सीप मूलक तालिम सञ्चालन बारे लुम्बिनीमा नयाँ योजना
०१ माघ २०८१
•
५ मिनेट पाठ
सीप मूलक तालिम सञ्चालन बारे लुम्बिनीमा नयाँ योजना
दाङ स्थित घरेलु तथा साना उद्योग कार्यालय मार्फत जिप्सन लगाउने तालिम सञ्चालन गर्ने योजना गत आर्थिक बर्ष लुम्बिनी प्रदेश सरकारले तय गर्‍यो । त्यो बेला सरकारले तालिमका लागि बनाएको कार्यविधि थियो ‘तालिममा सहभागी हुनु पर्ने संख्या २० जना र सिटिईभिटीबाट दोस्रो तह मान्यता प्राप्त प्रशिक्षक रहनु पर्ने । यो कार्यविधि अनुसार प्रशिक्षक लिने संख्या २० जना त भेटिए ।




तर सरकारले निर्धारण गरेको मापदण्ड अनुसारका दोस्रो तहका प्रशिक्षक लुम्बिनी प्रदेशमा पाइएनन् । फलतः घरेलु तथा साना उद्योग कार्यालयले बाह्य जिल्लाबाट प्रशिक्षक ल्याउन खोज्यो । काठमाडौँबाट प्रशिक्षक ल्याउन खोजेको कार्यालयले प्रशिक्षक ल्याउन सकेन । जिल्लामा प्रशिक्षकहरू आउन मानेनन् । अन्ततः जिप्सन लगाउने गत वर्षको तालिम फ्रिज भयो  । ‘गत बर्ष जिप्सन लगाउने तालिम परेको थियो, तर प्रशिक्षक नभेटिएपछि हामीले गत बर्ष यो तालिम सञ्चालन गर्न सकेनौँ,’ घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष कुमार सुवेदीले भने ‘सरकारले तय गरेको कार्यविधि अनुसार दोस्रो तहका प्रशिक्षक नभेटिएपछि तालिम नै फ्रिज हुने अवस्थामा पुग्यो ।’

गत वर्ष प्रशिक्षक नपाएर तालिम नै फ्रिज हुने अवस्था भएपछि वर्तमान सरकारले यो कार्यविधिलाई केही परिमार्जन गर्ने निचोडमा पुग्यो । वर्तमान उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले आफ्नो पदबहालीका क्रममा यो जटिल कार्यविधिलाई सच्याउने पहिलो निर्णय गरे । दोस्रो तहका प्रशिक्षक रहनु पर्ने प्रावधानलाई संशोधन गरेर पहिलो तहका प्रशिक्षक भएपनि तालिम सञ्चालन गर्न सकिने मन्त्री न्यौपानेको पहिलो निर्णय थियो । यो कार्यविधि संशोधन पश्चात् घरेलु तथा साना उद्योग कार्यालय प्रशिक्षक सहज रुपमा पाउन सक्नेमा आशावादी देखिन्छ ।

तथापि तीन पटक सम्म गरिएको प्रशिक्षक आवेदनका क्रममा भने प्रशिक्षक आउन सकेका भने छैनन् । ‘पहिलो तहका प्रशिक्षकबाटै तासलम सञ्चालन गर्न सकिने प्रावधान भएपछि प्रशिक्षकहरू पाउने आशामा हामी छौँ, यसबर्ष पनि जिप्सन लगाउने तालिम हाम्रो कार्यालय मार्फत विनियोजन भएको छ,’ घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुवेदीले भने ‘प्रशिक्षकहरू हाम्रो प्रदेशमै नपाउनु समस्याको विषय बनेको छ, प्रशिक्षक बाहिर बाट ल्याउनु पर्ने भएकाले पारिश्रमिकमा कुरा मिल्न नसकेको अवस्था हो ।’

कार्यालयले जिप्सन लगाउने तालिमका लागि पुनः प्रशिक्षकको आवेदन खोल्न थालेको सुवेदी बताउँछन् । उनका अनुसार अहिले बाँकेमा जिप्सन लगाउने तालिम चलिरहेकाले अर्को बर्ष देखि भने जिल्लामा पनि यो तालिम सहज रुपमा सञ्चालन हुने छ । बाँकेको प्रशिक्षणबाट उत्पादित जनशक्ति अर्को वर्ष एक तहको प्रशिक्षकका रुपमा तयार हुने र त्यो जनशक्तिले अन्य जिल्लामा पनि तालिम सञ्चालन गर्न सक्ने सुवेदी बताउँछन् ।

दाङको जिप्सन लगाउने तालिम मात्रै हैन, प्रदेशका अन्य जिल्लाहरूमा पनि यस प्रकारका तालिमहरू सञ्चालन हुन नसकेका उदाहरण हरु जिल्लामा रहेको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय बताउँछ । प्रशिक्षक नहुनु, तथा आवश्यकताको पहिचान नगरेर सीप मूलक तालिमका कार्यक्रम तर्जुमा नगरिँदा तालिम सञ्चालनमा असहजता देखिएको मन्त्रालयको ठम्याई छ । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले अहिले स्थानीयले खोजेको तालिम पहिचान गर्न थालिएको बताउँछन् ।

