खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोशी प्रदेश कार्यालय विराटनगरले धान खरिद सुरु गरेको छ। कम्पनीले आइतबार देखि धान खरिद सुरु गरेको कम्पनीका प्रदेश कार्यालय प्रमुख रवि झाले जानकारी दिए।
उनले यो वर्ष कम्पनीले २५ हजार क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल स्टिम जिरा धान खरिद गर्ने तयारी गरेको जानकारी दिए। दुवै धानको मूल्य प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा तोकिएको छ।
कम्पनीले सुनसरी, मोरङ र झापाका किसानबाट सोझै धान खरिद गर्ने पनि उनले बताए। धानको तौलाई, चौकाई सम्बन्धी व्यवस्था कम्पनीले गर्ने, धानमा अन्य पदार्थहरू तथा अन्य प्रजातिका धान मिसिएको हुन नहुने, धान बेच्न आउने किसानले नागरिकताको प्रमाणपत्र र स्थानीय तहबाट कृषक प्रमाणीकरणको सिफारिस लिएर आउनुपर्ने उनले जानकारी दिए। कम्पनीले धान खरिद गरी चामल बनाएर बेच्दै आएको छ।
चालु आर्थिक वर्ष कम्पनीको कोशी प्रदेश कार्यालयले २५ हजार क्विन्टल सोना र ५ हजार क्विन्टल स्टिम जिरा मसिनो चामल बिक्री गर्ने लक्ष राखेकोमा हाल सम्म १८ हजार क्विन्टल सेना मन्सुली र ३ हजार क्विन्टल स्टिम जिरा मसिनो चामल प्राप्त भइसकेको र अन्य चामल आउनेक्रममा रहेको कार्यालयले जनाएको छ।
खाद्यव्यवस्था कम्पनीको विराटनगर स्थित प्रदेश कार्यालयले कोशी प्रदेशका कारागारहरू र दुर्गम क्षेत्रमा चामल बिक्री गर्दै आएको छ। विराटनगर कार्यालयले चाडपर्वलक्षित गरी सर्वसाधारणलाई चामल बिक्री गर्दै आएको छ।