वीरेन्द्रनगर क्षेत्रमा रत्न राजमार्गअन्तर्गत पर्ने विभिन्न चोकहरूमा रहेका यूटर्नहरू बन्द गरिएको छ। सडकमा बढ्दो दुर्घटनालाई मध्यनजर गर्दै जोखिमयुक्त यूटर्नहरू ब्लक गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत र सडक डिभिजन कार्यालय सुर्खेतले सुब्बाकुना देखि बांगेसिमलसम्मको क्षेत्रमा रहेका यूटर्नहरूको अध्ययन गरी अनावश्यक ठहरिएका यूटर्नहरू हटाएको जनाएको छ।
सडक डिभिजनसँगको सहकार्यमा ट्राफिक प्रहरीसहितको टोलीले ती यूटर्नहरू बन्द गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए।
उनले भने, ‘दुर्घटनाको दर उच्च देखिएको यूटर्नहरू बन्द गरिएको हो। पछिल्ला वर्षहरूमा यूटर्नकै कारण मोटरसाइकललगायतका सवारी साधन धेरै दुर्घटनामा परेका छन्।’
वीरेन्द्रनगरमा ट्राफिक नियमको उल्लङ्घन, दायाँबायाँ नहेरी सवारी चलाउने, अनियन्त्रित यूटर्न गर्ने जस्ता कारणले दुर्घटना बढ्दै आएको छ।
विशेषगरी अटो रिक्साको संख्या धेरै भएकाले ती मनपरी यूटर्न गर्ने र बीच सडकमा रोक्ने प्रवृत्तिले दुर्घटना झनै बढाएको ट्राफिक प्रहरीको निष्कर्ष छ। पछिल्लो समय ट्राफिक प्रहरीले अटो र अन्य सवारीसाधनमाथि निगरानी थप कडा बनाएको छ।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...