काठमाडौं महानगरपालिका–१६ बालाजुमा रहेको शीतला माध्यमिक विद्यालयले आधारभूत तह (कक्षा १–३) का शिक्षकहरूका लागि एकीकृत सिकाइ सहजीकरणसम्बन्धी पाठ्यक्रम र मूल्यांकनसम्बन्धी एक दिने प्रयोगात्मक तालिम आयोजना गरेको छ।
काठमाडौं महानगरको कानुनी र नीतिगत व्यवस्थाअनुरूप उक्त तालिम आयोजना गरिएको जानकारी प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले दिए।
तालिममा निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकहरू तथा परीक्षा समितिका सदस्यहरू सक्रिय सहभागिता जनाएका थिए। पाठ्यक्रम विकास केन्द्रका विज्ञहरूले तालिमको सहजीकरण गरेका थिए।
विद्यालयका प्राथमिक तह इन्चार्ज देवुकुमारी शर्माले तालिमको मुख्य उद्देश्य विद्यार्थी मूल्यांकनलाई तोकिएको ढाँचामा प्रयोगात्मक रूपमा कसरी प्रभावकारी बनाउने भन्नेमा केन्द्रित रहेको बताइन्।
‘यो तालिम सैद्धान्तिक भन्दा व्यावहारिक पक्षमा केन्द्रित थियो। सहभागी शिक्षकहरूले सक्रियता देखाएका छन्। अब तोकिएको विधिबाट मूल्यांकन गर्न सक्षम हुने आशा छ,’ शर्माले भनिन्।
यसैबीच विद्यालयमा संसदीय प्रणाली वादविवाद कार्यशाला पनि सम्पन्न भयो। कार्यशाला लायन्स क्लब अफ बालाजु हाइट, लियो क्लब अफ बालाजु हाइट र डिबेट नेटवर्क नेपालको सहकार्यमा सम्पन्न भएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए। कार्यशालामा १२ सामुदायिक र निजी विद्यालयका शिक्षक प्रतिनिधि र विद्यार्थी सहभागी थिए।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा तर्कशक्ति र विचार प्रस्तुत गर्ने कला विकास गर्नु रहेको आयोजकको भनाइ छ। प्रधानाध्यापक श्रेष्ठका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आत्मविश्वास बढाउने र तर्कशास्त्रको ज्ञानमा दखल राख्न सहयोग पुर्याउँछ।