प्रहरीले पहिचानवादी मोर्चाका ताप्लेजुङ संयोजक प्रदीप (नानी) मादेनलाई पक्राउ गरेको छ । मादेन ‘नो केवलकार’ समूहका अगुवा कार्यकर्ता हुन् । मादेन माथि केवलकार निर्माणको बिषयमा भएको झडपकै दिन गत माघ १२ गते ताप्लेजुङका प्रमुख जिल्ला नेत्रप्रसाद शर्मालाई टेलिफोनमार्फत असुरक्षित छस्’ भन्दै ज्यान मार्ने धम्की दिएको अभियोग छ ।
जिल्ला प्रहरी प्रमुख (डिएसपी) रवि रावलले प्रजिअ शर्मालाई धम्क्याएको र पाथीभरा क्षेत्रमा गत माघ १२ गते हुल हुज्जतको अगुवाइ गरेको आधारमा मादेनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए । अरु दुई पहिचानवादी नेता गत माघ १२ गतेबाट नै प्रहरी नियन्त्रणमा रहेका छन् । पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकारको बिषयमा गत शनिवार ‘नो केवलकार’पक्षधर र सुरक्षाकर्मीबिच झडप भएको थियो । झडपका क्रममा घाइते ‘नो केवलकार’पक्षधर ३ जनाको अहिले शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
‘नो केवलकार’ पक्षधरले सुरक्षाकर्मीले गोली चलाउँदा आफ्ना कार्यकर्ता घाइते भएको बताउँदै आएका छन् । घाइते नेपाल प्रहरी र सशस्त्र प्रहरीका ७ जनाको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्लास्थित सुरक्षास्रोतले जनाएको छ । सुरक्षाकर्मीले ‘आफुहरु माथि ज्यादती गरेको’भन्दै ‘नो केवलकार’ पक्षधरले (आज) बाट मेची राजमार्ग,तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा अनिश्चित कालिन यातायात बन्दको आह्वान गरेका छन् । बन्दकर्ताहरुले ताप्लेजुङमा दुई पाङ्ग्रे सवारी साधन समेत कुद्न दिएका छैनन् । बन्दकर्ताहरुले सडकमा निस्किएर सवारी नचलाउन भनिरहेका छन् ।