जिबी राईको राहदानी रद्द गर्न अदालतको आदेश
०४ माघ २०८१
•
१ मिनेट पाठ
जिबी राईको राहदानी रद्द गर्न अदालतको आदेश
कास्की जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई(जिबी)को राहदानी रद्द गर्न सरकारलाई आदेश दिएको छ। शुक्रबार न्यायाधीश हिमाल बेलबासेको एकल इजलासले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश दिएको हो ।  




राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको पूर्व व्यवसायिक साझेदार समेत रहेका राईलाई देशका विभिन्न सहकारीमा ठगी गर्दै सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोप छ । उनी मलेसियामा छन् । राहदानी रद्द नभएकै कारण उनलाई मलेसियाबाट नेपाल ल्याउन नसकिएको बताइन्छ ।  
अर्को समाचार
जिबीको राहदानी रद्दको ‘रामकहानी’: अदालतको आदेशमा विभाग अटेरी
०६ माघ २०८१
•
६ मिनेट पाठ
जिबीको राहदानी रद्दको ‘रामकहानी’: अदालतको आदेशमा विभाग अटेरी
कास्की जिल्ला अदालतको आदेशपछि पनि राहदानी विभागले गितेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द (निलम्बन) गर्न ढिलासुस्ती गरेको छ। अदालतको आदेशको तीनदिन बितिसक्दा पनि विभागले जिबीको राहदानी रद्द गर्ने प्रक्रियासम्म पनि सुरु गरेको छैन।




विभागका महानिर्देशक तीर्थराज अर्यालले आफूलाई यसविषयमा जानकारी नै नभएको प्रतिक्रिया दिए। ‘म काठमाडौं उपत्यका बाहिर छु। बिदामा पनि छु,’ उनले भने, ‘यस विषयमा मलाई जानकारी छैन। कार्यालयमा हाजिर भएपछि थाहा होला।’

राहदानी विभागका अन्य अधिकारीले पनि अदालतबाट आदेश सम्बन्धमा कुनै आधिकारिक पत्र नआएको दाबी गरे। ‘हामीलाई कुनै पनि अदालतबाट हालसम्म आदेशको पत्राचार आएको छैन,’ विभागका सूचना अधिकारी किरणकुमार गुरुङले नागरिकन्यूजसँग भने।

तर, कास्की अदालत प्रशासन भने शुक्रबार नै आदेशको डिजिटल प्रति विभागमा पठाइसकेको दाबी गर्छ। ‘आदेश लगत्तै शुक्रबार नै इमेलमार्फत आदेशको डिजिटल प्रतिलिपि विभागमा पठाइसकेका थियौं,’ अदालतका श्रेस्तेदार राजन खनालले भने, ‘आदेशको हार्डकपी (कागजी प्रतिलिपि) पनि गइसकेको छ।’

अहिले सार्वजनिक निकायबाट गएका डिजिटल प्रतिलिपि पनि आधिकारिक मानिने अधिकारीहरू बताउँछन्। विभागलाई इमेलबाटै प्राप्त पत्रका आधारमा पनि कारबाही प्रक्रिया अगाडि बढाउन बाँधा नपर्ने श्रेस्तेदार खनालको बुझाई छ।

यता राहदानी विभागका सूचना अधिकारी गुरुङले आदेश ‘प्राप्त’ भए पनि आइतबारसम्म राईको राहदानी रद्द गर्नसक्ने अवस्था नै नभएको बताए। उनका अनुसार राहदानी रद्द गर्न महानिर्देशक कार्यालयमा हुनुपर्छ। र, महानिर्देशकले राहदानी रद्द गर्ने/नगर्ने भन्ने विषयमा बैठक बसेर निर्णय गर्नुपर्छ।

‘महानिर्देशक सम्भवतः सोमबार कार्यालयमा आउनुहुन्छ। त्यतिञ्जेल अदालतको आदेश प्राप्त भए उहाँले अन्य निर्देशकहरू र कानुनी विज्ञसँग परामर्श बैठक राखेर निर्णय गर्नुपर्छ,’ गुरुङले भने।

उनले यो काम गर्दा सोमबारै पनि राईको राहदानी रद्द हुने सम्भवना कम रहेको बताए।

परराष्ट्र मन्त्रालयका उपसचिव (कानून) पुष्करराज नेपालले राहदानी रद्द गर्ने निर्णय गर्नुअघि परामर्श बैठक राख्ने/नराख्ने विभागको महानिर्देशकको अधिकारक्षेत्रको विषय रहेको बताए। उनले भने, ‘राष्ट्रिय सुरक्षाको विषयमा राहदानी रद्द गर्ने विषयमा महानिर्देशकले परामर्श बैठक राख्नुपर्छ। अदालतको आदेश भइसकेको विषय भएकाले के गर्ने उहाँको निर्णयमा भर पर्छ।’

प्रहरीको एकवर्ष लामो प्रयास

देशका ठुला सहरमा सहकारी खोलेर हज्जारौं बचतकर्ताको अर्बौँ बचत रकम हिनामिना प्रकरणका मुख्य योजनाकार मानिएका राईलाई प्रहरीले झन्डै एकवर्षदेखि पक्राउ गर्न प्रयास गरिरहेको छ। उनी मलेसियामा व्यापार गरेर बसेको भनिएको छ।

राईविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोललाई पत्राचार गरेर अघिल्लो माघ १३ गते ‘डिफ्युजन नोटिस’ जारी गराएको थियो। डिफ्युजन नोटिसले मात्रै नेपाल ल्याउने प्रक्रिया लामो हुँदा फागुन २१ गते इन्टरपोलले ‘रेड नोटिस’ समेत जारी गरेको थियो।

तर, मलेसिया इन्टरपोलको सदस्य नभएकाले ती नोटिसको मद्दतले राईलाई हालसम्म पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ। त्यसपछि भएका केही कूटनीतिक प्रयासलाई समेत मलेसियाले बेवास्ता गरेको बताइन्छ। नेपालको मलेसियासँग सपुर्दगी सन्धि पनि नभएकाले मलेसियाले हालसम्म सहयोग गरेको देखिन्न।

यहीकारण प्रहरीले राईसँग रहेको नेपाली राहदानी ‘रोक्का’ वा ‘रद्द’ गर्ने अन्तिम विकल्प देखेको छ।

जसअनुसार वैशाख ३० गते पहिलो पटक जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रोक्का गरिदिन राहदानी विभागलाई पत्राचार गरेको थियो।

तर, तत्काल विभागले राहदानी ऐन, २०७६ र नियमावली, २०७७ को हवाला दिँदै तत्काल रद्द गर्न नमिल्ने जवाफ फर्काएको थियो। त्यसका लागि अदालतको निर्णय लिएर आउनुपर्ने विभागको प्रतिक्रिया थियो।

त्यतिबेला राई विरुद्ध सहकारी ठगी सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएकाले राहदानी ऐन अनुसार ‘रोक्का’ गर्न नमिल्ने भएकाले प्रहरीले विभागसँग राहदानी ‘रद्द’ नै गर्न माग गरेको थियो।

त्यसअघि राईको राहदानी रद्दको माग गर्दै प्रहरी जिल्ला अदालत कास्की पुगेको थियो। जहाँ न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले राहदानी रद्द गर्न नमिल्ने आदेश सुनाइदिएका थिए।  

पछिल्लो पटक प्रहरीले जिबीसहित गोर्खा मिडिया नेटवर्कका व्यवसायिक साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, पूर्व डिआइजी छबिलाल बन्जाडे जोशीसहितका व्यक्ति विरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धानसहित मुद्दा चलाएको थियो।

त्यसपछि जिबीको राहदानी रद्दको माग गर्दै पुस २८ गते प्रहरीको निवेदनमा जिल्ला सरकारी वकिल कार्यालय कास्की अदालतमा पुनः मुद्दा दर्ता गर्न पुग्यो। त्यही मुद्दा २९ पुसमा न्यायाधीश नवराज दाहालको इजलासमा परेको थियो। तर, हेर्न नभ्याइनेमा पार्दै त्यो दिन सुनुवाइ भएन।

शुक्रबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा परेपछि यसमा सुनुवाइ हुँदै जिबीको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश भएको थियो।

राहदानी रोक्का र रद्द सम्बन्धी व्यवस्था

राहदानी ऐन, २०७६ मा राहदानी ‘रोक्का’ र ‘रद्द’ गर्ने छुट्टाछुट्टै प्राबधान छन्। ऐनको दफा १२ को उपदफा १ (क) मा राहदानी, अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागुऔषध, अवैध हातहतियार कारोबार, संगठित अपराध वा आतंकवादी अपराध सम्बन्धी कसूरमा अनुसन्धान अधिकारीले लेखिपठाएमा राहदानी रोक्का गर्न सक्ने प्रावधान छ।

यस्तै बुँदा (ख) मा यीनै कसूरमा मुद्दा चल्दा अदालतले लेखिपठाएमा, (ग) मा यी कसुरमा अदालतबाट दोषि ठहर भएमा लगायत किसिमले राहदानी रोक्का हुनसक्ने अवस्था छ।

यस्तै, ऐनको दफा १५ मा राहदानी ‘रद्द’ सम्बन्धी व्यवस्था छ। जसमा उपदफा १ (ख) मा अदालतको आदेशबाट राहदानी रद्द वा खारेज गर्न मिल्ने व्यवस्था छ।

यी व्यवस्थाअनुसार राहदानी रद्द गराएको जानकारी राहदानी विभागले नेपाल सरकारका सम्बन्धित निकाय, नेपालस्थित विदेशी नियोग र इन्टरपोलका कार्यालयलाई पठाउनुपर्ने पनि ऐनमा व्यवस्था छ। 

राहदानी रद्द हुँदा नेपाल ल्याउन कति सहज ?

जिबीको राहदानी रद्द भएपछि उनलाई नेपाल ल्याउन तुलानात्मक रूपमा पहिले भन्दा सहज हुने र मलेसियाले पनि बुझाउनुपर्ने अवस्था सिर्जना हुने जानकारहरू बताउँछन्।

‘विदेशमा बस्न पाउने भनेको परिचय खुल्ने डोकुमेन्टले हो। त्यो भनेको राहदानी नै हो,’ नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल भन्छन्, ‘सम्बन्धित देशको आवासीय सुविधा लिने पनि राहदानीकै आधारमा हुन्छ। त्यही राहदानी रद्द भए त्यो देशले डिपोर्ट गर्नैपर्छ। अवैध ढंगले बाहिरको नागरिक बस्नु त्यो देशका लागि पनि अपराध हुन्छ नि।’ कहिलेकाहीँ राजनीतिक पीडित वा राजनीतिक शरणार्थीका हकमा भने यो अवस्था अपवाद हुने अन्तर्राष्ट्रिय अभ्यासले देखाउने उनी बताउँछन्।

‘नत्र राहदानी रद्द हुँदा त्यहाँ हिँडडुल गर्न पाइदैन, बाहिर निस्किन गाह्रो हुन्छ। जतिबेला पनि पक्राउ पर्नसक्ने अवस्था हुन्छ,’ डिआइजी मल्ल भन्छन्।

यद्यपि राहदानी रद्द भएपछि नेपालले आफ्ना नियोग, अध्यागमन, नेपालस्थित मलेसियन दुतावासलगायतका निकायलाई गम्भीर भएर जानकारी दिनुपर्ने अवस्था उनी देख्छन्।

‘हामीकहाँ यस्तो लापरवाही हुने गरेको छ। अहिले त्यो नहोस्। सम्भवतः जिबीले मलेसियाको नागरिकता र राहदानी लिएका छैनन्। त्यो नलिएको अवस्थामा मलेसियन सरकारलाई गम्भीर बनाए अब पक्राउ पर्ने सम्भवना प्रबल हुन्छ,’ डिआइजी मल्लले भने।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस