टेन्डर प्रतिस्पर्धालाई फराकिलो पारिएको छ: महानिर्देशक
२३ माघ २०८१
•
२ मिनेट पाठ
टेन्डर प्रतिस्पर्धालाई फराकिलो पारिएको छ:  महानिर्देशक
राहदानी विभागले ई–पासपोर्टको ग्लोबल टेन्डरमा प्रतिस्पर्धालाई फराकिलो बनाउने र एउटा कम्पनीमाथिको निर्भरता कम गर्ने उद्देश्यले खरिदलाई दुईवटा प्याकेजमा विभाजन गरिएको बताएको छ। विभागले हालै जारी गरेको ई–पासपोर्टको ग्लोबल टेन्डर आह्वानमा विवाद आएपछि पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो। विभागले त्यसकै लागि एक सूचना प्रविधि निर्देशक र तीनजना कम्प्युटर इन्जिनियर गरी चारजनाको दरबन्दीसमेत थप गरिएको जनाएको छ।




विभागले टेन्डर आह्वान गर्दा बढीभन्दा बढी विज्ञको राय सुझाव लिएको समेत दाबी गरेको छ। विभागले राहदानी अभाव नहुने गरी ठेक्का लगाउने जनाएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै समयमै टेन्डर आह्वान गरी पासपोर्ट समस्या समाधान गर्ने पनि जनाएको छ।

विभागका महानिर्देशक तीर्थराज अर्यालले राहदानी विभागसँग १० लाख २१ हजार सात सय पासपोर्ट बाँकी रहेको बताउँदै उक्त पासपोर्टले करिब एक वर्ष पुग्ने र त्यसअघि नै टेन्डरमार्फत सम्झौता गरी पासपोर्ट छपाइ गर्ने बताए।

पासपोर्टको टेन्डर आह्वानपछि सञ्चारमाध्यममा विवाद आएको बताउँदै महानिर्देशक अर्यालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टेन्डरका कागजात नलगेको बताए। उनले अख्तियारका प्रतिनिधि आएको तर हालै गरिएको टेन्डरका कागजात भने नलगेको दाबी गरेका थिए। ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली आएको थियो, तर त्यो अर्को सन्दर्भमा हो अहिलेको ठेक्कासँगसम्बन्धी होइन’, उनले भने।

केही समयअघिसम्म अख्तियार टोली नआएको दाबी गर्दै आएका महानिर्देशक अर्यालले मंगलबार पत्रकार सम्मेलनमा अख्तियार टोली आएको स्वीकार गरेका थिए। ‘सन् २०१० मा भएको टेन्डरका विषयमा उहाँहरू बुझ्न आउनुभएको हो, प्रिन्टिङ प्रविधि हेर्न आउनुभएको हो, फिल्डै आएर हेर्छौं भन्नुभएको थियो, त्यो सन्दर्भमा अख्तियारबाट आउनुभएको हो’, महानिर्देशक अर्यालले भने।

उनले वर्तमान कम्पनीको खर्चमा विदेश भ्रमण गएको विषयमा पनि खण्डन गरेका छन्। उनले कुनै पनि कम्पनीविशेषलाई लक्षित गरेर टेन्डर डकुमेन्ट तयार नपारेको पनि दाबी गरे।

राहदानी विभागले नोभेम्बर २८ मा टेन्डर आह्वान गरेको थियो। सुरुमा जनवरी १२ सम्म म्याद दिइएकोमा विवाद भएसँगै फेब्रुअरी ११ सम्म म्याद थप गरेको छ। विभागले टेन्डर डकुमेन्टमा संशोधन गरेपछि फेरि म्याद थप गर्नुपर्ने भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेको थियो। सार्वजनिक खरिद अनुगमन कार्यालयले गुनासो सम्बोधन गर्न आग्रह गर्दै तीनवटा पत्र पठाइसकेको छ।

विभागले गुनासो सम्बोधन गरिसकेको जनाएको छ। ‘सन् २०२५ को डिसेम्बरसम्म नयाँ ठेक्का लगाई पासपोर्ट छपाइ गर्न तयार भइसक्नुपर्छ’, विभागका महानिर्देशक अर्यालले भने, ‘टेन्डरमा सहभागी हुन चाहने कम्पनीको अनुरोधअनुसार एक महिना म्याद थप गरेका छौं, अब म्याद थप हुने सम्भावना छैन, चाँडोभन्दा चाँडो यो वियषलाई टुंग्याउनु छ।’ 

विभागले आइडिमियासँग गरेको ठेक्काअनुसार २०२५ डिसेम्बरसम्म सम्झौता अवधि छ। सो अवधिपछि नयाँ कम्पनीले ठेक्का पाएमा सम्झौताअनुसार सबै विवरण विभागलाई हस्तान्तरण गर्नुपर्ने छ। 
अर्को समाचार
अख्तियार पुग्यो राहदानी ठेक्का प्रकरण
१४ माघ २०८१
•
६ मिनेट पाठ
अख्तियार पुग्यो राहदानी ठेक्का प्रकरण
राहदानी विभागबाट ई–पासपोर्ट छपाइका लागि गरिएको टेन्डरमा अमेरिकी एक कम्पनीले गम्भीर प्रश्न उठाउँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ। टेन्डर प्रक्रियाको प्याकेज एक र प्याकेज दुईका लागि छुट्टाछुट्टै टेन्डर गर्ने तर एउटै कम्पनीले ठेक्कामा सहभागिता जनाउन पाउने प्रावधानप्रति आपत्ति जनाउँदै उजुरी गरिएको हो।




अमेरिकाको एचआइडी ग्लोबल लिमिटेडका नेपाल प्रतिनिधि रविन चौधरीले दिएको उजुरी अनुसार दुईवटै ठेक्कामा एकै कम्पनीले दुवै टेन्डरको मापदण्ड पूरा गरी आवेदन दिए त्यसलाई स्वीकार गर्न सकिने प्रावधानप्रति आपत्ति जनाएको हो।

सो कम्पनीले एउटै सामान नेपाल सरकारले तीन पटक खरिद गरेको र त्यही सामान काम लाग्ने हुँदाहुँदै लिलामीका लागि अन्य कम्पनीलाई ठेक्का हाल्नबाट बन्देज लगाउन खोजेको आरोप लगाइएको छ। सो कम्पनीले पहिलो ठेक्कामा उल्लेख गरिएको विषयमा आपत्ति जनाएको हो।

उपकरण, पूर्वाधार र प्रणालीमा हाल काम गरिरहेको आइडिमियाकै हालीमुहाली रहेको र ती सामान ठिकठाक भए पनि पहिलो ठेक्का लगाउनु शंकास्पद रहेको उल्लेख गरिएको छ। साथै त्यही काम गरिरहेको आइडिमियाले पूर्वाधार, प्रणाली र उपकरणमा न्यून मूल्य प्रस्ताव गर्ने र त्यसलाई नै मर्मत गर्न सक्ने सम्भावना रहेको समेत आशंका गरिएको छ। ‘पूर्वाधार, प्रणाली र उपकरण अहिले आइडिमियाले नै आपूर्ति गरेको छ, त्यसलाई नै दिने गरी प्रावधान राखिएको छ, यसबारे छानबिन होस्,’ उजुरीमा भनिएको छ।

उक्त विवादास्पद प्रावधानमाथि टेन्डरमा सहभागी कम्पनीहरूले समेत प्रश्न उठाएका छन्। आइडिमियाबाहेक दुई कम्पनीले विभागलाई पत्राचार गर्दै प्रतिस्पर्धालाई सीमित गरेको, निष्पक्षतामा प्रश्न रहेको तथा भेरियसन गर्दा नै अतिरिक्त पैसा दिएर पुरानै कम्पनीलाई काम दिएको जस्ता विषयमा प्रश्न उठाएका हुन्। सिइटिआइएस र सेक्युरिटी भन्ने दुई कम्पनीले विभागलाई पत्राचार गरेर निष्पक्षतामाथि प्रश्न उठाएका छन्।

करिब १२ अर्बको टेन्डरमा पुरानै कम्पनी आइडिमियालाई मात्र मिल्ने प्रावधान राखेर सूचना प्रकाशित भएपछि सो प्रावधान हटाउन सार्वजनिक खरिद अनुगमन कार्यालयले पुस २ गते विभागका नाममा पत्राचार गरेर निर्देशन दिएको थियो। टेन्डर प्रक्रियामा विवाद आएपछि राहदानी विभागले पासपोर्ट छपाइको आवेदन दिने अवधि एक महिना थपेको छ। फेब्रुअरी ११ सम्म आवेदन दिन सक्ने गरी समय थप गरेको हो। १२ जनवरीसम्म आवेदन दिने व्यवस्था रहेको थियो।

टेन्डर हत्याउन आइडिमियाले सफ्टवेयर प्रणालीमा छिरेर ह्याकरले आक्रमण गरेको र भाइरस पसेको कारण देखाएर एक साता सर्वसाधारणलाई पासपोर्ट लिनबाट वञ्चित गरेको समाचार नागरिक दैनिकले पहिलो पटक मंसिर १४ गते सार्वजनिक गरेको थियो। गएको मंसिरमा एक साता राहदानी विभागको सफ्टवेयर प्रणालीमा समस्या आएपछि सर्वसाधारणले सास्ती पाएका थिए।

आइडिमियाले सो सफ्टवेयरको सञ्चालन र व्यवस्थापन गर्दै आएको छ। सोही कम्पनीले मात्रै ठेक्का लिन पाउने गरी प्रावधान नराख्दासम्म सफ्टवेयर प्रणालीमा नियोजित रूपमा समस्या उत्पन्न गराएको भन्दै सरकारी कम्प्युटर अधिकृतहरूले आपत्ति जनाएका थिए। उक्त विषयलाई सम्बोधन गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले पुस २ गते टेन्डरमा राखिएको प्रावधानलाई उल्लेख गरेर सच्याउन निर्देशन दिएको थियो। राहदानी विभागले त्यसको जवाफ दिइसकेको छ। २३ डिसेम्बर (पुस ८ गते) र २२ डिसेम्बर (पुस ७ गते) राहदानी विभागलाई पत्राचार गरी ती दुई कम्पनीले प्रश्न उठाएका थिए।

त्यसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले राहदानी विभागलाई अर्को पत्र लेखेर गुनासो सम्बोधन गर्न निर्देशन दिएको थियो। त्यसअघि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत पत्र लेखी राहदानी छपाइको टेन्डरमा देखिएको समस्याबारे जानकारी मागेको थियो। सो कार्यालयले विभिन्न मितिमा अख्तियारमा परेका उजुरीलाई पनि साथमा राखेर पठाएको थियो। एक साता सर्वसाधारणले राहदानी लिन नसकेको र सास्ती पाएको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो राखेका थिए।

ई–पासपोर्ट छपाइका लागि करिब १२ अर्बको टेन्डरको सूचना आउने समय नजिकिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले नै प्राविधिक समस्या खडा गरेको थियो। यो विषय नेपाल सरकारले छानबिनसमेत गर्न सकेको छैन। टेन्डर सूचना निस्केको भोलिदेखि नै राहदानीको विभागको सफ्टवेयरमा आएको समस्या समाधान भएको थियो। राहदानी विभागले प्रकाशन गरेको टेन्डर नोटिस आफूअनुकूल आउने भएपछि मात्रै सफ्टवेयर सुचारु गरिएको स्रोतको दाबी छ।

पछिल्लो डेढ दशकदेखि नेपालको राहदानी छपाइ र सफ्टवेयर व्यवस्थापनमा एकछत्र राज गर्दै आएको आइडिमियाले नयाँ टेन्डर पनि लिन अनेक चतुर्याइँ गरेको थियो। यसअघि नै टेन्डरभन्दा पनि भेरिएसनबाट धेरै छपाइ गरेर नाफा बढाएको कम्पनीले नयाँ टेन्डर हत्याउन सिस्टममै समस्या देखाएर अनुकूल प्रभाव पारेको स्रोतको दाबी छ।

विभागले मंसिर १३ गते दुईवटा टेन्डर निकालेको थियो। जसमा नौ नम्बर बुँदामा एकै कम्पनीले दुवै टेन्डरको मापदण्ड पूरा गरी आवेदन दिए त्यसलाई स्वीकार गर्न सकिने बुँदा राखिएको छ। यही विषयलाई लिएर टेन्डरमा सहभागी हुन चाहेका कम्पनीहरूले प्रश्न उठाएका हुन्। उनीहरूले ज्वाइन्ट भेन्चरमा समेत प्रश्न उठाएका छन्। ‘प्रधानमन्त्री कार्यालयदेखि निर्वाचन आयोग, यातायात व्यवस्था विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत प्रयोग गरिएको पूर्वाधार र उपकरण १० वर्षदेखि चलिरहेको तर राहदानी विभागले मात्रै किन नयाँ खरिद गर्नुपरेको हो भनेर पनि जबाफ पनि मागिएको छ,’ स्रोतले भन्यो, ‘यो विषयमा राहदानी विभाग मौन छ।’

नौ नम्बर बुँदाले हाल सफ्टवेयर व्यवस्थापनको काम गरिरहेको कम्पनी आइडिमियालाई मात्रै समेट्नेछ। ठुलो टेन्डरमा यस्तो बुँदा राखेर यसअघि कहिल्यै पनि टेन्डर गरिएको थिएन, राहादानी विभागले सफ्टवेयर व्यवस्थान र हार्डवेयर एवं सफ्टवेयरसम्बन्धी फरकफरक सूचना निकाल्ने चाल पाएपछि आइडिमियाले यसरी प्राविधिक समस्या खडा गरेको भन्दै सरकारी कम्प्युटर इन्जिनियरहरूले आपत्ति जनाएका थिए। यो विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयमार्फत चासो राखेको थियो।

सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियारमा परेका उजुरी सम्बोधन गर्न पुनः पत्र पठाएको जनाएको थियो। इन्जिनियर सुभाषकुमार खड्काले खरिद अनुगमन कार्यालयले काटेका पत्र र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काटेका पत्र पठाइएको उल्लेख गर्दै जवाफ दिन निर्देशन दिएको छ।

खरिद अनुगमन कार्यालयले दुईवटा प्याकेजका ठेक्का लगाउँदा हाल छपाइ गरिरहेको कम्पनीले नै पाउनेगरी टेन्डर डकुमेन्ट तयार गरेको भन्दै गुनासा आएका जनाइएको छ। आइडिमियाले व्यवस्थापन गरेका नेपालस्थित प्रतिनिधि हाल सिद्धार्थ पाण्डे छन्। उनलाई विकल पौडेलले आइटी कम्पनीको ठेक्कामा प्रवेश गराएका थिए।

अन्तःशुल्क स्टिकर छपाइ र सुरक्षण मुद्रणको खरिद प्रक्रियामा गैरकानुनी सम्पत्ति आर्जनको दोषी प्रमाणित र राष्ट्रिय पेमेन्ट गेटवेमा भएको भ्रष्टाचारको अभियोगसमेत लागेका विकल पौडेल सन् २००९ देखि नै आइडिमियालाई पासपोर्ट छपाइको ठेक्का दिलाउने प्रक्रियामा सरिक रहेका थिए। उनलाई राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट पासपोर्ट ठेक्का मूल्यांकन समितिमा खटाइएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको दबाबमा यो ठेक्का प्रक्रिया अगाडि बढेको थियो।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस