स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मानसिक रोगीको संख्या तीव्र गतिमा बढिरहेको बताएका छन्।
राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले मानसिक स्वास्थ्य समस्याको समाधानका लागि उपचारात्मकभन्दा निरोधात्मक विधिहरूमा ध्यान दिनुपर्ने औंल्याए। उनले रोग लाग्न नदिनका लागि मन्त्रालयले अध्ययन समिति गठन गरी नीति निर्माणमा काम गर्ने योजना रहेको बताए।
मन्त्री पौडेलले जनस्वास्थ्य समस्याका लागि निरोधात्मक नीति बनाउनुपर्नेमा जोड दिँदै भने, "खानेकुरा अस्वस्थ छ। वायुमण्डल प्रदूषित छ। सूर्यको प्रकाश विकिरणयुक्त बन्दै गइरहेको छ। मान्छेको व्यवहार र तनावका कारण मानसिक रोगको समस्या गम्भीर रूपमा बढ्दै गएको छ।"
उनले उपचार प्रक्रियाको विकास भए पनि बिरामीहरूको संख्या बढिरहेको उल्लेख गर्दै उपचारभन्दा रोकथामलाई प्राथमिकता दिन चेतना अभिवृद्धि गर्नुपर्ने धारणा व्यक्त गरे। उनले भने, "हामीले स्पष्ट निरोधात्मक नीति ल्याउनुपर्छ। रोग लाग्न नदिन के गर्न सकिन्छ भन्नेबारे अध्ययन गर्न समिति गठन गरेर काम गर्नेछौं।"
मन्त्री पौडेलका अनुसार खानेकुरा उत्पादन, वायुमण्डल, र स्वास्थ्य संरचनासँग सम्बन्धित विषयलाई समेटेर स्वास्थ्यमैत्री नीतिहरू ल्याउने तयारी भइरहेको छ। उनले वर्तमानमा उपचारात्मक प्रणाली र क्षमताको विस्तार भए पनि निरोधात्मक दृष्टिकोणमा ध्यान दिन नसक्दा रोगीहरूको संख्या बढिरहेको बताए।