पौवादुङमा बाह्य पेय पदार्थ बेचबिखनमा रोक
०३ माघ २०८१
•
२ मिनेट पाठ
पौवादुङमा बाह्य पेय पदार्थ बेचबिखनमा रोक
दोस्रो पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध गरिएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ।




मेलामा स्थानीय उत्पादन कोदो, मकै, गहुँ फापर, भुटेको मकै मुन्द्रुक, इस्कुसको तरुल, घर तरुललगायतका परिकार मात्र बिक्री वितरणको लागि खुला गरिएको छ। त्यस्तै बाह्य पेय पदार्थलाई निषेध गरेर स्थानीयस्तरमा पाइने मही, दही, एभोकाडोको जुस, सुन्तलाको जुस मात्र बिक्री वितरण भइरहेको छ।  

प्रतियोगिता तथा माघी मेलामा पत्रु खाना (जङफुड) निषेध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। गाउँपालिकाले पत्रुखानालाई निरुत्साहित गर्ने लक्ष्यका साथ काम गरिरहेकाले यस्ता खालका खानाको बिक्री वितरणमा रोक लगाइएको उनको भनाइ छ।

'प्रतियोगिता र मेला अवधिभर आयातित खानेकुराको बेचबिखनमा रोक लगाएका छौँ,' उनले भने, 'हामीले स्थानीयस्तरमा पाइने खानेकुरालाई मात्र बिक्री वितरणका लागि अनुमति दिएका छौँ। यसले स्थानीय उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने छ।'

स्थानीय उत्पादनको प्रवर्द्धन विकास र बजारीकरण गर्ने लक्ष्यले विगतका वर्षबाट नै बृहत् माघी मेलासँगै पौवादुङमा गोल्ड सञ्चालन भइरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए। खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटनमा टेवा पुर्याउने लक्ष्यले बृहत् माघी मेलासँगै गोल्ड कपको आयोजना गरिएको उनको भनाइ छ। 'हामीले यहाँका स्थानीय उत्पादनको विकास तथा प्रवर्द्धन जोड दिन आवश्यक छ,' अध्यक्ष राईले भने, 'मेला महोत्सवमा बाह्य वस्तुले बढी महत्व पाउँदा स्थानीय उत्पादन ओझेलमा परेका धेरै उदाहरण छन्। हामीले भने महोत्सवमा आयातित खानेकुराको बेचबिखनमा रोक लगाएका छौँ।'

गोल्डकप तथा मेलाको उद्घाटन गर्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले गोल्ड कप तथा माघी मेला सञ्चालनले खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटनमा टेवा पुग्ने बताए। साथै उनले निर्माणाधीन रङ्गशालालाई पूर्णता दिन बजेट व्यावस्थापनमा पहल गर्ने बताए। सङ्घीयता कार्यान्वयनपश्चात् विकासले गति लिएको उनको भनाइ छ।

पौवादुङमा गाउँपालिकाले पूर्वमुख्यमन्त्री राईलाई सम्मान गरेको छ। गाउँपालिकाको विकासमा टेवा पुर्याएको भन्दै गाउँपालिकाले सम्मान गरेको हो। त्यस्तै गोल्ड कप तथा माघी मेला सञ्चालनमा आर्थिक सहयोग गर्ने श्याम श्रेष्ठलाई पनि सम्मान गरिएको छ। उनले प्रतियोगिता सञ्चालनको लागि रु एक लाख सहयोग गरेका छन्।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने द्वितीय हने टिमले नगद रु दुई लाख मेडल र प्रमाणपत्र पाउने पौवादुङमा आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए।

प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ। मेला र प्रतियोगिता यही माघ १० गतेसम्म सञ्चालन हुनेछ।
अर्को समाचार
नेपाली भाषा बोल्ने बढ्दै, जति सम्पन्न परिवार उति नेपाली बोल्ने दर उच्च
२५ वैशाख २०८२
•
४ मिनेट पाठ
नेपाली भाषा बोल्ने बढ्दै, जति सम्पन्न परिवार उति नेपाली बोल्ने दर उच्च
नेपाली भाषा बोल्नेहरुको संख्या पछिल्लो समय बढ्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो दुई दशक नेपालमा दोस्रो भाषाको रुपमा नेपाली भाषाको प्रयोगमा उल्लेख्य वृद्धि भएको हो । राष्ट्रिय जनगणना ०५८ का अनुसार दोस्रो भाषाको रुपमा नेपाली बोल्ने २५.२ प्रतिशत थियो भने जनगणना ०६८ मा यो प्रतिशत बढेर ३२.८ पुगेको थियो । तर पछिलो जनगणना ०७८ मा नेपाली भाषा बोल्नेहरुको संख्या ४६.२ प्रतिशत पुगेको हो । ०५८ पछिको दुई दशकमा नेपाली भाषा बोल्नेको संख्यामा २१ प्रतिशतले वृद्धि भएको पाइएको हो । दोस्रो भाषाको रुपमा नेपाली बोल्नेहरुको संख्या सबैभन्दा बढी मधेश प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको तथ्यांकमा उल्लेख छ ।  




नेपालमा पछिल्लो समय १२४ मातृ भाषा रहेको देखाएपनि ११७ समुदायले दोस्रो भाषा बोल्ने गरेको पाइएको हो । पुर्खाको भाषा भने मातृ भाषाकै रुपमा प्रयोग हुने गरेको हो ।  

प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीका अनुसार धेरै जनसङ्ख्याले नेपाली भाषालाई कि मातृभाषाका रुपमा कि त दोस्रो भाषाका रुपमा बोल्ने गरेको पाइएको छ । ‘मुख्य रुपमा दुई अलग भाषाको पुलको रुपमा नेपाली भाषा प्रयोग गरिने भएकोले नेपाली भाषा बोल्नेहरु बढ्दै गएको हो,’ बुर्लाकोटीले भने,‘साथै पेसा व्यवसाय, कामकाजी र लोकसेवा आयोगमा समेत नेपाली भाषाको प्रयोग हुने भएकोले यसको प्रयोग बढ्दै गएको हो ।’  

मातृ भाषा र दोस्रो भाषाका रुपमा बोलिने नेपाली भाषालाई समग्रतामा हेर्ने हो भने मधेश प्रदेश बाहेक सबै प्रदेशमा यस्को हिस्सा ९० प्रतिशत छ । मधेश प्रदेशमा भने ७६.५ प्रतिशत पाइएको छ । जनगणना ०७८ अनुसार मातृ भाषाको रुपमा नेपाली कम बोलिए पनि दोस्रो भाषाको रुपमा बढी बोलेको पाइन्छ । ‘पछिलो समय पहिचानको मुद्दाहरु धेरै उठे । यसकारण धेरै भाषाहरुको पहिचान भयो,’ तथ्यांक अधिकारी बुर्लाकोटीले नागरिकसँग भने, ‘पुर्खाको भाषानै मातृ भाषा रहेको पाइयो । यसकारण पुर्खाको भाषा बोल्नेहरु १२४ थरिनै रहे ।’  

नेपालमा मातृभाषाका साथै दोस्रो भाषा नेपाली बोल्नेको घनत्व विशेष गरी गण्डकी प्रदेशको पश्चिमी भाग लुम्बिनी प्रदेशसँग जोडिएको क्षेत्र र कर्णाली प्रदेशका सबै जिल्लाहरु अधिकतम देखिएको निर्देशक आचार्यले बताए ।  

मधेश प्रदेशमा संचारको प्रमुख भाषा नेपाली  

मधेश प्रदेशका सबै जिल्लामा दुई वा सोभन्दा बढी भाषा बोल्ने दर उच्च पइएको  छ । मैथली, भोजपुरी र बज्जिका लगायत भाषा बोल्ने बहुसङ्ख्यक व्यक्तिले विभिन्न मातृभाषा भएका समुदायसँग कुरा गर्न नेपाली भाषाको प्रयोग गर्ने गरेका हुन् । पछिल्लो दुई दशकमा द्विभाषिक जनसंख्या पनि बढेको छ । मधेशमा द्विभाषिक दर सबैभन्दा उच्च ५६.० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५१.९ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।  

‘मधेश प्रदेशमा द्विभाषिकता तथा बहुभाषिकताको दर उच्च हुनुको मुख्य कारण मैथली, भोजपुरी र बज्जिका बोल्नेको ठूलो जनसङ्ख्याले दोस्रो भाषाका रुपमा नेपाली भाषालाई प्रयोग गर्नु नै हो,’ तथ्यांक अधिकारी बुर्लाकोटीले भने,‘सबैभन्दा कम द्विभाषिक दर कर्णाली प्रदेशमा छ ।’  

३५९ स्थानीय तहमा आधाभन्दा बढी जनसंख्या नेपाली भाषा बोल्ने  

कुल ७५३ स्थानीयमध्ये ३५९ स्थानीय तहका आधा बढी जनसंख्याले नेपाली भाषा बोल्ने गरेका छन् । थप ७० वटा स्थानीय तहमा अधिकतमले नेपाली भाषा बोल्छन् । बाँकी ३२४ स्थानीय तहमा अन्य भाषाहरु प्नि बढी नै बोलिने गरेको तथ्यांक छ ।

एक लाख बढीले बोल्छन् २१ थरीका भाषा  

पुर्खाको भाषा प्रयोगसम्बन्धी प्रश्न पहिलो पटक २०७८ सालको जनगणनामा समावेश थियो । कार्यालयका निर्देशक विनोदशरण आचार्यका अनुसार यो प्रश्न भाषाको प्रवीणता मापनका लागि नभएर व्यक्तिहरुको पूर्वजले बोल्ने भाषाको पहिचानलक्षित थियो। जनगणनाको नतिजामा धेरैजसो अवस्थामा पुर्खाको भाषाको दरभन्दा मातृ भाषाको रुपमा उत्तरदाताहरुले उल्लेख गरेका भाषाहरुको दर उच्च रहेको उनले जनाए ।

‘जनगणनाको नतिजाले नेपालमा १ लाख बढी जनसंख्याले बोल्ने भाषा कुल २१ वटा पाइयो । यी भाषाले कुल जनसङ्ख्याको ९५ प्रतिशत हिस्सा ओगटेका छन्,’निर्देशक आचार्यले भने,‘यसको विपरित बोल्ने व्यक्तिहरुको संख्याका आधारमा सूचीको तल्लो खण्डमा रहेको भाषाको संख्या १०३ वटा छन् जसले कुल जनसङ्ख्यको ५ प्रतिशत हिस्सा ओगटेका छन् ।’ उनले थपे,‘यसकारण मातृ भाषाको संख्यामा विविधता भएपनि तिनको जनसाङ्खकि हिस्सा असमान पाइएको छ ।’

सम्पन्न परिवारमा नेपाली बोल्ने उच्च  

कुनै परिवार जति धेरै सम्पन्न हुन्छ, नेपाली बोल्ने संभावना त्यतिनै उच्च हुने जनगणनाको तथ्यांक विश्लेषणबाट देखिएको छ । सम्पन्न परिवारमा नेपाली बोल्ने सम्भावना २.५ देखि ३ गुणासम्म हुने गरेको पाइएको छ ।  बढी देखिएको छ । यसेगरी, सबैभन्दा सम्पन्न जनसङ्ख्याको नेपाली बोल्ने सम्भावना तीन गुणाभन्दा बढी छ । साथै निरक्षर जनसङ्ख्यामा भने दोस्रो भाषाभन्दा आफ्नो मातृ भाषाको प्रयोग बढी रहेको पाइएको छ ।  
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १५ सेकेन्ड अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस