बलात्कार आरोपीले पीडितलाई धम्क्याए
२९ चैत्र २०७४
•
५ मिनेट पाठ
बलात्कार आरोपीले पीडितलाई धम्क्याए
सर्लाही – आफ्नै घरमा काम गर्न राखिएकी बालिकामाथि जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका अभियुक्त पक्षले पीडित बालिका एवं उनका परिवारलाई मुद्दा फिर्ता लिन तथा बयान फेर्न दबाब दिएको छ । मिटर ब्याजमाऋण लगानी गर्ने साहुकारूपमा चिनिने श्यामकृष्ण साहलाई गत शनिबार पक्राउ गरी प्रहरीले जबर्जस्ती करणी मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाएको छ। श्याम परदेशी उपनामले चिनिने कविलासी नगरपालिका–२ पिपरिया निवासी ६० वर्षीय साह पक्षधरले पीडित बालिका एवं बालिकाकी आमालाई मुद्दा फिर्ता लिन तथा बयान फेर्न दबाब दिएको भन्दै महिला अधिकारकर्मीको एक समूहले बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालसमक्ष गुनासो गरे।

महिलाहरूसँगै जिल्ला प्रशासन कार्यालयमा आएकी पीडित बालिकाले आफू र आमालाई अभियुक्त साहकी छोरी हिलासा साहले बुधबार बिहान मुद्दा फिर्ता लिन दबाब दिएको बताइन्। ‘मेरो बुबालाई जेल पठायौं भने तिमिहरूले १४ लाख रुपैयाँ ऋण लिएको तमसुक भएकाले सो ऋण नतिरे जेलमा कुहाइदिने धम्की दिनुभयो,’ पीडित बालिकाले भनिन्।

मुद्दा फिर्ता प्रक्रियामा सहयोग नगरे १४ लाख रुपैयाँको सावाँब्याज तिर्नुपर्ने भन्दा पो आफू झसंग भएको उनले गुनासो गरिन्। ऋण लिएको सबा लाखमध्ये एक लाख रुपैयाँ तिरिसकेको समेत उनले बताइन्। ‘हामीले उहाँसँग १ लाख २५ हजार रुपैयाँ ऋण लिएका थियौं,’ पीडित बालिकाकी आमाले भनिन्, ‘तर, १४ लाखको तमसुकमा पो सही गराउनुभएको रहेछ।’ दिनरात घरमै उपस्थित भई धम्की दिने गरेकाले आफूहरू असुरक्षित महसुस गरेको पीडित बालिकाले बताइन्। पीडित बालिका र उनकी आमासँगै मलंगवा पुगेका महिला समूहले जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रमुख कुन्दन देवलगायतलाई समेत धम्कीबारे जानकारी गराएका थिए।

प्रमुख जिल्ला अधिकारी कटवालले पीडित बालिका एवं उनकी आमालाई नडराई बस्न आग्रह गर्दै सुरक्षाको पूर्ण ग्यारेन्टी लिइने विश्वास दिलाए। ‘बालश्रम शोषण, यौन दुराचार, जबर्जस्ती करणीजस्ता अपराधमा आरोपितको पक्षमा प्रहरी प्रशासन कहिल्यै लाग्दैन,’ प्रजिअले प्रतिबद्धता जनाए, ‘ढुक्क हुनुहोस्, तपाईंहरुको सुरक्षामा कुनै आँच आउन दिनेछैनौं।’

पीडित बालिकाका बुवा वैदेशिक रोजगारीमा छन्। प्रहरीका अनुसार पीडित बालिका ७ वर्षदेखि साहको घरमा काम गर्न बसेकी थिइन्।

अनपढ सर्वसाधारणलाई ऋण लगानी गर्दै मिटर ब्याज खाने साहुकारूपमा साहले केही महिनायता विभिन्न मिडियामार्फत मुलुकभर चर्चा कमाएका थिए। अभियुक्त साहले १ लाख ऋण दिएर १४ लाख रुपैयाँसम्मको तमसुकमा सहीछाप गराउने गरेको लालबन्दी नगरपालिका जब्दी निवासी रुक्मिणी चौधरीले बताइन्। ‘ऋण लिएको १० गुनाभन्दा बढी रकमको तमसुकमा सहीछाप गराउने गरेका रहेछन्,’ साहबाटै ऋण लिएर पीडित बनेकी चौधरीले गुनासो गरिन्, ‘तमसुक पनि ४–५ वटा बनाउने र ऋण तिरेपछि एउटा तमसुक च्यात्न लगाएपनि अर्को तमसुक देखाएर धम्काउने गर्दै आएका छन्।’

साहले केही महिनाअघि एकसाथ दुई सयभन्दा बढी सर्वसाधारणविरुद्ध अदालतमा लेनदेनको मुद्दा दायर गरेका थिए। साहले छोरीसँग यौन सम्पर्क गर्न दिए ऋण मिनाहा गरिदिने प्रस्तावसमेत राख्ने गरेको कतिपय पीडितले सार्वजनिक रूपमै आरोप लगाउँदै आएका छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
२ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस