ओढ्ने र ओछ्याउने नहुँदा रातभर घुरको आगो ताप्दै रात कटाउँछन् दुखिया माझी। सर्लाहीको बसबरिया गाउँपालिका ३ भवानीपुरका माझीलाई शीतलहरबाट जीवन जोगाउन घुर तापेर रात कटाउनुको विकल्प छैन।
लक्ष्मीनिया माझीको पनि दुःख कम छैन। घरमा एक जोर कम्बल मात्र भएकोले आलोपालो कम्बल ओढेर सुत्नुपर्ने अन्यथा राति घुर तापेर बस्नुपर्ने बाध्यता छ। ५० वर्षीया माझी भन्छिन्, 'चिसो भुइँमा परालको ओछ्यान लगाएर सुत्न त सबै जना सुत्न सक्छौँ तर कम्बल दुई ओटा मात्र भएकाले सबैलाई ओढ्न पुग्दैन। सबैलाई ओढ्न नपुगेपछि पालो मिलाएर सुत्छौँ।'
भवानीपुरमा ४५ घर मुसहर समुदायको रहेको छ। केही परिवारलाई ओढ्ने ओछ्याउने पुगेको छ तर अधिकांशको अवस्था भने उस्तै छ।
ऐलानी जग्गामा फुसको घर बनाएर बसेका मुहसर समुदायका सदस्यहरूलाई अत्यधिक शीतलहर चलेसँगै निकै समस्या भएको छ। गाउँका कैयौँ परिवार ओढ्ने ओछ्याउनेको अभावमा रातभर जाग्राम बसेर घुर ताप्ने विवशतामा बाँचेको छ।
मुसहर समुदायको यो बस्तीमा बालबालिका, महिला तथा बिरामीहरूको अझ बिजोग रहेको छ। ज्याला मजदुरी गरेर खानुपर्ने परिवारमा वृद्धवृद्धाहरूले अझ धेरै सास्ती भोग्नु परेको सुकराम माझीको भनाइ छ। उनी भन्छन्, 'अर्काको खेतबारीमा ज्याला गरेर परिवार पाल्नुपर्ने अवस्था रहेको र आर्थिक अभावकै कारण ओढ्न, ओछ्याउने कपडाको व्यवस्था गर्न नसकिएको हो।'
माझी ६ वर्षअगाडि जनता आवास कार्यक्रमबाट सानो पक्की घर बनाइएको तर ओढ्ने र ओछ्याउने कपडाको व्यवस्थापन गर्न नसक्दा चिसोको समयमा पीडा सहनु परेको बताउँछन्।
यहाँ झण्डै ४५ घर बढी मुसहर समुदाय बसोबास गर्दै आए पनि २० प्रतिशत मुसहरसँग मात्र ओढ्ने ओछ्याउने छ। बाँकी ८० प्रतिशतको घरमा ओढ्ने र ओछ्याउनेको अभाव रहेको स्थानीय दलित महिला वडा सदस्य सीता देवी माझीले बताइन्। कसैले वा कुनै संघसंस्थाले दान सहयोग गर्यो भने यसपटकको चिसो र शीतलहर छल्न सकिने, नत्र शीतलहर र चिसोमै बस्न बाध्य हुने उनीहरूले बताएका छन्।
ओढ्ने ओछ्याउने कपडाको अभावमा दलित समुदायले रातभर जाग्राम बस्नुपर्ने निकै दुःखद अवस्था रहेको स्थानीयको भनाइ छ।