लैङ्गिक हिंसा नियन्त्रणका लागि मंगलबार जुम्लामा २१ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गरिएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) क्षेदिलाल कामतिको संयोजकत्वमा २१ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरिएको हो।
जिल्लामा हुने लैङ्गिक हिंसाका घटनाहरू नियन्त्रण गर्नु सञ्जाल गठन उद्देश्य छ। समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिकाको महिला, बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्र, जिल्ला प्रशासन, पत्रकार महासङ्घ, नागरिक समाज, उद्योग वाणिज्य संघ,वाल क्लब, यस क्षेत्रमा काम गर्ने क्रियाशील गैरसरकारी संस्था मध्यबाट एक जना सहित विभिन्न क्षेत्रको प्रतिनिधित्व हुनेछ । जिल्ला प्रहरी कार्यालयका अनुसार लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन विधि २०७८ बमोजिम समिति गठन भएको छ।
प्रहरी कार्यालय जुम्लाका अनुसार जुम्लामा चालु आर्थिक वर्षमा २०८१/०८२ मा ४२ वटा घरेलु हिंसा भएका छ। यस्तै २०८०/०८१ मा ८४, २०७९/०८०मा ७३, २०७८/०७९ मा ६१ वटा २०७७/०७८ मा ३५ वटा दर्ता छन्।