अझै भग्न छन् असोजमा भत्किएका सडक
२८ माघ २०८१
•
५ मिनेट पाठ
अझै भग्न छन् असोजमा भत्किएका सडक
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त पाँच राजमार्गका विभिन्न खण्डमा स्थायी प्रकृतिबाट पुनर्निर्माण गर्न सडक विभागले अहिलेसम्म प्रक्रिया अघि बढाएको छैन। यसले गर्दा आगामी वर्षायाममा ती सडकमा यातायात प्रभावित हुने देखिएको छ।




भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले गत असोजमा आएको वर्षाले क्षति पुर्‍याएका पाँच प्रमुख राजमार्गका विभिन्न खण्डमा स्थायी प्रकृतिको पुनर्निर्माण गर्न अर्थ मन्त्रालयसँग २० अर्ब रूपैयाँको स्रोत सुनिश्चित गर्न माग गरे पनि अहिलेसम्म नदिएको बताए।

‘अर्थले स्रोत सुनिश्चितता नदिएका कारण हामीले स्थायी प्रकृतिबाट सडक पुनर्निर्माण गर्न प्रक्रिया अघि बढाएका छैनौं,’ उनले भने, ‘अर्थले स्रोत सुनिश्चितताका लागि व्यवस्था मिलाइरहेको भन्ने गरेको छ तर धेरै ढिलो भइसकेको छ। अर्थले पुनर्निर्माणका लागि एकमुष्ट माग्न भनेपछि हामीले त्यसै गर्‍यौं तर रकम दिन भने मानेको छैन।’

तर अर्थ मन्त्रालयका सहप्रवक्ता अम्बिकाप्रसाद खनालले भौतिकबाट २० अर्ब रूपैयाँ माग आएको बुझिए पनि यो विषय प्रक्रियामै रहेको बताए। ‘भौतिकले पठाएको मागको विषय प्रक्रियामै रहेको मैले बुझेको छु,’ उनले भने।

अर्थका अर्का एक सहसचिवले भौतिकलाई दिन २० अर्ब पठाउन पैसा जुटाउने काम भइरहेको बताए।

भत्किएको खण्डमा विभागका प्राविधिक कर्मचारीहरूले अस्थायी मर्मत गरी काम चलाइरहेका छन्। ग्राभेल, ह्युमपाइप, बेलिब्रिज तथा माटो पुरेर तत्कालका लागि कामचलाउका रूपमा सडकहरूमा सवारी सञ्चालन भइरहेका छन्। तर स्थायी प्रकृतिबाट काम गर्ने गरी टेन्डर आह्वान भने कुनै पनि ठाउँमा भएको छैन। जसका कारण आगामी वर्षायाममा सवारी आवागमन ठप्प हुने निश्चित भएको प्राविधिक कर्मचारीहरू बताउँछन्। वर्षाले सबैभन्दा बिपी राजमार्गमा क्षति पु¥याएको छ। यसैगरी कान्ति, अरनिको, मेची र मध्यपहाडी राजमार्गका विभिन्न खण्ड भत्किएका छन्। मेची राजमार्गको हेवाखोलाको पुल भत्किएको छ।

भत्किएको पुल पुनर्निर्माण गर्न विभागले अहिलेसम्म टेन्डर आह्वान गरेको छैन। बिपी राजमार्गलाई सडक डिभिजन भक्तपुर र सडक डिभिजन खाल्टे सिन्धुलीले हेर्ने गरेका छन्। यी राजमार्गलाई स्थायी प्रकृतिबाट पुनर्निर्माण गर्न नौ अर्ब रूपैयाँको स्रोत सुनिश्चित गर्न सडक डिभिजन भक्तपुर र सिन्धुलीले माग गरेका छन्। तर अहिलेसम्म अर्थले स्रोत सुनिश्चितता नदिएकाले काम सुरु नभएको सडक डिभिजन सिन्धुलीका प्रमुख पारसमणि हमालले बताए। उनका अनुसार आगामी फागुनको पहिलो साताभित्र टेन्डर आह्वान भएन भने स्थायी प्रकृतिको पुर्निर्माणको काम सुरु गर्न यो वर्षायामभित्र सम्भव छैन।

‘टेन्डर आह्वान भए पनि काम सुरु गर्न कम्तीमा तीन महिना लाग्छ। त्यसैले फागुनको पहिलो साता टेन्डर भएन भने आउने वर्षायामसम्म काम नै सुरु हुँदैन। जसले गर्दा त्यतिबेला यातायात सञ्चालन प्रभावित हुने निश्चित छ,’ उनले भने।

बिपी राजमार्गलाई स्थायी पुनर्निर्माण गर्न सडक डिभिजन भक्तपुरले अर्थसँग सात अर्ब ७५ करोड तथा सडक डिभिजन सिन्धुलीले एक अर्ब २५ करोड माग गरेका छन्। शनिबार मात्र भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशव शर्मा, विभागका महानिर्देशक रामहरि पोखरेललगायत एउटा ठुलै टोली बिपी राजमार्गको निरीक्षण गर्न सिन्धुली पुगेको थियो।

विभागका एक प्राविधिक कर्मचारीका अनुसार बिपी राजमार्गमा मन्त्रीले निरीक्षण गरेको यो दोस्रो पटक हो भने सचिव र महानिर्देशकले निरीक्षण गरेको यो चौथो पटक हो। निरीक्षणका क्रममा मन्त्री दाहालले तत्काल पुनर्निर्माणको काम अघि बढाउन सडक डिभिजन भक्तपुर र सडक डिभिजन सिन्धुलीलाई निर्देशन दिएका थिए।

‘मन्त्रीज्यूले स्थायी प्रकृतिबाट पुनर्निर्माण गर्न तत्काल काम अघि बढाउनुहोस्, अर्थबाट स्रोत सुनिश्चितता गराउने प्रक्रिया अघि बढेको छ भनी निर्देशन दिनुभएको छ,’ सडक डिभिजन भक्तपुरका आयोजना प्रमुख सुमन योगेशले भने, ‘अस्थायी प्रकृतिका काम भने तत्काल थाल्दै छौं। यसका लागि पनि हामीलाई सात करोड चाहिन्छ। त्यसमा ६ करोड भक्तपुर डिभिजन र एक करोड सिन्धुली खण्डलाई चाहिन्छ।’

अस्थायी प्रकृतिको भए पनि तत्काल काम सुरु गरे आगामी वर्षायाममा कमसेकम सवारीसाधन अवरोध नहुने उनको भनाइ छ। अस्थायी प्रकृतिको काम सुरु गर्न सडक विभागले ६ करोड रूपैयाँ विनियोजन गर्ने आश्वासन दिएको पनि उनको भनाइ छ।  

सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार वर्षाले क्षति पुर्‍याएका बल्खु–दक्षिकाली, थानकोट–चित्लाङ, सीतापाइला–धार्के तथा साँखु–भोटेचौर खण्डको पुनर्निर्माण गर्न डिभिजनले अर्थसँग ६८ करोड रूपैयाँको स्रोत सुनिश्चित गर्न माग गरेको छ तर अर्थले अहिलेसम्म ती खण्डमा पुनर्निर्माण गर्न स्रोत सुनिश्चित गरेको छैन। त्यसबाट आगामी बर्खा यामभित्र ती खण्डमा स्थायी पुनर्निर्माण हुने सम्भावना एकदमै कम भएको उनको भनाइ छ।

विभागका एक उच्च कर्मचारी भन्छन्, ‘अत्यावश्यक परेका ठाउँमा र पुनर्निर्माण नगरी नहुने सडकमा पुनर्निर्माण गर्न अर्थले स्रोत सुनिश्चि गरेको छैन तर माननीयज्यूले सिफारिस गरेका सडकहरूमा भने अर्थले तत्कालै बजेट थप गरेर स्रोत सुनिश्चितता गरेको छ। कहीँ रकमानान्तर गरेर माननीयज्यूलाई खुसी गराउन खोजिएको छ भने कहीँ बहुवर्षीय योजना बनाई स्रोत सुनिश्चित गरिएको छ। राष्ट्रिय आवश्यकताभन्दा पनि माननीयज्यूलाई खुसी गराउन खोजिएको देखिन्छ।’

गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण देशभरि २१ किलोमिटर सडक भत्किएको थियो। यसैगरी पाँच वटा ठुलो पुलमा क्षति पुगेको थियो। यसबाहेक अन्य थुप्रै ठाउँमा अन्य सानातिना क्षति भएका थिए। वर्षाले अरनिको राजमार्गको बाह्रबिसे–दोलालघाट–धुलिखेल खण्डलगायत विभिन्न ठाउँमा क्षति पुर्‍याएको थियो।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
६ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस