बुद्ध जन्मभूमि लुम्बिनीमा देशभरका पाँच सय जना कुलपुत्रलाई प्रव्रजित गरी श्रामणेर (भिक्षु हुनु अघिको प्रारम्भिक अवस्था) बनाइने भएको छ।
यही फागुन १४ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन हुने कार्यक्रममा इच्छुक सहभागीहरूले बौद्ध धर्मअनुसार अनुशासित जीवनको अभ्यास गर्ने अवसर पाउनेछन्।
सन् २०११ देखि अखिल नेपाल भिक्षु महासंघ र थाई–इन्डिया–नेपाल धर्मदूत संघको सहकार्यमा नेपालमा वार्षिक रूपमा कुलपुत्र प्रव्रज्या कार्यक्रम हुँदै आएको छ। यो वर्ष १९ दिनको अवधिमा देशभरका इच्छुक कुलपुत्रलाई श्रामणेर बनाइने आयोजकहरूले जनाएका छन्।
बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा श्रामणेर बन्न चाहने जो कोही सहभागी हुन सक्ने जानकारी दिइयो। व्यक्ति तथा परिवारको सहमति आवश्यक पर्ने बताउँदै सहभागीहरूले १९ दिनसम्म अनुशासित बौद्ध जीवन बिताउनुपर्ने जनाइयो।
श्रामणेर भएपछि कपाल खौरनुपर्ने, चिवर (भिक्षुहरूको पोशाक) धारण गर्नुपर्ने र बौद्ध परम्पराअनुसार जीवनयापन गर्नुपर्ने हुन्छ। प्रव्रजितहरू गृहस्थ जीवनमा फर्कन सक्छन् वा स्थायी भिक्षु बन्न पनि सक्नेछन्।
श्रामणेर भएका व्यक्तिले बौद्ध परम्परा अनुसार १२ बजेपछि अन्न ग्रहण गर्न नपाउने, केवल फलफूल र झोल पदार्थ मात्र सेवन गर्नुपर्ने हुन्छ। साथै, विहारमा बस्नुपर्ने नियम लागू हुनेछ।
पत्रकार सम्मेलनमा भिक्षु महासंघका प्रतिनिधि भिक्षु पञ्चामूर्तिले श्रामणेर बन्न चाहनेहरूलाई कुनै खर्च नलाग्ने स्पष्ट पारे। खानपान, बसोबास र यातायात खर्च आयोजकले नै व्यहोर्ने उनले जानकारी दिए।
प्रव्रज्या सामाजिक नेपालका अध्यक्ष तथा भिक्षु महासंघका कोषाध्यक्ष भिक्षु बोधीज्ञान महास्थविरले देश-विदेशका जुनसुकै क्षेत्र, जात, भाषा, धर्म तथा उमेरका पुरुषहरू सहभागी हुन पाउने जनाए। तर, यस वर्ष अधिकतम पाँच सय जना मात्र श्रामणेर बनाउने योजना रहेको उनले बताए।
श्रामणेर प्रव्रज्या कार्यक्रम बुद्ध शिक्षा जनमानसमा विस्तार गरी सभ्य समाज निर्माण गर्ने उद्देश्यले आयोजना हुँदै आएको आयोजकहरूले बताए।
सन् २०११ मा १११ जना सहभागी भएर सुरु भएको कार्यक्रम अहिलेसम्म ६ पटक सम्पन्न भइसकेको छ। बीचका वर्षहरूमा १,११२ जना, १५० जना, १,११९ जना, ५०० जना, १,२५० जना गरी हजारौँ कुलपुत्र प्रव्रजित भइसकेका छन्। यो वर्ष सातौँ संस्करण हुन लागेको हो।
कार्यक्रममा थाईल्यान्डसहित विभिन्न राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ। यसले बौद्ध पर्यटन प्रवर्द्धन गर्दै नेपालमा धार्मिक पर्यटनको विकासमा टेवा पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
धम्मकाया फाउन्डेशनका निर्देशक तथा प्रव्रज्या सामाजिक नेपालका संयोजक थाइ धम्म भन्ते थावरोन (थाइल्याण्ड) ले यस कार्यक्रमले नेपालको बौद्ध धर्म प्रचार-प्रसारमा महत्त्वपूर्ण योगदान पुग्ने बताए।
लुम्बिनी विकास कोषका कार्यकारी सदस्य तथा कार्यक्रम निर्देशक राजेश शाक्यले कार्यक्रमको सम्पूर्ण बजेट दाताबाट संकलन हुने र खर्च विवरण पछि सार्वजनिक गरिने जानकारी दिए।