ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोध चर्किंदै गएको छ। स्थानीय लिम्बू समुदाय र अभियन्ताहरूले यसलाई धार्मिक तथा सांस्कृतिक स्थलमाथिको अतिक्रमणको रूपमा व्याख्या गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन्। यही सिलसिलामा सोमबार काठमाडौंको माइतीघरमा समेत विरोध प्रदर्शन गरिएको छ।
मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिको अगुवाइमा आयोजित प्रदर्शनमा सहभागीहरूले गृहमन्त्रीको राजीनामासहित ६ बुँदे माग अघि सारेका छन्। उनीहरूले पाथीभरा क्षेत्र लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यसलाई जस्ताको तस्तै संरक्षण गर्नुपर्ने अडान दोहोर्याएका छन्।
आन्दोलनकारीहरूले जारी गरेको विज्ञप्तिमा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको माग गर्दै घटनाको उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग राखिएको छ। दोषीमाथि कडा कारबाही हुनुपर्ने, मुक्कुमलुङ क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता गरिनुपर्ने, र धार्मिक तथा सांस्कृतिक सम्पदामाथि अतिक्रमण बन्द गर्नुपर्ने उनीहरूको माग छ।
समितिले माग सम्बोधन नभए अनिश्चितकालीन आमहड्तालसहित देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यदि माग पूरा भएन भने अनिश्चितकालीन आमहड्ताल र लिम्बूवान क्षेत्रभर प्रदर्शनका कार्यक्रम अघि बढाइनेछ।’
गत माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका–११, बलुडाँडामा भएको झडपपछि आन्दोलन थप उग्र बनेको हो। सोही दिन प्रहरीले चलाएको गोली लागी मुक्कुमलुङ संरक्षणकर्ताहरू यामबहादुर लिम्बू, सगुन लावती, र धर्मान पालुङ्वा घाइते भएका थिए। उनीहरुको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
झडपपछि माघ १५ देखि मेची राजमार्ग, तमोर करिडोर, र तेह्रथुम हुँदै ताप्लेजुङ भित्रिने सबै नाका अवरुद्ध छन्। आन्दोलन थप सशक्त बनाउन माघ २० र २१ गते लिम्बूवान क्षेत्रका नौ जिल्लामा आमहड्तालको घोषणा गरिएको छ।
काठमाडौंको माइतीघरमा भएको प्रदर्शनमा आन्दोलनकारीहरूले सांकेतिक रूपमा सडक नाटक प्रदर्शन गर्दै मुक्कुमलुङ क्षेत्रको ‘अतिक्रमण’ को विरोध जनाएका थिए। उनीहरूले ‘गोली खान तयार छौँ, तर केबलकार बन्न दिन्नौँ’ भन्ने नारासमेत लगाएका थिए।
यसैबीच, केबलकार निर्माण कम्पनी र सरकारी पक्षले भने परियोजनालाई अगाडि बढाउने तयारी गरिरहेको छ। तर स्थानीयको असन्तुष्टि र आन्दोलनले निर्माण कार्य अझै अनिश्चित बनेको छ।
हेराैं तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...