जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलास भुसालविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै प्रहरीले हिरासतको फोटो सार्वजनिक गर्ने कार्य अनुसन्धानलाई नकारात्मक प्रभाव पार्ने भएकोले उक्त कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न जो कोही व्यक्तिलाई कानूनी दायरामा ल्याई नेपालको संविधान र प्रचलित ऐनअनुसार अनुसन्धान तथा कारबाही गरिनेछ।’
फोटो खिच्ने र सार्वजनिक गर्ने व्यक्तिलाई कानूनी कठघरामा ल्याउन प्रतिबद्धता जनाउँदै प्रहरीले फौजदारी न्याय प्रणालीका मूल्य-मान्यताहरूको पालना गर्दै प्रमाणमुखी अनुसन्धान गर्ने बताएको छ।
यसअघि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई ‘हिरासत तस्बिर’ सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिएका थिए। गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको सचिवालयले जनाएको छ।
‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकको भनाई उद्धृत गर्दै सचिवालयले भन्यो,‘हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।’
रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर डा. निकोलास भुसालको फेसबुक आइडीबाट सार्वजनिक भएको थियो। भुसालले फोटो आफूले खिचेको स्वीकार गर्दै यसअघि नै गल्ती भएको बताएका थिए। उनले रविलाई भेट्न गएका बेला उक्त तस्बिर खिचेको बताएका छन्।
यो घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ। रवि लामिछानेको हिरासतमा रहेको फोटो सार्वजनिक हुनु प्रहरी प्रशासन र हिरासतमा रहेको व्यक्तिको गोपनीयता विषयमा गम्भीर प्रश्न खडा भएको छ।
यसअघि पनि रवि लामिछाने र उनको पार्टीका गतिविधिहरू विवादमा रहँदै आएका थिए। विशेषगरी, प्रहरी प्रशासन र रास्वपाबीचको सम्बन्ध प्रायः चर्चा र विवादको केन्द्रमा रहने गरेको छ।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...