जुम्लामा दियालो बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ता आन्दोलनमा उत्रिएका छन। दियालो सहकारीले बचत रकम फिर्ता गर्न आलटाल गरेपछि बचतकर्ता आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले तत्काल आफ्नो बचत रकम ब्याजसहित उपलब्ध गराउन माग गरेका छन।
सहकारीमा बचत गरे १८ प्रतिशतसम्म ब्याज दिने प्रलोभनमा पारेर बचत गर्न लगाइएको तर अहिले रकम फिर्ता गर्न सहकारीले आनाकानी गरेपछि आन्दोलदनमा उत्रिनुपरेको बचत फिर्ता संघर्ष समितिले जनाएको छ। बचतकर्ताले धर्मनन्द धितालको संयोजकत्वमा बचत फिर्ता संघर्ष समिति गठन गरेर आन्दोलन थालेका हुन।
करिब पाँच वर्षदेखि दियालो सहकारीमा बचत गरेको रकम फिर्ता नपाएको बचतकर्ताहरूले बताएका छन। उनीहरूले दियालो सहकारी घेर्ने, सडकमा प्लेकार्डसहित बचत फिर्ताको माग गर्नेदेखि जिल्ला प्रशासन र प्रहरी कार्यालयको समेत ध्यानाकर्षण गराउँदै आएका छन।
संघर्ष समितिका संयोजक धितालले बारम्बार बचत रकम माग्न जाँदा आश्वासनबाहेक केही पाउन नसकेको बताए। उनले भने, ‘हामी पटकपटक बचत फिर्ताका लागि गयौं। कर्मचारीहरूबाट विभिन्न मितिमा दिने भनेर भाका तोकियो तर दिइएन। बाध्य भएर सडकमा उत्रिनुपरेको छ।’
हिमा गाउँपालिका–६ का सूर्यबहादुर अधिकारीले आफूले बचत गरेको १ लाख ७० हजार रूपैयाँ नपाएको गुनासो गरे। यस्तै बचत रकम नपाएको गुनासो टोमा छिरिङ लामाको छ। एनआइसी एसिया बैंकमा जम्मा गरेको १२ लाख रूपैयाँ झिकेर दियालो सहकारीमा राखेको उनको भनाइ छ।
पातारासी–६ का भुवन सिंहले पनि सहकारीमा बचत गरेको रकम फिर्ता नपाएको बताए। राष्ट्रिय वाणिज्य बैंकमा भएको ४ लाख ५० हजार र घरमा रहेको ५० हजार गरी ५ लाख रूपैयाँ सहकारीमा लगेर राखेको उनी बताउँछन्। पातारासी–४ का दत्तबहादुर बुढाले पनि १० लाख रूपैयाँ सहकारीमा बचत गरेका छन्।
यी सबै प्रतिनिधि पात्र हुन्। यस्ता सयौं बचतकर्ताहरू दियालो बहुउद्देश्यीय सहकारीबाट पीडित छन्। दियालोका व्यवस्थापक दीपक शाह चैतसम्म सबैको बचत रकम फिर्ता गर्ने तयारी भइरहेको बताउँछन्। उनका अनुसार दियालोले अहिले २८ करोड रूपैयाँ ऋण उठाउन बाँकी छ। बचतकर्ताको फिर्ता गर्नुपर्ने रकम १८ करोड छ। अहिले ऋण उठाउने काम भइरहेकाले बचतकर्ताको रकम चैतसम्म दिइसक्ने उनको भनाइ छ।