बजेटबिनै लेखा परीक्षण : मारमा पाँचथरका विद्यालय
२६ पौष २०८१
•
४ मिनेट पाठ
बजेटबिनै लेखा परीक्षण : मारमा पाँचथरका विद्यालय
पाँचथरको दक्षिणी क्षेत्र मिक्लाजुङ गाउँपालिकास्थित सरस्वती आधारभूत विद्यालयले आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण पूरा गर्न २० हजार रुपैयाँ तिर्नु पर्‍यो। अघिल्लो वर्ष भन्दा यो कम हो।
लेखा परीक्षणका लागि चिने जानेकै भएका कारण केही राहत भएको प्रधानाध्यापक घनश्याम घिमिरे बताउँछन्। ‘नभए विद्यालयले तिर्न सकोस् नसकोस् प्रधानाध्यापक आफैले जसरी व्यवस्था मिलाउनु पर्ने दबाब हुन्छ,’ प्रअ घिमिरेले भने, ‘यो हाम्रो मात्र समस्या होइन, देशभरका विद्यालयको समस्या हो।’ 
फिदिम नगरपालिकामा रहेका ८९ विद्यालयले हरेक वर्ष लेखा परीक्षण गर्नुपर्ने निर्देशन आउँछ। माध्यमिक तहसम्मको पठनपाठन हुने विद्यालयले जेनतेन गरेर लेखा परीक्षकको शुल्क बुझाउँछन्। आधारभूत तहका विद्यालयलाई भने लेखा परीक्षक शुल्क बुझाउँदा ठुलै टाउको दुखाइको विषय हुने गरेको छ। 
स्थानीय तहले लेखा परीक्षक तोकिदिने तर, लेखा परीक्षकलाई शुल्कबापत दिनुपर्ने बजेट पर्याप्त नदिँदा समस्या भइरहेको विद्यालयहरूको गुनासो छ। स्थानीय तहहरूले नियुक्त गरेका लेखा परीक्षक काठमाडौं, विराटनगर, झापादेखि आउने गर्छन्। भनेकै समयमा लेखा परीक्षणको काम सम्पन्न गरिदिँदैनन्। कागजात पनि विद्यालयले नै सबै तयार पारिदिएर, शुल्क पनि हातमा राखिदिएपछि आए हस्ताक्षर मात्रै गरेर जाने विद्यालयका प्रधानाध्यापकहरू बताउँछन्। हस्ताक्षर मात्रैका लागि निकै महँगो शुल्क तिर्न परिरहेको गुनासो छ। 




कसरी हुन्छ काम ?
फिदिम नगरपालिकाको अभ्यासलाई हेर्ने हो भने अधिकार प्राप्त लेखा परीक्षकका लागि सार्वजनिक सूचना जारी हुन्छ। प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा र शिक्षा शाखा रहने गरी ३ सदस्यीय समितिले लेखा परीक्षकको छनौट गर्छन्। 
चालु आव ०८१/८२ मा पनि २० भन्दा बढी लेख परीक्षकले आवेदन दिएका थिए। आवेदक लेखा परीक्षकलाई समितिले को कुन विद्यालयको लेखा परीक्षण गर्ने भनेर भागबन्डा गरिदिएका छन्। 
आफ्नो भाग परेको विद्यालयको लेखा परीक्षण गर्ने दायित्व ती लेखा परीक्षकको हुन्छ भने तीनै लेखा परीक्षकबाट विद्यालयले लेखा परीक्षण गर्नुपर्छ। अनि ती लेखा परीक्षकको शुल्क भने स्थानीय तहले निर्धारण गरिदिएको हुन्न। 
लेखा परीक्षकले आफ्नो शुल्क विद्यालयको कारोबारका आधारमा निर्धारण गर्छन्। जहाँ कारोबार भएको छ, त्यहाँका प्रधानाध्यापकले जसोतसो मिलाएर तिर्छन्। थोरै मात्र कारोबार भएकाहरूले लेखा परीक्षणका लागि स्थानीय तहले दिएको बजेटभन्दा भन्दा शुल्क तिर्नुपर्छ। त्यो रकम कसरी जुट्छ रु भनेर न लेखा परीक्षकलाई मतलब हुन्छ, न स्थानीय तहले नै सोधी खोजी गर्छ।  जिल्लाभरका सबै जसो स्थानीय तहको तरिका यही हो।

बजेट कसरी आउँछ ?
सामाजिक परीक्षण भनेर स्थानीय तहले सङ्घीय सरकारको सशर्त अनुदानअन्तर्गत विद्यालयको तह हेरेर केही रकम उपलब्ध गराउँदै आएको छ। त्यही बजेटबाट विद्यालयले लेखा परीक्षण गर्छन्। 
यसरी आउने बजेटमा आधारभूत तहमा १० हजार आउँछ। त्यत्तिमा कुनै पनि लेखा परीक्षकले काम गर्दैनन्।  
कतिपय विद्यालयले अर्कै शीर्षकमा आएको बजेटबाट व्यवस्थापन गरेर लेखा परीक्षण शुल्क बुझाउने गरेका छन्। नभए प्रअले आफ्नै खल्तीबाट तिर्नुपर्छ। 

जानाजान गलत काम
पहिलो त  सामाजिक परीक्षणका लागि भनेर स्थानीय तहले दिएको बजेट लेखा परीक्षणका लागि खर्च गर्नु आफैँमा गलत छ। त्यति बजेटले नपुगेपछि विद्यालयमा आउने अरू शीर्षकको बजेट समेत लेखा परीक्षणमा खर्च गरिरहेका छन्।  
मसलन्द खर्चमा  १२ कक्षासम्म चलेका विद्यालयमा ३० हजार,  १० कक्षा सम्मका लागि २५ हजार, ८ कक्षा सम्म चलेका विद्यालयमा २० हजार र सो भन्दा कम चलेका विद्यालयलाई १५ हजार वार्षिक अनुदान आउँछ। 
त्यसबाहेक विद्यालय सुधार योजना भनेर माध्यमिक विद्यालयलाई २० हजार र आधारभूत विद्यालयलाई १५ हजार रुपैयाँ आउँछ। 
यीनै शीर्षकबाट कम खर्च गरेर लेखा परीक्षकलाई शुल्क बुझाउने गरेको पनि केही प्रअहरू सुनाउँछन्। 

समाधान कसरी ?
स्थानीय तहले लेखा परीक्षक तोक्दा नै उसैले शुल्कको व्यवस्थापन गरिदिनुपर्ने धेरै प्रअहरूको धारणा छ।  यसबाहेक स्थानीय स्तरमा उपलब्ध लेखा परीक्षकलाई काम दिएर कम शुल्कमा काम गराउनुपर्ने अर्को राय छ। 
एक जना लेखा परीक्षक भूपाल राईको अनुभवमा शुल्क तिर्ने रकम नभएर धेरै विद्यालय लेखा परीक्षण नै नगरेर बसेका छन्। यस्तोमा यो समस्याको समाधान स्थानीय सरकारकै तहबाट पहल गरेर गर्न सकिने उनको तर्क छ।
एकातिर लेखा परीक्षण गर्दा यस्तो झमेला भोगिरहेका विद्यालय लेखा परीक्षण गर्न नसक्दा भने थप सुविधाबाट वञ्चित गर्ने स्थानीय तहको रवैयाले आजित छन्।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस