खोटाङका दुई स्थानीय तहले ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा दिएका छन् । जिल्लाका जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाले फागुन १ गतेका दिन सार्वजनिक बिदा दिएका हुन् ।
जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष अरुणा राई (दीक्षा)ले मङ्गलबार एक सूचना जारी गर्दै फागुन १ गते महान् जनयुद्ध सुरु भएको स्मरणमा सार्वजनिक बिदा दिइएको बताएकी छिन् । ०५२ साल फागुन १ गते सुरु महान् जनयुद्धको स्मरण र त्यस क्रममा देशमा आमूल राजनीतिक परिवर्तनका खातिर आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति सम्मानार्थ सार्वजनिक बिदा दिइएको उनको सूचना उल्लेख छ ।
सूचनामा भनिएको छ ‘नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि ०५२ साल फागुन १ गतेदेखि सञ्चालित महान् जनयुद्धको स्मरण र महान् सहिदहरूप्रति उच्च सम्मान गर्न मितिः ०८१ फागुन १ गते जनयुद्ध दिवसका दिन गाउँपालिका अध्यक्ष स्तरीय निर्णयअनुसार गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाहरू, विद्यालयय लगायत मातहतका सबै सरकारी कार्यालयमा १ दिन सार्वजनिक बिदा दिइएको छ ।’
त्यसैगरी खोटेहाङ गाउँपालिकाले पनि सोही ब्यहोराको सूचना प्रकाशन गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । खोटेहाङका अध्यक्ष उदिमबहादुर राई (मुक्ति) र जन्तेढुङ्गाकी अध्यक्ष अरुणा राई (दीक्षा) दुवै तत्कालीन नेकपा (माओवादी)ले गरेको सशस्त्र जनयुद्धको पृष्ठभूमिबाट आएका राजनीतिकर्मी हुन् ।
माओवादीले सञ्चालन गरेको ०५२–०६२ को १० वर्षे जनयुद्धको विषयमा नेपाली राजनीति विभाजित छ । एमाले र काँग्रेसले जनयुद्ध भन्ने शब्द सुन्नै नमान्ने अवस्था छ भने माओवादी जय युद्धकै कारण देशमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक व्यवस्था प्राप्त भएको भन्दै त्यसको बचाउमा छ । माओवादीले हरेक वर्ष फागुन १ गतेका दिन विविध रचनात्मक तथा राजनीतिक कार्यक्रमका साथ जनयुद्ध दिवस मनाउँदै आएको छ ।
यसअघिको दाहाल नेतृत्वको सरकारले गत वर्षको फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ भन्दै राष्ट्रियरुपमा सार्वजनिक बिदासमेत दिएको थियो । त्ससविरुद्ध एमाले र कांग्रेसका केही नेताले चर्को विरोध जनाएका थिए । सँगसँगै सर्वोच्च अदालतमा परेको रिटमा न्यायाधीश सपना मल्ल प्रधानको इजलासले जनयुद्ध भन्ने शब्द खारेज गर्ने निर्णय गरेको थियो । त्यस विरुद्ध पनि माओवादीले चर्को आलोचना गर्दै आएको छ ।