पत्रकार महासंघकाे निर्वाचन (तस्बिरहरू)
२८ मंसिर २०८१
•
१ मिनेट पाठ
पत्रकार महासंघकाे निर्वाचन (तस्बिरहरू)
नेपाल पत्रकार महासंघको निर्वाचनमा शुक्रबार मतदान भइरहेको छ।




जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि एकैचोटी मतदान भएको हो।

शुक्रबार बिहान १० बजेदेखि मतदान सुरू भएको हो भने अपराह्न ४ बजेसम्म मतदान गर्न पाइनेछ।

अर्को समाचार
नेपाल पत्रकार महासंघ यूकेको नयाँ अधिवेशन माग
२६ पौष २०८१
•
२ मिनेट पाठ
नेपाल पत्रकार महासंघ यूकेको नयाँ अधिवेशन माग
बेलायतस्थित नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघमा सदस्यता वितरण तथा निर्वाचन प्रकृयाका विषयमा रहेको किचलो तत्काल अन्त्य गरी नयाँ महाधिवेशनको मिति तय गर्न माग गरिएको छ।




नेपाल पत्रकार महासंघको गत जेठ २३ गते (जुन ५, २०२४)  को परिपत्र अनुसार नेपाल पत्रकार महासंघ बेलायत शाखाको स्थगित अधिवेशनको नयाँ मिति तय गर्न शाखाका सदस्यहरूले माग गरेका हुन्।  

नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशन तयारी समितिका संयोजक दिनेश परियारले नवनिर्वाचित कार्यसमितिको लागि अध्यक्ष निर्मला शर्मालाई एक पत्र माफर्त अधिवेशनको मिति तय गर्न र केन्द्रीय प्रतिनिधि पठाउन आग्रह गरेका छन्।  

यसअघि नेपाल पत्रकार महासंघले बेलायत शाखा (एफएनजे युके) को छैठौं अधिवेशन स्थगित भएपछि शाखाका नाममा संस्थाको विधान विपरीत भएका गतिविधि रोक्नको लागि गत मंसिर २० गते पत्राचार गर्दै नयाँ महाधिवेशनको मिति तय हुने जनाएको थियो।  

नेपाल पत्रकार महासंघको पत्र बमोजिम महाधिवेशनमा जाने र नजाने विषयमा बेलायतस्थित पत्रकारहरू विभाजित हुँदा संस्थाभित्र विवाद चर्किएको हो। परियारले नेपाल पत्रकार महासंघको पत्र अनुसार जुलाई महिनामा भएको महाधिवेशन स्थगित भएको जानकारी दिए।  

उनले नेपाल पत्रकार महासंघ बेलायत शाखामा रहेका सदस्यतासम्बन्धी विवाद समाधान गर्ने गरी तयार गरिएको ५९ जना सदस्यहरूको नामावली नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा दर्ता गरेको बताए।  

नेपाल प्रेस यूनियन बेलायतका अध्यक्ष बिपिन निरौलाले नेपाल पत्रकार महासंघ बेलायत शाखामा सदस्यताको लागि आवेदन दिएका शतप्रतिशतको आवेदन रद्द गरेर अधिवेशनमा जानु अवैधानिक र अन्यायपूर्ण भएको बताए। उनले नेपाल पत्रकार महासंघ बेलायतको पूर्वकार्यसमितिसँग नेपाल प्रेस युनियन बेलायतले गरेको पूर्व सम्झौता अनुरुप शाखामा सदस्यता वितरण हुनु पर्ने माग गरे।  

उनले गत जुन महिनामा सदस्यता वितरणमा शाखामा भएको व्यापक अनियमिताको छानबिन गरी तत्काल नेपाल पत्रकार महासंघ बेलायत शाखाको छौटौ महाधिवेशनको मिति तय गर्न माग गरे।  

नेपाल पत्रकार महासंघ बेलायतका पूर्ववरिष्ठ उपाध्यक्ष श्याम लुँटेलले बेलायतमा रहेका नेपाली पत्रकारहरूलाई संगठित गर्न स्थापना भएको शाखामा सदस्यता वितरणमा भएको विभेदले शाखाको औचित्य माथि प्रश्न उठेको बताए। उनले शाखामा नयाँ सदस्यता वितरणको प्रकृया सुरु गरेर सबै नेपाली पत्रकारहरूलाई महासंघको छाताभित्र ल्याएर मात्र महाधिवेशन हुनु पर्ने बताए। उनले बेलायतमा सक्रिय पत्रकारहरूलाई समेटेर सदस्यता वितरण गर्न आग्रह गरे।

लुँइटेलले समाजलाई भ्रम पार्ने गरी कथित महाधिवेशनबाट निर्वाचित फर्जी कार्यसमितिको फोटो सेसन तथा खादामालासहितको सम्मानप्रति सचेत रहन बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरे।  

नेपाल पत्रकार महासंघ बेलायत शाखाको सदस्यताका लागि गत जुन महिनामा ६५ जनाले आवेदन दिएकोमा तत्कालिन अध्यक्ष ध्रुर्व अर्याल समूहले एकलौटी रूपमा सदस्यता वितरण गरेको आरोप लागेको छ। शाखाको सदस्य बन्न आवेदन दिएका २७ जनामध्ये सबैको आवेदन रद्द गरेर रकम जफत गरेपछि शाखामा सदस्यता वितरण प्रकृया थप जटिल बनेको हो।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस