ताप्लेजुङको फुङलिङ नगरपालिकाले केबलकार निर्माणको विषयमा बढ्दो तनाव वार्ताद्वारा समस्या समाधान गरी केबलकार निर्माण प्रकृया अघि बढाउन सहयोगको अपेक्षा गरेको जनाएको छ।
नगरप्रमुख अमिर मादेनले मंगलबार अपरान्ह विज्ञप्ति जारी गर्दै बन्द र हड्तालले सर्वसाधारण मारमा परेको उल्लेख गर्दै बन्द हड्ताल फिर्ता लिइ वार्तामार्फत समस्या समाधानका लागि आग्रह गरेका छन्। विज्ञप्तिमा नगर कार्यपालिकाको २०८१ साल माघ १५ गते आज बसेको बैठकले बन्द र हड्ताल समाधान नहुने निष्कर्ष निकालेको तथा २०८१ साल भदौ २१ गते बसेको बैठकले नगर क्षेत्रमा बन्द हड्ताल गर्न गराउन नपाउने निर्णय भएको स्मरण गराइएको छ।
मादेनद्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्वाद र सहमतिका आधारमा सबैको स्वामित्व र अपनत्व हुने गरी केबलकार निर्माण कार्य अघि बढाउन सहयोगको अपेक्षा गरिएको छ भने निर्वाचित जनप्रतिनिधिलाई जिल्ला बाहिर आवतजावतमा निषेध गर्ने गरी ‘नो केबलकार’ पक्षधरहरूले गरेको घोषणाको भर्त्सना समेत गरिएको छ।
मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ संघीय समिति, थरगत संस्था सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघले केही दिनअघि संयुक्त विज्ञप्ति जारी गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेनलाई ‘वंशगद्दार’ को संज्ञा दिँदै उनलाई ताप्लेजुङ जिल्लाबाहिर निषेध गर्ने घोषणा गरेका थिए। मादेन केबलकार निर्माणको पक्षमा छन्।