचनाहरूको हालै नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरे। उद्घाटनसँगै जाइकाले सम्पूर्ण संरचना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरेको छ।
आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएका संरचनाहरूको उद्घाटन भए पनि पोखरेलीका घरघरमा जडान भएका धारामा शुद्ध खानेपानी भने आइहाल्दैन। त्यसका लागि केही दिन कुर्नुपर्ने बताइएको छ।
केही संरचना निर्माण गर्न बाँकी रहेको तथा ट्यांकीहरू सफा गर्न समय लाग्ने भएकाले घरको धारामा शुद्ध खानेपानी चाँडै आइपुग्ने कर्मचारीहरू बताउँछन्। त्यसपछि भने पोखरेलीले धाराको पानी सिधै पिउन सक्नेछन्। किनकि पानीको शुद्धीकरण गरेर पठाइने भएकाले पहिलेजस्तो धमिलो हुनेछैन भने ब्याक्टेरिया पनि निर्मलीकरण गरेर पठाइनेछ।
जाइकाले चार अर्ब ८१ करोड रूपैयाँको अनुदान सहयोगमा यो आयोजना निर्माण गरेको हो। पोखरेलीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले २०७६ सालमा सुरु गरेको आयोजना हालै सम्पन्न गरेको हो।
आयोजनाअन्तर्गत बालुवा हटाउने ट्यांकी चारवटा, पानी थिग्राउने ट्यांकी चार वटा, पानी छान्ने फिल्टर ६ वटा, सफा पानी संकलन ट्यांकी नौ सय ३० घनमिटरका दुईवटा, क्लोरिनेसन प्लान्ट, पानी पोखरी लगायतका संरचना निर्माण सम्पन्न भइसकेको जाइकाले जनाएको छ।
त्यस्तै पोखरा–५ प्रस्याङ र पोखरा–११ फूलबारीमा २०/२० लाख लिटर क्षमताका एकएक वटा पानी संकलन ट्यांकी निर्माण सम्पन्न भइसकेको छ। पोखरा–१५ कोलपाटनमा सोही क्षमताको अर्को पानी संकलन गर्ने ट्यांकी निर्माण गर्ने भनिए पनि बनाउन बाधा पुगेको छ। त्यहाँ ट्यांकीको उचाइ बढी देखिएको भन्दै नेपाल हवाई उड्डयन प्राधिकरणले निर्माण कार्य जारी रहँदा निर्माणमा रोक लगाएपछि हाललाई सो निर्माण कार्य स्थगित भएको हो। अब त्यसलाई पुनर्निर्माण गर्ने कि उचाइ घटाएर कम क्षमताको बनाउने भन्नेमा टुंगोमा पुगेर निर्माण सम्पन्न गरिने जाइका स्रोतले बताएको छ।
यसबाहेक पोखरेलीलाई शुद्ध पिउने पानी वितरणका लागि एक सय ११ किलोमिटर पाइप जडानसमेत गरिसकेको जनाइएको छ। यो आयोजनापछि अब पोखरेलीको धारामा दैनिक चार करोड लिटर पानी ट्रिटमेन्ट प्लान्टले शुद्ध र सुरक्षित रूपमा प्रशोधन गरी पठाउनेछ। आयोजनाको संरचना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले अबदेखि पोखरेली शुद्ध पिउने पानी पाउने दाबी गरे। उनले भने, ‘आजैदेखि पोखरेलीले शुद्ध र सुरक्षित खानेपानी प्राप्त गर्नेछन्, जुन शुद्ध अनि सफा हुनेछ।’
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेलीले अबदेखि धमिलो पानी पिउनुनपर्ने बताए। उनले भने, ‘हिलो मिसिएको धमिलो पानी अब पोखरामा आउँदैन। अब सिधै धाराबाट पिउन मिल्ने पानी आउँछ।’ तर आयोजना सञ्चालन गर्ने दक्ष कर्मचारी खानेपानी संस्थानसँग हुनुपर्ने बताए। नभए त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे।