ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकस्थित ताप्लेजुङ–ओलाङचुङगोला सडक खण्डमा भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार घाइतेहरूको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको जानकारी स्वास्थ्यकर्मीले गराएको प्रहरीले जनाएको छ।
फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकस्थित सेगुवाखोलाबाट हेल्लोक तर्फ जाँदै गरेको बा–०३–००१ ज ४१५ नं. को सवारीको ब्रेकअप फेल भइ दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ। घटनामा परी स्थानीय ५० वर्षीय दीपेन्द्र लिम्बू, १८ वर्षीया रोशनी लिम्बू, ३२ वर्षीय दिनेश लिम्बू, १३ महिनाकी भावना लिम्बू, १४ महिनाका सेसेहाङ लिम्बू र ४३ वर्षीय सुरज लिम्बू रहेका छन्।
प्रहरीले सवारी चालक फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकका प्रितिसिंह लिम्बूलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।