ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले खेतियोग्य जमिन बाँझो राख्नेदेखि जथाभावी पशुचौपाया छाड्ने व्यक्तिसम्मलाई कानुनी दायरामा ल्याउन विधेयक ल्याएको छ।
पालिकाले जारी गरेको आर्थिक विधेयक २०८१ को अनुसूची–११ मा दण्ड, सजाय र जरिवानाको व्यवस्था छ। जस अनुसार खेतियोग्य जमिन बाँझो राखेमा तोकिएको मालपोत करको थप एक सय प्रतिशत जरिवाना लिइने छ। विधेयकमा खेतियोग्य जमिन हो कि होइन भनेर ठहर गर्ने जिम्मेवारी सम्बन्धित वडाध्यक्षलाई दिइएको छ।
खेतियोग्य जमिन बाँझो राख्नेबाट प्राप्त भएको जरिवानाको २५ प्रतिशत रकम सम्बन्धित टोल विकास संस्थालाई पुरस्कार स्वरूप प्रदान गरिने छ। विधेयकअनुसार जथाभावी पशुचौपाया छाड्ने व्यक्तिलाई प्रतिपशु एक सय रुपैयाँ जरिवाना लिइने छ। उक्त कार्यको अनुगमनको जिम्मेवारी सम्बन्धित टोल विकास संस्थालाई दिइएको छ।
यस्तै अर्कालाई अप्ठ्यारो पार्ने नियतले रुख तथा पर्खाल लगाउने र घरटहरा बनाउने पनि कारबाहीको दायरामा आउने छन्। यस्तो कार्य गर्नेबाट पालिकाले १ हजार रुपैयाँ जरिवाना लिने छ भने अवरोध हटाउँदा लाग्ने खर्च अवरोधकर्ताबाट असुल गरिने भएको छ।
गाउँपालिकामा दर्ता नभई व्यापार व्यवसाय सञ्चालन गर्नेलाई जनही १ हजार रुपैयाँ जरिवाना तोकिएको छ। अनुमतिबिना गाउँपालिका भित्रको नदीजन्य सामग्री (ढुङ्गा, गिटी र बालुवा) उत्खनन गर्नेलाई पहिलो पटकका लागि १५ हजार रुपैयाँ जरिवाना गरिने छ भने दोस्रो पटकदेखि पनि उक्त कार्य भए वा गरेमा पटकैपिच्छे दोब्बर जरिवाना लिइने तथा त्यसमा प्रयोग भएका सामग्री जफत गरिने भएको छ।
विधेयक अनुसार पसलहरूमा सार्वजनिक स्थलमा मूल्यसूची नराख्नेलाई जनही १ हजार रुपैयाँ जरिवाना लाग्ने छ। म्याद गुज्रिएका सामग्री बिक्रीवितरण गर्ने सबै प्रकारका व्यवसायीलाई पहिलो पटकका लागि ३ हजार रुपैयाँ जरिवाना लिएर सचेत गराइने छ। उक्त कार्य दोहोरिएमा प्रचलित कानुन बमोजिमको कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने विधेयकमा उल्लेख गरिएको छ।
गाउँपालिका क्षेत्रभित्रका नदी, खोला खोल्सी आदिमा पाइने दुर्लभ असला र तिते लगायतका माछा मार्न रासायनिक विषादी तथा करेन्ट वा महाजाल प्रयोग गर्ने व्यक्ति तथा समूहलाई प्रचलित संघीय तथा प्रादेशिक कानुनमा उल्लेखित बाहेक गाउँपालिकाले थप १० हजार रुपैयाँ जरिवाना लिने भएको छ। स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगरी ल्याब, क्लिनिक, औषधि पसल तथा पशुचौपायाको औषधि पसललाई पहिलो पटकका लागि ५ हजार रुपैयाँ जरिवाना गरी सचेत गराउने र दोस्रो पटकदेखि पनि उक्त कार्य दोहोरिएको पाइए थप कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइने छ।
म्याद गुज्रिएको औषधि बिक्रीवितरण गरेमा पहिलो अनुगमनमा १ हजार जरिवाना हुने तथा उक्त कार्य दोहोरिएमा इजाजत खारेजीसहितका प्रकृयाका लागि आवश्यक कानुनी कारबाही अघि बढाइने विधेयकमा छ। निषेधित स्थानमा फोहोर विसर्जन गर्नेलाई पहिलो पटकका लागि ५ सय र त्यसपछि पटकैपिच्छे जनही १ हजार रुपैयाँका दरले जरिवाना असुल गरिने भएको छ।
पालिकाको निर्णय बमोजिम कार्यान्वयनमा गएका विकास निर्माणका काममा बाधा तथा अवरोध गर्नेलाई पहिलो पटकका लागि १ हजार र त्यसपछि पटकैपिच्छे १ हजार ५ सय रुपैयाँका दरले जरिवाना लिई आवश्यक कानुनी कारबाहीका लागि मार्ग प्रशस्त गरिने भएको छ।