गण्डकीलाई भारतसँग जोड्ने नाकाका रूपमा त्रिवेणी क्षेत्रलाई समेट्दा समस्या भोग्दै स्थानीय
१४ पौष २०८१
•
३ मिनेट पाठ
गण्डकीलाई भारतसँग जोड्ने नाकाका रूपमा त्रिवेणी क्षेत्रलाई समेट्दा समस्या भोग्दै स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाभित्र पर्ने वडा नम्बर ६ र ७ का स्थानीयले बाटोका कारण सास्ती खेप्दै आएका छन्। सिधा बाटो नहुँदा सो क्षेत्रका बासिन्दा घण्टौँ लगाएर पालिका कार्यालय र जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता छ।




सङ्घीयतासँगै प्रदेश निर्माण हुँदा त्रिवेणी क्षेत्रका दुई बाटोलाई गण्डकी प्रदेशमा राखियो। गण्डकी प्रदेशलाई भारतसँग जोड्ने नाकाका रूपमा त्रिवेणी क्षेत्रलाई समेट्दा उक्त क्षेत्रका बासिन्दाले हाल समस्या भोग्दै आएका छन्। त्रिवेणी क्षेत्रका बासिन्दा अहिले सदरमुकाम पुग्न ८० किलोमिटर टाढा पुग्नुपर्छ। पालिका कार्यालय  ४० किलोमिटर टाढा छ।  

'सरकारले रणनीतिक रूपमा नाकाका लागि त्रिवेणीलाई समेट्यो, तर यहाँका बासिन्दाको दुःख नदेखेजस्तै गरेको छ,' त्रिवेणीका स्थानीय चिरञ्जीवी ढुङ्गानाले भने, 'लुम्बिनी प्रदेशको बाटो हुँदै पालिका कार्यालय घण्टौँ लगाएर पुग्नुपर्ने दुःख छ।'

गण्डकी प्रदेश सरकारले कोरला–त्रिवेणी सडक निर्माणलाई प्रदेश गौरवको योजनामा राख्दै प्राथमिकता दिएको छ। तर यसै खण्डमा पर्ने दुम्किबास–त्रिवेणी सडक निर्माणमा कुनै चासो नदिएको ढुङ्गानाले बताए। दुम्किबास–त्रिवेणी सडक निर्माण नगर्ने हो भने आफूहरूलाई गण्डकी प्रदेशबाट छुट्याएर लुम्बिनीमा राख्नुपर्ने यहाँका बासिन्दाको माग छ।  

स्थानीय योगिता सहनीले भने, 'यतिका वर्षसम्म बाटो खुल्ला भन्ने आशामा बित्यो, बाटो खुले पालिका पुग्न र नवलपुरको सदरमुकाम पुग्न सहज हुने थियो, यो दुःख त्रिवेणीवासीले सधैँ भोगिरहन सक्दैनन्।'

त्रिवेणी क्षेत्रका बासिन्दा अहिले बर्दघाट, दाउन्ने हुँदै करिब ४० किलोमिटर पार गरी पालिका कार्यालय आउने गरेका छन्। सदरमुकाम झनै टाढा छ। सदरमुकाममा केही काम लिएर गए दिन बित्ने गरेको सहनीले बताए। 'अहिले कुनै काम लिएर नवलपुरको सदरमुकाम पुग्दा दिन जान्छ, खर्च उस्तै हुन्छ, यताको प्रदेशमा भएको भए परासी एक छिनमा पुगिन्थ्यो,' उनले भने। त्रिवेणीलाई गण्डकी प्रदेशमै राख्ने हो भने दुम्किबास–त्रिवेणी सडक तत्काल खोल्नुपर्ने स्थानीयको माग छ।

त्रिवेणी–दुम्किबास सडक खोल्ने विषय गाउँपालिकाले पटकपटक उठाउने गरेको अध्यक्ष घनश्याम गिरीले बताए। त्रिवेणी क्षेत्रका स्थानीयको सहजता, समग्र पालिका र प्रदेशको आर्थिक विकाससँग त्रिवेणी–दुम्किबास सडक जोडिएकाले यसलाई खुलाउने विषयमा प्रदेश र सङ्घीय सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।  

नवलपुरको दुम्किबासबाट बगुवन हुँदै त्रिवेणीसम्म १९ किलोमिटर दूरी पर्छ। बगुवनसम्म यातायातका साधन सञ्चालन हुने गर्छन्। बगुवनबाट त्रिवेणीसम्म १६ किलोमिटर पर्छ। यसमा करिब सात किलोमिटर क्षेत्रमा निकुञ्जले आफ्नो क्षेत्र दाबी गर्दै आएको छ। स्थानीयले भने मध्यवर्ती क्षेत्र पर्ने र पुरानो हुलाकी सडक भएको बताउने गरेका छन्।

दुम्किबास–त्रिवेणी खण्ड २०५९ सालअघि हुलाकी सडकका रूपमा रहेकामा यस खण्डमा २०६३ सालमा सडकको मर्मत गरी यातायात  सञ्चालन गरिएको थियो। हुलाकी सडकका रूपमा रहेको यस खण्डलाई गजेन्द्र मोक्ष जनता मार्ग नामकरण गरी २०६३ साल असोजदेखि यातायातका साधन सञ्चालन गरिएका थिए। विसं २०६४ जेठमा निकुञ्जले वन्यजन्तु चरिचरन क्षेत्र भनेर समेटेपछि यातायात सञ्चालनमा रोक लगाइएको स्थानीय बताउँछन्। अहिले उक्त सडक सञ्चालन गर्न निकुञ्ज बाधक हुँदै आएको छ। रासस
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
यो पनि पढौँ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस