आन्तरिक पर्यटकले भरिभराउ भक्तपुर
०१ पौष २०८१
•
३ मिनेट पाठ
आन्तरिक पर्यटकले भरिभराउ भक्तपुर
तस्बिर: दिपेश दर्शनधारी/नागरिक
भक्तपुर नगरपालिकाले आयोजना गरेका पाँच दिने भक्तपुर महोत्सव–२०८१ मा आन्तरिक पर्यटकको घुइँचो लागेको छ।




मङ्सिर २८ गतेदेखि सुरु भएको महोत्सवमा प्रत्येक दिन एक लाख आन्तरिक पर्यटकको आगमन भएको र शनिबार तथा आइतबार बिदाका दिन दैनिक करिब दुई लाखका दरले आन्तरिक पर्यटकको आगमन भएको भक्तपुर नगरपालिका मेला आयोजक समितिले जानकारी दिएको छ।

भक्तपुर नगरपालिकाको ऐतिहासिक नगरीभित्र प्रवेश गर्ने चारै नाकाबाट सुरु हुने महोत्सवको विभिन्न झलकले आउने आन्तरिक एवं बाह्य पर्यटकलाई दिन गएको पत्तै नहुने गरि आकर्षण दिएको छ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउँदै भक्तपुरलाई विश्वभर चिनाउने उद्देश्यले नगरपालिकाले आयोजना गरेको महोत्सवमा नौका बिहारदेखि यहाँका जात्रा, पर्व र परम्परा नजिकबाट नियाल्न सकिने नगर प्रमुख सुनिल प्रजापति बताउँछन्।

कमलविनायकस्थित यातुबारे पुखु तथा भाज्या पुखु, नः पुखु, सिद्ध पोखरीमा नगरपालिकाले महोत्सवका क्रममा नौका बिहार सञ्चालन गरेको छ। पोखरीमा कतै नौका बिहार त कतै वाटर साइक्लिङको मजा लिने व्यवस्था गरेको छ।

कमलविनायक लामगाल चउरको पुस्तक प्रदर्शनीमा १७ वटा प्रकाशनगृहको पुस्तक प्रदर्शनी गरिएको छ। बाँसुरीबाजा प्रतियोगिता गर्नुका साथै विद्यार्थी निकेतन माविको प्राङ्गणमा ऐतिहासिक, सांस्कृतिक तथा जीवनशैलीको फोटो प्रदर्शनी गरिएको छ। भक्तपुर दरबार क्षेत्रको पुरानो जनज्योति पुस्तकालय रहेको ठाउँमा ५० जना कलाकारको आफ्नो कला प्रदर्शनी गरेको छन् भने मूर्तिकार विकल प्रजापतिको एकल मूर्तिकला दर्शकको ध्यान केन्द्रित गरेको छ।

ख्वप कलेज देकोचा परिसरमा विभिन्न विद्यालयको शैक्षिक मेला तथा प्रदर्शनी रहेको क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रम तथा नाटक प्रदर्शनी भइरहेको छ। विभिन्न विद्यालयको शैक्षिक प्रदर्शनी रहेको भेलुखेल क्षेत्रमा बालमैत्री मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेको छ। टोलटोलमा प्रदर्शन भएको लोभलाग्दो नेवार संस्कृतिबाट पर्यटकहरू लोभिएका छन्।

विभिन्न भजन टोलीद्वारा यहाँका चोकचोकमा विभिन्न सन्देश प्रवाह गर्ने भजनहरूले आउनेहरूलाई पुरानो संस्कृतिको झल्को दिलाएको छ। सूर्यमढी टोलमा ८० वर्ष पुरानो ल्हो चाख, १०० वर्ष पुरानो सिं चाख तथा टायर र आधुनिक बिजुलीको चक्काबाट सलि, खुत्रुके, गमला, भाजं, घ्यर्वा, चिलं धुपौरो, गपचाजस्ता माटोको भाँडाहरू बनाएर प्रदर्शनी गरेको छ।

वाकुपति नारायण स्थान र दत्तात्रय क्षेत्रमा अन्नहरूको चित्र हलिमलि तथा परम्परा बाजाहरू तथा तलातुन्छी गणेशको द्योछेँ परिसरमा विश्वकर्मा भैल प्याखंको पोसाक, बाजा तथा माटाको नेवारी भाँडाकुँडा प्रदर्शनी गरिएको छ।

एक वर्षभित्र यहाँ मनाइने भक्तपुरका सांस्कृतिक र परम्परागत जात्राहरू हेर्ने अवसर पनि प्रदान गरेको छ। ल्योसिंखेल टोलमा ५५ हात लामो लिङ्गो उठाउने बिस्केट जात्रा प्रदर्शन गरिनुका साथै गाईजात्रा, घिन्ताङघिसी लगायतका विभिन्न ऐतिहासिक नाच र नेवार समुदायमा १५ दिनमा आउने प्रत्येक जात्रा, पर्व, नाचलाई महोत्सवमा प्रदर्शन गरिएको छ।

महोत्सवका मुख्य आकर्षणमा सांस्कृतिक कार्यक्रम बाँसुरी प्रतियोगिता, भजन, नौबाजा, नृत्य प्रदर्शनी, पौभा कला, परम्परागत खेलकुद, नेवारी जीवनशैली, माटोका सामग्री प्रदर्शनी, मेला खाना महोत्सव, दही महोत्सव र मनोरञ्जनात्मक गतिविधि हर्न सकिन्छ।

नेवार जनजीवनसँग सम्बन्धित न्येदा पुन्ही, पेदापुन्ही, ईहि, बाह्रा तयगु, कयता बेगु, भिं ईपा, जंको प्रदर्शनी, महिला समूहको समयबजी, योमरीको स्टललागयत विभिन्न खानाको स्टलमा यहाँका खानाको स्वाद चाख्न पनि पाइन्छ।

भक्तपुरको कला, संस्कृति, सम्पदा र यहाँको मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनालाई जानकारी गराउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गरी पर्यटन उद्योगमार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पुर्‍याउने महोत्सव सफल भएको नगर प्रमुख प्रजापतिले बताए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस