पूर्व–पश्चिम राजमार्गको बागमती नदीमा रहेको पुलको मर्मत भइरहेको छ। रौतहट र सर्लाही जोड्ने बागमती नदीको पुलको मर्मत हुन थालेपछि वैकल्पिक मार्गमार्फत सवारी आवागमनको व्यवस्था गरिएको छ। बागमती नदीको पुलमा धाँजा (दरार) देखा परेपछि मर्मतको काम अगाडि बढाइएको हो। ममर्तको काम युद्धस्तरमा भइरहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
५५ वर्षअघि नेपाल सोभियत संघ सहयोगअन्तर्गत निर्माण भएको बागमती नदीको पुलका चार–पाँच नम्बर स्पामको बिचमा रहेका बिम चर्किंदा पुल भएर सवारी साधन गुडाउँदा जोखिम हुने भएकाले विज्ञहरूको राय एवं सुझावका आधारमा पुल मर्मत सुरु गरिएको हो। डिभिजन प्रमुख डिई अरूणकुमार कर्णले डाइभर्सन निर्माण गरेर सवारीसाधन डाइभर्सनबाट सञ्चालन भइरहेको र पुलको मर्मत कार्य पनि भइरहेको बताएका छन्।
चार–पाँच दिनमा मर्मत सकाएर पुल सञ्चालनमा ल्याउने उद्देश्यबाट युद्धस्तरमा मर्मत कार्य प्रारम्भ गरिसकेको डिई कर्णको भनाइ छ। पूर्व–पश्चिम राजमार्ग मुलुककै लाइफलाइन भएको हुँदा यथाशीघ्र मर्मत गरेर पुलबाट सवारी साधन सञ्चालन गराउने लक्ष्यअनुसार अहोरात्र खटेर मर्मत कार्य चाँडै पूरा गरिने दाबी डिई कर्णको रहेको छ। डिई कर्णले भने, ‘ब्यारिङ प्याडेस्टल’ को मर्मत गरी पुुलको भासिएको भाग उठाएर मात्रै ढलान गरिने छ। पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको कंक्रिट हालेर ढलान कार्य भइरहेको बताइएको छ।
पुलको ४–५ नम्बर स्पामको बिचमा बिम चर्किएर समस्या आएपछि पुल महाशाखाको टोली आएर स्थलगत निरीक्षण गरी दिएको रिपोर्टका आधारमा मर्मत कार्य सुरु गरिएको हो।