कार्यालय प्रमुख विवाद कायमै, जिम्मा पाएको चार दिनमा ९८ लाख भुक्तानी
०४ पौष २०८१
•
३ मिनेट पाठ
कार्यालय प्रमुख विवाद कायमै, जिम्मा पाएको चार दिनमा ९८ लाख भुक्तानी
खाँडाचक्र नगरपालिकामा कार्यालय प्रमुख विवादले दैनिक काममा अवरोध हुँदै आएको छ। निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको छैटौं अधिकृत प्रबलजंग शाहीको जिम्मेवारी खोसेर अविराज शाहीलाई कार्यालय प्रमुख बनाएपछि कार्यालयको दैनिक कामकाज प्रभावित हुँदै आएको हो।




गत कात्तिक ३० गते मन्त्रालयले पत्र लेख्दै बढुवा नै नभएका छैटौं तहका अधिकृत अविराज शाहीलाई आर्थिक अधिकारसहित कार्यालय प्रमुखको जिम्मेवारी दिँदा नगरका सबै कर्मचारीले विरोध गरेका थिए। कर्मचारी र स्थानीय युवाले समेत जुनियरलाई बढुवा गरेको नक्कली निर्णय गरेर कार्यालय प्रमुखको जिम्मेवारी दिएको भन्दै चर्को विरोध गरेपछि अविराज शाहीको जिम्मेवारीसमेत मन्त्रालयले खोसेपछि खाँडाचक्र नगरपालिका कार्यालय प्रमुखविहीन भएको छ।

नगर प्रमुख कमलबहादुर शाहीको मनोमानीमा अविराज शाहीलाई कार्यालय प्रमुख मात्र होइन एक तह बढुवासमेत गरिएको थियो, तर सबै रेकर्ड हेर्दा एकल निर्णय भएको र निर्णय पनि स्वयं अविराज शाहीले लेखेको पुष्टि भएपछि सामान्य प्रशासन मन्त्रालयले शाहीको जिम्मेवारी खोसेको थियो। प्रबलजंग शाहीको जिम्मेवारी नगर प्रमुखले खोसेको र अविराज शाहीको जिम्मेवारी मन्त्रालयले खोसेपछि नगरपालिका बन्दजस्तै छ।

कार्यालय प्रमुख नहुँदा अन्य शाखाका कर्मचारी पनि कार्यालय आउँदैनन्। दैनिक कामकाज ठप्प छ भने कार्यालय दुईचारजना सहयोगीले खोल्ने गरेका छन्। नगर प्रमुखको मनसायअनुसार काम नगर्दा आफैंले तोकेका हाकिमको जिम्मेवारी खोसेको सबैले आरोप लगाएका छन्। एक कर्मचारीका अनुसार नगर प्रमुख र पुराना कार्यालय प्रमुख प्रबलजंग शाही एकै गाउँका नातेदार भए पनि स्वार्थ नमिलेका कारण नगर प्रमुख शाहीले जिम्मेवारी खोसेको सुनाए। हामीले धेरै भन्नु छैन, नगर प्रमुखको चाहनाअनुसार कार्यालय प्रमुखले काम नगरेपछि यस्तो समस्या भएको हो।

चार दिनमा ९८ लाख खर्च

नगर प्रमुख शाहीकै जोडबलमा निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका अविराज शाहीले चार दिनमा ९८ लाख खर्च गरेको पाइएको छ। गत कात्तिक ३० गते मन्त्रालयको पत्रअनुसार निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएका अविराज शाही मंसिर ७ गते मात्र हाजिर भएका थिए। उनी हाजिर भएकै दिन नयाँ खाता खोलेर ११ गते दिउँसोसम्म केही उपभोक्ता र केही आफ्नो नाममा चेकमार्फत ९८ लाख खर्च गरेको पाइएको हो। नगरपालिकाका सूचना अधिकारी महोन महराले ९८ लाख त होइन त्यसको आधाजति हुन सक्ने बताए। असोजदेखि खर्च केही पनि भएको थिएन। दसैं–तिहारको बिदाले त्यही भएर पनि खर्च केही भएको हुन सक्ने भन्दै सबै विषय लेखापाल धिरबहादुर शाहीलाई जानकारी दिए।

आफूले जिम्मा पाएको चार दिनमा ९८ लाख खर्च गरेको आरोप खेपिरहनुभएका अविराज पनि यस विषयमा बोल्न चाहँदैनन्। यसअघि पनि अधिकृत अविराज आफू निमित्त रहेका बेला श्रीमतीलाई सामाजिक परिचालकमा नियुक्ति दिएर आफैंले श्रीमतीको हाजिर लगाएर ६ महिनासम्मको तलब भुक्तानीसमेत गरेको आरोप छ। यस विषयमा नागरिक दैनिकमा समाचार प्रकाशन भएपछि अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय कालीकोटले शाहीलाई सात महिना जिम्मेवारीबाट बाहिर राखेको थियो।

पेस्कीमाथि पेस्की

असोज ३० मा जिम्मेवारी पाएका अविराजले मंसिर ११ सम्म दोहोरो पेस्कीसमेत भुक्तानी दिएका छन्। अवैध रूपमा कार्यकारी नियुक्त भएका शाहीले कार्यालयका एक कर्मचारीलाई पेस्कीमाथि पेस्की दिएको पाइएको हो।

मंसिर ७ गते अवैध रूपमा कार्यकारी नियुक्त शीर्षकमा समाचार प्रकाशन भएको थियो। समाचार प्रकाशनपछि मंसिर ११ गते उनको नियुक्ति रद्द गरिएको थियो। उक्त अवधिमा उनले दिएका भुक्तानीसमेत अवैध भएको जानकार बताउँछन्। खाँडाचक्र नगरपालिकाका एकजना कर्मचारीलाई १४ लाख पेस्कीमाथि पेस्की दिएको बताए। उनले मेयरलाई काठमाडौंमा खाने–बस्ने खर्चसमेत १४ लाख भुक्तानी भएको जनाए।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस