यातायात सेवा बढाउँदै लुम्बिनी सरकार
२२ पौष २०८१
•
४ मिनेट पाठ
यातायात सेवा बढाउँदै लुम्बिनी सरकार
यातायात क्षेत्रको सुधारका लागि गठित कार्यदलको सुझावका आधारमा लुम्बिनी प्रदेशमा प्रदेश सरकारले यातायात सम्बन्धी सेवा विस्तार गर्न थालेको छ । यातायात सम्बन्धी सेवालाई सहज र सबैको पहुँचमा बनाउन लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात सम्बन्धी सेवालाई विस्तार गर्ने तयारी सुरु गरेको हो । यातायात क्षेत्रको सुधारका लागि मन्त्रालयले केही समयअघि कार्यदल बनाएको थियो ।




मन्त्रालयले गठन गरेको कार्यदललाई सेवाग्राहीहरुले यातायात सेवालाई विस्तार गरिनु पर्ने र सबैको पहुँचमा यातायात सम्बन्धी सेवा पुरयाईनु पर्ने सुझाव दिएका थिए । यो सुझावका आधारमा मन्त्रालयले यातायात क्षेत्रको सुधारको पहिलो योजना बनाउँदै यातायात सेवा कार्यालय विस्तारको कामलाई अघि बढाएको हो । मन्त्रालयले यसै योजना अन्तर्गत पहिलो चरणमा बाँकेको कोहलपुरमा यातायात कार्यालयको शाखा बिस्तारको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले बाँकेको कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको हो ।

यसअघि बाँकेको नेपालगन्जमा यातायात कार्यालय रहेको र कोहलपुर आसपासका नागरिकलाई सेवा लिन कठिनाई बन्दै आएको सुझाव सेवाग्राहीले दिँदै आएका थिए । ‘यातायात क्षेत्रको सुधारका लागि मन्त्रालयले एउटा कार्यदल बनाएर अध्ययन गरेको थियो, कार्यदलको अध्ययनका क्रममा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गरिनु पर्ने देखियो,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने ‘यो अध्ययन अनुसार हामीले यातायात कार्यालयको सेवा विस्तार गर्ने योजना बनाएर अघि बढेका हौँ, र पहिलो चरणमा बाँकेको कोहलपुरमा सेवा विस्तार गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको छ, अब चाँडै सेवा सुरु हुने छ ।’

मन्त्रालयले थप आर्थिक भार नपर्ने गरि यातायात कार्यालयको सेवा विस्तार गर्नेछ । शाखा कार्यालयका रुपमा सेवा विस्तार गर्न थालेको मन्त्रालयले कर्मचारीको व्यवस्थापन यातायात कार्यालयबाटै गर्ने भएको छ । शाखा कार्यालयका लागि नयाँ कर्मचारी नथप्ने निर्णय मन्त्रालयको छ । ‘यातायात शाखा कार्यालयका रुपमा सेवा विस्तार गर्ने हाम्रो योजना हो,’ मन्त्री न्यौपाने भन्छन् ‘संघीयताको मर्म अनुसार सेवा पनि विकेन्द्रीकरण हुनुपर्छ भन्ने मान्यतामा रहेर मन्त्रायले यातायात समबन्धी सेवा विस्तारको काम थालेको हो ।’  

कोहलपुरबाट सवारी चालक अनुमती पत्र नवीकरण, सवारी दर्ता किताव नवीकरण र पटके सेवा प्रदान गरिने भएको छ । ‘कोहलपुरबाट पनि यातायात सम्बन्धी सेवा प्रदान गर्ने निर्णय धेरै राम्रो कदम हो,’ कोहलपुरका एक स्थानीयले मन्त्री न्यौपानेसँग भने ‘यो निर्णयले कोहलपुरबासीलाई मात्रै हैन, कोहलपुर आसपासका क्षेत्रका सेवाग्राहीलाई पनि धेरै सहज हुने भएको छ ।’

पहिलो चरणका बाँकेको कोहलपुरमा शाखा कार्यालय विस्तार गरेको मन्त्रालयले तीन जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनको योजना बनाएको छ । बर्दिया, कपिलवस्तु र प्यूठानमा यातायात व्यवस्था कार्यालय सञ्चालनमा ल्याएर सेवा विस्तार गर्ने योजनामा मन्त्रालय रहेको मन्त्री न्यौपानले जानकारी दिए । उनका अनुसार यि तीन जिल्लामा सञ्चालनमा आउने यातायात व्यवस्था कार्यालयले यातायात सम्बन्धी सम्पूर्ण काम गर्नेछन् । ‘कोहलपुरमा शाखा कार्यालय विस्तारपछि अब हामी बर्दिया, प्यूठान र कपिलवस्तुमा यातायात व्यवस्था कार्यालय सञ्चालनको तयारीमा जुटेका छौँ, हामी ठाउँ छनौटदेखि यसको प्रकृयाका बारेमा छलफल गरिरहेका छौँ,’ मन्त्री न्यौपानेले भने ‘केहि दिनमै निर्णय गरेर यि तीन जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनको प्रकृया अगाडी बढाउने छौँ ।’

उनका अनुसार कोहलपुरमा रहेको शाखा कार्यालय भन्दा फरक यि तीन जिल्लाबाट यातायात सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिने छ।

यसैगरि मन्त्रालयले दुई पांग्रे सवारी साधनको मात्रै लाईसेन्स सेवा प्रदान गर्दै आएको नवलपरासीमा चारपांग्रे सवारी साधनको समेत लाईसेन्स प्रदान गर्ने गरि सेवा थप गरेको छ । चारपांग्रे सवारी साधनको समेत ट्रायलको व्यवस्था गर्ने निर्णय गरेको मन्त्रालयले अब त्यहाँ चारपांग्रे सवारी साधनको समेत ट्रायल सुविधा थप गरिएको जनाएको छ । ‘नवलपरासीमा दुई पांग्रे सवारी साधनको मात्रै ट्रायलको व्यवस्था थियो, चारपांग्रे सवारी साधनका लागि त्यहाँ सुविधा थिएन,’ मन्त्री न्यौपानेले भने ‘चारपांग्रे सवारी साधनको ट्रायलको सेवा पनि नवलपरासीमा थप भएको छ, अब त्यहाँका नागरिकहरुलाई नवलपरासीमै चारपांग्रे सवारी साधनको लाईसेन्सका लागि बाहिर कुद्नु पर्ने बाध्यता हटेको छ ।’

सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न आवश्यक्ताका आधारमा अन्य स्थानमा पनि कार्यालय तथा शाखा कार्यालय विस्तारको काम गर्ने योजना मन्त्रालयको छ ।

यसैगरि यातायात सम्बन्धी सेवालाई प्रभावकारी बनाउनका लागि कार्यदललाई प्राप्त सुझावका आधारमा यातायात कार्यालयहरुलाई मन्त्रालयले निर्देशन समेत दिएको छ । मन्त्रालयका अनुसार आम नागरिकबाट आएका गुनासा र सुझावलाई सम्बोधन हुने गरि सेवा प्रवाह गर्न सबै यातायात कार्यालयहरुलाई पत्राचार गरिएको छ । 
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
३० मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस