ताप्लेजुङका व्यवसायीहरूको एउटा टोली फुङलिङबाट सवारीमै नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानाका टिपताला पुगेर तीन दिनमै फुङलिङ फर्किएको छ । ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाको नेतृत्वमा गएको व्यवसायीको टोली ताप्लेजुङ सदरमुकाम फुङलिङबाटै सवारीमार्फत टिपताला पुगेर फर्किएको हो ।
थापाका अनुसार अहिले टिपतालानाका सम्म चिराइतो बोकेका ट्राक्टरहरु समेत जाने गरेका छन् । ओलाङचुङगोलाबाट टिपातालातर्फको भागमा पानी जमेर ठाउँ–ठाउँमा सवारी आवत–जावतमा समस्या हुने बाहेक अरु समस्या आफूहरूले नखेपेको थापाले जानकारी दिए । पहिलो दिन ओलाङचुङगोलामा बास बसेको टोली दोस्रो दिन भोलिपल्ट टिपताला पुगेर सवारीमै फेरि ओलाङचुङगोला बास बस्न आइपुगेको थियो । फुङलिङबाट हिँडेको तेस्रो दिन फुङलिङमै आइपुगेको थापाले जानकारी दिए ।
ओलाङचुङगोलाबाट सवारीमा टिपताला पुग्न करिब ५ घण्टा लागे पनि टिपतालाबाट ओलाङचुङगोला आइपुग्न करिब अढाई घण्टा मात्र लागेको थापाले जानकारी दिए । नेपाल–चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग मानिएको टिपताला–रानी सडक खण्डको सबै क्षेत्र कालोपत्रे भए यसले त्रिदेशीय व्यवसाय प्रवर्द्धनमा योगदान पु¥याउने थापाले विश्वास लिए । यसअघि गत मंसिर अन्तिम साता तिब्बतको डिङजी काउन्टी सरकार र ताप्लेजुङका सुरक्षा अधिकारीबिच भएको अन्तरदेशीय सीमा सुरक्षा बैठकमा क्रममा सरकार–सरकारबिचको सहमति भए फुङलिङ–टिपताला सम्मको सडक कालोपत्रे गर्ने विषय अघि बढाउन सकिने तिब्बती अधिकारीले बताएका थिए ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले तिब्बती अधिकारीसँगको सीमा सुरक्षा बैठकमा समावेश भएका विषयका बारेमा गृह मन्त्रालय समक्ष जानकारी गराइसकेको बताएका छन् । यसैबिच फक्ताङलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छेतेन वालुङ शेर्पाले ओलाङचुङगोलाको मौवामा सुख्खा बन्दरगाह बनाउने कार्य तत्काल अघि बढाउनुपर्ने बताएका छन् । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतका अधिकारीबिच समन्वय गराउने तथा नेपालको तर्फबाट दोभाषेको समेत काम गर्ने उनले सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको करिब दुई बर्ष भइसकेको स्मरण गर्दै विस्तृत परियोजना प्रतिवेदन तयार पारी तत्काल सुख्खा बन्दरगाह निर्माणको प्रकृया अघि बढ्नुपर्ने मत राखेका हुन् ।
सडकको पहुँचसँगै सुख्खा बन्दरगाह निर्माणको प्रकृया समेत अघि बढे यसले त्रिदेशीय व्यापार प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने समेत उनले बताए । यसअघि ताप्लेजुङ र तिब्बतका अधिकारीबिचको अन्तरदेशीय सीमा बैठकमा सहभागी हुन वडाध्यक्ष शेर्पाले समेत रिउ पुगेका थिए । मौवाटार सुख्खा बन्दरगाह निर्माणका लागि उपयुक्त ठाउँ रहेको सम्भाव्यता अध्ययनबाट देखिई सकेकोले सडक स्तरोन्नति र सुख्खा बन्दरगाह निर्माणको कार्य तत्काल अघि बढाउनुपर्ने वडाध्यक्ष शेर्पाको निष्कर्ष छ । मौवाटार समुद्र सतहबाट ४ हजार १ सय मिटर उचाइमा रहेको छ ।