दैलेखको डुंगेश्वर गाउँपालिका –१ का वडाध्यक्ष श्याम रानाले जिल्ला प्रहरीको सूचना भन्दै राति भूकम्प आउने भन्दै माईकिङ्ग गर्दै अफवाह फैलाएको कुरा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
फेरि भूकम्प आउने भन्दै चोक चोकमा माईकिङ्ग गरेर अनावश्यक नागरिकमा डर पैदा गरेको भन्दै वडाअध्यक्ष रानालाई जिल्ला प्रशासन कार्यालयले बुधबार बोलाएको हो ।
दैलेखको तोलीजैसी केन्द्रबिन्दु भएर मंगलवार साँझ ५ बजेर २० मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि वडाअध्यक्ष रानाले चुप्रा बजारमा मोटरसाइकलको पछाडि बसेर माइकमा फेरि भूकम्प आउन सक्ने भएकाले सबै नागरिकहरू सुरक्षित स्थानमा बस्न आग्रह गर्दै हिँडेका थिए । वडाअध्यक्ष आफैं माइक बोकेर मोटरसाइकलमा मुख्य-मुख्य बजारमा फेरि भूकम्प आउने सूचना आएको भन्दै हिँडेका थिए ।
त्यसपछि माईकिङ्ग गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भाइरल भिडियोका कारण मंगलबार राति अधिकांश दैलेखबासी घरभित्र सुत्न नगई बाहिर बसे । धेरैले फेरि भूकम्प आउने डरले चिसो रातको २ बजेसम्म बाहिरै बसेका थिए । कतिपयले बाहिरै सुतेको बताएका छन्। सामाजिक सञ्जालमा भूकम्प आउने भिडियो देखेपछि डरले रातभर बाहिर सुतेको नारायण नगरपालिकाका स्थानीय डिल कुमारी बिसीले बताइन् ।
भूकम्प आउने भन्दै अनावश्यक रुपमा नागरिकमा भ्रम फैलाएका वडाध्यक्षलाई दैलेखका प्रमुख जिल्ला अधिकारी नमराज जैसीले समेत बोलाएका छन्।