ताप्लेजुङका सरोकारवालाहरूले वार्ता र संवादबाट समस्याको समाधान गर्दै केबलकार निर्माण प्रकृया अघि बढाउनुपर्ने राय व्यक्त गरेका छन् ।
पाथीभरा केबलकार निर्माणका विषयमा सोमबार फुङलिङ नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख अमिर मादेनले पाथीभरा क्षेत्रमा केबलकार निर्माण नभए ताप्लेजुङको विकास नै छोपिने तर्क गरे।
‘नगरपालिकाले संयोजन गरेको यो पत्रकार सम्मेलनमार्फत म ‘नो केबलकार’भनिरहेका साथीहरूलाई आग्रह गर्छु,ताप्लेजुङको विकासप्रति तपाँईहरु पनि चिन्तित भइदिनुहोस्’ नगरप्रमुख मादेनले भने । उनले पाथीभरा(मुक्कुमलुङ)दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकाल सहित स्वदेशी लगानीकर्तालाई प्रोत्साहित गरेर विकास निर्माणको जग बलियो बनाउनुपर्नेमा दलाल र माफिया भनेर हतोत्साहित गर्नु राम्रो विषय नभएको बताए ।
विकास निर्माणमा अवरोध भइरहने हो भने व्यवसायीहरू पलायन हुने, आर्थिक विकासले गति नलिने,समृद्ध समाज निर्माणको अभियानमा क्षयीकरण हुने भएकोले केबलकार निर्माण गरेर स्थानीय रुपमै रोजगारी सृजना र अर्थतन्त्र बलियो बनाउन मद्दत पुग्ने उनको दाबी थियो । नगरप्रमुख मादेनले केबलकार निर्माणको विपक्षमा रहेकाहरूलाई‘ तपाँईहरुका पनि सन्तान छन्,विकासको मोडेलमा अवरोध गरेर सन्तानको भविष्य संकटमा पार्नुहुन्न’भन्ने सुझाव पनि दिए ।
भक्तजनहरूको सुविधाको असल माध्यम र अर्थतन्त्रको विकास एकसाथ अघि बढाउने उद्देश्यले केबलकार निर्माण गर्नुपर्ने उनको दाबी थियो । माता कसैको र मठमन्दिर कुनै जात,धर्म,संस्कार र संस्कृति मात्रैको पेवा नहुने बरु सबैको साझा हुने भएकोले प्रकृतिको संरक्षण र संस्कृतिको विकासका लागि केबलकार बन्नुपर्ने मादेनको भनाई थियो । उनले केबलकार निर्माण आधुनिक युगको विकास र सबैभन्दा कम प्राकृतिक क्षतिबाट पूरा हुने साधन भएको दाबी गरे ।
मादेनले केबलकार निर्माणका क्रममा पाथीभरा डाँडालाई भत्काउने, लडाउने र प्राकृतिक हिसाबले नयाँ स्वरूपको बनाउने नभएकोले केबलकार निर्माणबाट संस्कृति,प्रकृति र मुन्मुधीस्थल मासिने भन्ने गलत तर्क मात्र रहेको बताए ।‘मलाई तपाँईहरुले गाली गर्नु भएको,धेरै आलोचना गर्नु भएको छ’नो केबलकार पक्षधरहरूप्रति सङ्केत गर्दै मादेनले भने‘तपाँईहरुले अब चिन्ता लिने भनेको विकासको हो,भावी पुस्ताको र समृद्ध ताप्लेजुङको हो’ । उनले केबलकार निर्माणले ३ हजार ५ सय घरधुरी विस्थापन हुन्छ,स्थानीयका रोजीरोटी खोसिन्छ जस्ता गलत भाष्य स्थापित गरेर विकासको एजेण्डा माथि धावा बोलिनु राम्रो विषय नभएको दाबी गरे । उनले सार्थक वार्तामा बसेर समस्या समाधान सहित केबलकार निर्माण प्रकृया अघि बढाउनुपर्ने नगरपालिकाको धारणा रहेको बताए ।
पत्रकार सम्मेलनमा फुङलिङ नगरपालिका वडा नं २ का वडाध्यक्ष मोहन न्यौपाने,वडा नं का वडाध्यक्ष टंक पालुङ्वा,वडा नं ४ का वडाध्यक्ष दुर्गाप्रसाद पालुङ्वा,वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज),वडा नं ७ का वडाध्यक्ष योगेन्द्रप्रसाद निरौला,वडा नं ९ का वडाध्यक्ष लक्षुमन गुरुङ,वडा नं ११ का वडाध्यक्ष युवराज भट्टराई सहितले लडाई र झगडा बेगर केबलकार निर्माण हुनुपर्ने तर्क राखे । प्रकृति र संस्कृतिको संरक्षण र जर्गेना गर्दै केबलकार निर्माण हुनुपर्ने पक्षमा आफुहरु रहेको वडाध्यक्षहरूको मत थियो ।
पत्रकार सम्मेलनमा पूर्व नगर उपप्रमुख बमबहादुर भट्टराई, ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू, गैर सरकारी संस्था महासंघका अध्यक्ष खड्गविक्रम सुबेदी,एमाले जिल्ला सचिव सन्तोष चाम्लिङ, इसाई समाजका अर्जुन कार्की सहितले शान्तिपूर्ण र सहज रूपको लगानीमैत्री वातावरण निर्माण हुनुपर्नेमा जोड दिए । विकासका लागि लगानी प्रोत्साहित गर्नुपर्ने,लगानीमैत्री वातावरणमा सबैले ध्यान दिनुपर्ने,विकासमा विभाजन होइन,एकमत हुनुपर्ने राय सरोकारवालाको थियो । उनीहरुले वार्ता र संवादकै माध्यमबाट केबलकार निर्माण प्रकृया अघि बढाउनु पर्नेमा जोड दिए ।