भक्तपुरको चाँगुनारायण नगरपालिका वडा न १ दुवाकोट सरस्वतीखेलस्थित १९ रोपनी १० आना जग्गा व्यक्तिको नाममा भूमाफीयाले लान खोजेको भन्दै स्थानीयले सहयोगका लागि हारगुहार गरेका छन्। मध्यपुर थिमि नगरपालिकास्थित प्रसिद्ध नीलबाराहीको फेदमा रहेको सरस्वतीखेल बसपार्क नजिकैको सार्वजनिक जग्गा व्यक्तिले हडप्ने प्रयास भइरहेको भन्दै स्थानीयले आन्दोलितसमेत भएका छन्।
स्थानीय गौरीमान सिंह थापा।भक्तपुरका तत्कालीन जिल्ला पञ्जायतका उपप्रधानपञ्च (२०४४ साल) एवं स्थानीय गौरीमान सिंह थापाका अनुसार यो सार्वजनिक जग्गा २०४२ सालमै तत्कालीन भक्तपुर नगरपालिका वडा न १० (हाल वडा न २) का कान्छा सुवालले मालपोतमा आर्थिक चलखेल गरी जग्गाको पुर्जा बनाई आफ्नो नाममा पार्न सफल भएका थिए। 'तत्कालीन समयमा त्यो जग्गामा रहेको खानेपानी बोरिङका लागि बनेको एउटा टहराको भाडा मागेपछि यो सार्वजनिक जग्गा व्यक्तिको नाममा गएको थाहा भयो,' उनले नागरिकसँग उबेलाको घटना कोट्याउँदै भने, 'त्यसपछि मलगायत तत्कालीन जिल्ला पञ्चायतका प्रधानपञ्च साधुराम खत्री, तत्कालीन गाविस अध्यक्ष लोकबहादुर थापालगायतका हामीले अदालतमा मुद्दा हालेर जग्गाको पुर्जा खारेज गराइयो।’
थापाका अनुसार जग्गा आफ्नो नाममा पार्न सफल कान्छा बासुकलाको मृत्यु भइसकेको छ भने जग्गा पनि अहिलेसम्म खारेज पुर्जालाई नै आधार बनाएर चार तहसम्म किनबेचसमेत भइसकेको छ। स्थानीयका अनुसार केही समूहले उक्त जग्गा आफूले सम्याउन सक्छौ भनी खानेपानी कार्यालयलाई भवन बापत मुखाब्जा समेत दिन गएका थिए। उक्त समयमा स्थानीयको विरोध र आन्दोलनपछि जग्गा सम्याउन र प्लटिङ गर्न सकेका थिएनन्। उक्त जग्गा फेरि २०७० साल वैशाख ३१ गते दर्ता गरी व्यक्तिको नाममा ल्याएको खुल्न आएको छ। व्यक्तिको नाममा आएपछि त्यतिबेलै जग्गा सम्याउन र बिक्री गर्न एक समूह लागिपरेको थियो। सार्वजनिक जग्गा एव उक्त स्थानका विभिन्न गुठीयारको विभिन्न क्रियाकलाप गर्ने उक्त जग्गामा एक्कासी डोजर लगाउन आउँदा स्थानीयले विरोध गरेका थिए। तत्कालीन प्रधानमन्त्रीको कार्यालयबाट समेत धक्की दिँदै उक्त स्थानमा जग्गा कब्जा जमाउन खोजिएको बताइएको छ। तर उनीहरू उक्त समयमा विफल भएका थिए। तथापि जग्गा भने हालसम्म पनि सरकारले आफ्नो नाममा ल्याउन भन्दा पनि सवोच्चकै न्यायाधीशको नै मिलेमत्तोमा व्यक्तिको नाममा ल्याउन अख्तियारको पनि ठूलो हात रहेको जनाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७० को ३१ वैशाखमा त्यो जग्गा सार्वजनिक रूपमा दर्ता गर्ने निर्णय गरेको थियो। त्यसविरुद्ध परेको मुद्दामा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रसहित न्यायाधीशहरू शारदाकुमार घिमिरे र अनिलकुमार सिन्हाको इजलासले ८ भदौ ०७४ मा मीनकुमार अर्याललगायतको पक्षमा फैसला गरेको थियो। सो जग्गा दर्ता गर्न छुटेको भन्दै उनले पुनः दर्ताका लागि निवेदन दिएर आफ्नो नाममा ल्याएका थिए। जबकि त्यो जग्गामा हालसम्म पनि खानेपानीको कार्यालय छ र स्थानीयले उक्त जग्गामा आफ्नो परम्परागत पाठ पुर्जा गर्दै आएका छन्।
विभिन्न गुठीको भोज खाने तथा जात्रा गर्ने उक्त जग्गा केही स्थानीय र भूमाफियाको चलखेलमा नै व्यक्तिको नाममा गएको स्थानीय बताउँछन्। हाल एउटा ठूलो राजनीतिक दल निकटको केही नेता कार्यकताले नै उक्त जग्गा चलखेल गरी आफ्नो पोल्टामा पारेको स्थानीय बताउँछन्। तर स्थानीयले भने बरु ज्यान दिने र सार्वजनिक जग्गा व्यक्तिको नाममा नदिने प्रतिबद्धता जनाएका छन्।
स्थानीय लोकबहादुर थापा।उक्त ठाउँका तत्कालीन गाउँपञ्चायतका अध्यक्ष एवं स्थानीय केशव बस्नेतले पहिला त्यो जग्गा नीलबाराहीको खेल्ने ठाउँ थियो। उनका अनुसार पहिलो यो ठाउँ नैनडाँडोको रुपमा थियो। तर अहिले जग्गा समतर भइसकेको छ। अहिले पनि यो जग्गा बाँझो छ। कसैले पनि तारवार वा केही हिसावले सुरक्षित पार्न सकेको छैन। जग्गा अहिले पनि बसपार्कको बाँकी भाग जस्तै अलपत्र छ। उनले भने, 'व्यक्तिको भएको भए यसरी कसरी अलपत्र पारिराख्छन् तारवार वा केही गरेर आफ्नो जग्गालाई घेरेर सुरक्षित बनाइहाल्न पाउथे नि।’
जग्गा पूर्व पश्चिम छोटो र उतर दक्षिण लामो हुने गरी ठूलो क्षेत्रफलमा घाँसे मैदानजस्तै खाली नै छ। जग्गाको पूर्वपश्चिमको बीचमा अहिले एउटा खोल्साजस्तो भएर दुईतिर बाँडिएको जस्तो देखिएको छ।
स्थानीय उमेश बस्नेतले अहिले ती भूमाफीयाहरूसँग पुर्जा भएको तर त्यो पुर्जा पहिला नै रद्द भइसकेको अवस्थामा रहेको जानकारी गराए। उक्त जग्गा विभिन्न व्यक्तिहरूले कित्ताकाट गरी किन्दै गर्दा केहीले भने सार्वजनिक भएको थाहा भएर छोडिदिएको पनि उनले सुनाए।
सार्वजनिक जग्गालाई भूमाफीयाले खान खोजेको भन्दै स्थानीयले साविकको चाँगुनारायण नगरपालिका वडा न १ का वडाध्यक्ष सिजन कार्कीलाई पनि जानकारी गराइसकेको जनाए। साथै उक्त क्षेत्रका संघीय सांसद प्रेम सुवालको नेतृत्वमा जग्गालाई बचाउन भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको पनि ध्यानाकर्षण गराएका छन्।
चाँगुनारायण नगरपालिका वडा न १ दुवाकोटमा मात्र सयौ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा गएको बताइएको छ। ७ रोपनी जग्गा भएकाहरूले सार्वजनिक जग्गा मिच्दै दर्ता गर्दै ५७ रोपनी बनाउने कार्य भएको स्थानीयको भनाइ छ। यहाँका सयौ रोपनी सार्वजनिक जग्गा हाल पनि दर्ता गर्न विभिन्न नक्कली कागज खडा गर्दै मालपोत र नापी तथा भूमि सुधारमा चलखेल गर्दै दर्ताका लागि अगाडि बढेकोसम्म खुल्न आएको छ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौंमहानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।
त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...