ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले पालिकाका क्रमागत, ठूला तथा गौरवका योजनामा प्रयोग हुने निर्माण सामग्रीको ल्याव टेष्ट अनिवार्य गर्ने नीति अघि सारेको छ ।
आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार पालिका मातहत सञ्चालनमा रहेका क्रमागत, ठूला र गौरवका योजना निर्माणका क्रममा प्रयोग भएका सामग्रीको ल्याव टेष्टका लागि नमूना संकलन गरिएको छ ।
संकलन गरिएका निर्माण सामग्रीको नमूना मान्यताप्राप्त सरकारी निकायका ल्याव टेष्टहरुमा पठाईएको पोमूले जानकारी दिए । उनका अनुसार ल्याब टेष्टका लागि पठाईएको नमूनाको नतिजाका आधारमा निर्माण सामग्री प्रयोगलाई निरन्तरता दिने या त्यसलाई बिस्थापन गरी थप गुणस्तरीय सामग्री मगाउने भन्ने बिषयको निक्र्योल हुने छ ।
विकास निर्माणका कामलाई गुणस्तरीय बनाई पारदर्शी काम होस् भन्ने हेतुले निर्माण सामग्रीको ल्याव टेष्ट कार्य सुरु गरिएको अध्यक्ष पोमूले बताए ।