भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित कमलपोखरीमा कुटपिट भएको घटनामा संलग्न रहेको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
उक्त कुटपिटबाट भक्तपुरको सूर्यविनायक-१० चित्तापोलका २७ वर्षीय रञ्जित कार्की गम्भीर घाइते भएका छन्। प्रहरीले अचेत अवस्थामा रहेको भन्ने जानकारी पाएपछि तत्कालै प्रहरी वृत्त जगातीबाट टोली खटाई कार्कीलाई उद्धार गरी भक्तपुर अस्पताल पुर्याएको थियो।
थप उपचारका लागि उनलाई काठमाडौंको मेडिकल कलेज, सिनामंगल रिफर गरिएको र अहिले त्यहीँ उनको उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार घटना अनुसन्धानका क्रममा कुटपिटमा संलग्न ६ जनालाई भक्तपुर-१० पाइपलाइन क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूमाथि भक्तपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी प्रहरी वृत्त जगातीका सूचना अधिकारी ढुन्डीराज नेउपानेले दिए।
पक्राउ परेका व्यक्तिहरूमा भक्तपुर-१० कमलविनायकका आशिख सिजखो, चाँगुनारायण-६ खरिपाटीका समिर नेपाली, काभ्रे पाँचखाल-१० घर भई हाल भक्तपुर छालिङमा बस्दै आएका साजन तामाङ र सञ्जिव तामाङ, सिन्धुली मरिण गाउँपालिका-२ घर भई हाल भक्तपुर खरिपाटी बस्दै आएका अशोक तामाङ, र बारा घर भई हाल भक्तपुर खरिपाटी बस्ने सुमन तामाङ रहेका छन्।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।