उनले स्थानीय तह मार्फत आवश्यकता पहिचान गरेर तालिमका लागि मन्त्रालयमा सिफारिस गर्न आग्रह गर्दै आएका छन् । ‘फरक फरक जिल्लाका फरक फरक समुदायका लागि फरक फरक सीप मूलक तालिमको आवश्यकता पर्ने हुन्छ, तर सबै जिल्लामा एकै खालका कार्यक्रम तर्जुमा गरेर कतिपय कार्यक्रम सञ्चालन हुन नसकेको भनेर घरेलु तथा साना उद्योग कार्यालयहरू मार्फत जानकारी आउने गरेको छ,’ मन्त्री न्यौपाने भन्छन् ‘अब कुन जिल्लाका कुन समुदायलाई कस्तो खालको तालिम चाहिएको हो, यसको पहिचान गरेर मात्रै तालिमका कार्यक्रम तर्जुमा हुनेछन्, मैले स्थानीय तहहरूलाई यसको पहिचान गरेर मन्त्रालयलाई जानकारी गराउन आग्रह गरिरहेको छु ।’

नेपालमै सानो तिनो उद्योग गरेर विदेश पलायनको क्रमलाई रोक्नका लागि सीपमूलक तालिम सञ्चालनमा जोड दिने लक्ष्य मन्त्रालयको रहेको मन्त्री न्यौपानेले बताए । ‘सानो तीनाे उद्यम सञ्चालन गरेर स्वदेशमै स्वरोजगारको सृजना गर्न सकिन्छ, भन्ने मनसाय मन्त्रालयको छ र यस्ता तालिमलाई ग्रामीण स्तर सम्म व्यापक रुपमा सञ्चालन गरिनु पर्छ भन्ने हाम्रो योजना हो,’ मन्त्री न्यौपानेले भने ‘यस्ता सीपमूलक तालिमबाट उद्यमका लागि दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ, र सानोतिनो उद्यम सञ्चालन गरेर आफू स्वरोजगार बन्ने अवसर बन्छ भने केहीलाई रोजगारीको अवसर समेत सृजना गर्न सकिन्छ ।’

यही लक्ष्य सहित तालिम सञ्चालनका लागि मन्त्रालयले कार्यविधिलाई केही संशोधन गरेको भन्दै मन्त्री न्यौपानेले सहज रुपमा प्रशिक्षकको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेमा मन्त्रालय लागिपरेको बताए । ‘हाम्रो प्रदेशमा सिटिईभिटीले निर्दिष्ट गरेको प्रशिक्षकको जनशक्ति पाउन गाह्रो छ, बाहिरी जिल्लाबाटै प्रशिक्षक भित्र्याउनु पर्ने आवश्यकता देखिन्छ,’ मन्त्री न्यौपानेले भने ’प्रशिक्षक नपाएकै कारण केही तालिमहरू सञ्चालन गर्न नसक्ने परिस्थिति पनि गत बर्ष बन्यो, कायविधिलाई केही खुकुलो बनाएका छौँ र तालिमका लागि प्रशिक्षकहरूलाई कसरी ल्याउने भन्ने रणनीतिमा पनि हामी लागेका छौँ ।’

यसै गरी अघिल्लो सरकारले तय गरेको कार्यविधिका कारण पहाडी जिल्लाहरूमा तालिममा प्रशिक्षार्थीहरू सहभागी नभएर पनि तालिम सञ्चालनमा असहजता भएको थियो । सरकारले तराई र पहाडी जिल्लामा प्रशिक्षार्थीहरू २०/२० जना हुनु पर्ने तय कार्यविधि बनाएको थियो । यो कार्यविधि अनुसार तराईका जिल्लाहरूमा प्रशिक्षार्थी संख्या पुग्ने भएपनि पहाडी जिल्लाहरूमा भने प्रशिक्षार्थीको यो संख्या पुर्‍याउन गाह्रो भयो । फलतः केही पहाडी जिल्लाहरूमा प्रशिक्षार्थी संख्या अपुग भएकै कारण पनि केही तालिमहरू सञ्चालन हुन नसकेको मन्त्रालयले जनाएको छ ।

यो असहजतालाई पनि हटाउन मन्त्रालयले कार्यविधि संशोधन गरेको छ । संशोधित कार्यविधि अनुसार तराइमा २० जना सहभागी हुनु पर्ने र पहाडी जिल्लामा १५ जना सहभागी भए तालिम सञ्चालन गर्न सकिने छ । यो कार्यविधि अनुसार अहिले पहाडी जिल्लाहरूमा पनि तालिम सञ्चालनमा सहज भएको मन्त्रालयको भनाई छ । ‘यसअघि तराइ र पहाडी जिल्लाहरूमा तालिम सञ्चालनका लागि २० जना प्रशिक्षार्थी हुनै पर्ने प्रावधान थियो, तर यो प्रावधान अनुसार पहाडी जिल्लाहरूमा प्रशिक्षार्थी संख्या पुग्न नसकेकै कारण केही तालिमहरू सञ्चालन हुनै सकेनन्,’ मन्त्री न्यौपाने भन्छन् ‘हामीले यो कार्यविधिलाई पनि संशोधन गर्‍यौँ, र पहाडी जिल्लाहरूमा १५ जना प्रशिक्षार्थी भएपनि तालिम सञ्चालन गर्न सकिने भएको छ, अहिले पहाडी जिल्लाहरूमा पनि तालिमहरू सहज रुपमा सञ्चालन भएको जानकारी जिल्लाहरूबाट आएको छ ।’
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४१ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस