‘नो केवलकार’ पक्षधरहरूले बुधबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गर्दै आफ्ना मागहरू सडकमार्फत पुनः दोहोर्याएका छन्।
केवलकार खारेजीको पक्षमा रहेकाहरूले पक्राउ परेका आफ्ना ‘योद्धा’ हरुको रिहाइ, पाथीभरा क्षेत्रमा रहेका सुरक्षाकर्मीको फिर्ता र केवलकार निर्माण पूर्ण रुपमा खारेजी सहितको माग गरेका छन्।
पाथीभरा केवलकार खारेजी संयुक्त सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बू, किराँत याक्थुङ चुक्लुङका केन्द्रीय अध्यक्ष प्रेम यक्तेन सहितको उपस्थितिमा सडकमा प्रदर्शन गर्दै ‘नो केवलकार’ पक्षधरहरूले वीरेन्द्रचौकमा कोणसभा गरे।
कोणसभामार्फत पनि उनीहरुले प्रदर्शनका क्रममा प्रस्तुत भएका नारामै केन्द्रित रहेर केवलकार खारेज हुनुपर्ने बताएका थिए।
केवलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबिच माघ १२ गते शनिबार पाथीभरा क्षेत्रको बलुडाँडा क्षेत्रमा भएको झडपपछि मंगलबारबाट मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा अनिश्चितकालिन यातायात बन्दको आह्वान गरेका छन्।
मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त सङ्घर्ष समिति, किराँत याक्थुङ चुम्लुङ सङ्घीय समिति, थरगत संस्था सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघ, प्रदेश नं १ पुनःनामाङ्क संयुक्त सङ्घर्ष समिति सहितका संस्थाहरू पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने पक्षमा छन्।