यस वर्ष सुख्खा हिउँद: अझैँ वर्षाको सम्भावना छ?
०३ फागुन २०८१
•
५ मिनेट पाठ
यस वर्ष सुख्खा हिउँद: अझैँ वर्षाको सम्भावना छ?
जलवायुविद्को तालिकाअनुसार मंसिरको १६ देखि फागुनको १६ गतेसम्मको समय हिउँदे अवधि मानिन्छ। नेपालमा सामान्य मौसम रहन हिउँदे अवधिमा ६० मिलिमिटरसम्म वर्षा हुने गर्छ।




तर, यस वर्ष भने हालसम्म निकै न्यून वर्षा भएको छ। हिउँदे अवधि सकिनै लाग्दा हालसम्म ९ दशमलव ५ प्रतिशत मात्रै वर्षा भएको जलवायु तथा विपदविद् डा.धर्मराज उप्रेतीले बताए। ‘यो भनेको साह्रै सुख्खा अवस्था हो। अब उसै पनि हिउँदे अवधि सकिन २ हप्ता मात्रै बाँकी छन्, तर ठुलो वर्षाको सम्भावना छैन,’ उनले भने, ‘१० दिनपछि हल्का वर्षा हुने सम्भावना देखिन्छ। तर, त्यो पनि पछि परिवर्तन हुनसक्छ। यसैले यो वर्ष सुख्खा हिउँदे वर्षका रूपमा बित्ने पक्का भएको छ।’ 

सुख्खा हिउँद गुज्रिदा प्रत्यक्ष असर हिमालहरूमा देखिएको छ। विगतमा सेताम्मे देखिने हिमालमा यस वर्ष मौसम सक्रिय नहुँदा जताततै काला पत्थर बढेको देखिएको छ।
जलवायुविद् उप्रेतीका अनुसार नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ भनेर चिनिने पोखरामा समेत यो हिउँदमा वर्षा भएको छैन।  यस्तै सिमरा, विराटनगर, धनकुटा जस्ता वर्षा हुने क्षेत्रसमेत यसपालि सुख्खा यामबाट गुज्रिएका छन्।

जलवायु तथा विपदविद् डा.धर्मराज उप्रेती
‘पानी परेको भनेको पश्चिम नेपालमा हो। डोटीमा लगभग २५ प्रतिशत, डडेलधुरामा ३० प्रतिशतको हाराहारीमा पानी परेको छ,’ जलवायुविद् उप्रेतीले भने। औसतमा भन्ने हो भने त्यो पनि एकदमै कम वर्षा रहेको उनले बताए।

सुख्खा हिउँद गुज्रिँदा प्रत्यक्ष असर हिमालहरूमा देखिएको छ। विगतमा सेताम्मे देखिने हिमालमा यस वर्ष मौसम सक्रिय नहुँदा जताततै काला पत्थर बढेको देखिएको छ।

यस्तै कृषि तथा बालीनाली र कृषि उत्पादनमा पनि यसले ठुलो असर पार्ने जलवायुविद् उप्रेती बताउँछन्। हिउँदे बालीहरू गहुँ, तोरी, मुसुरोलगायतको उत्पादन यस वर्ष निकै घट्ने देखिएको छ।

यस्तै हिउँदे वर्षा नहुँदा चैत, वैशाखका सुख्खा महिनामा वनजंगलमा आगलागी तथा डढेलोको जोखिम पनि उत्तिकै बढेको जलवायुविद् उप्रेतीले बताए। उनले भने, ‘पानीका स्रोत तथा मुहानहरू सुक्ने र पानी घट्ने जस्ता विकराल समस्या पनि देखिन सक्छन्। यस्ता समस्यासँग जुध्न सरकारहरू सचेत हुनुपर्ने बेला आएको छ।’ 

किन भएन हिउँदे वर्षा? 

जलवायुविद् उप्रेतीका अनुसार समुद्र सतहको तापक्रममा आएको परिवर्तन नै यसको हिउँदे वर्षा नहुनुको प्रमुख कारक हो। जलवायु परिवर्तनका कारण समुद्रको सतह कहिले तातो त कहिले चिसो हुन्छ। इन्डोनेसियादेखि हिन्द महासागरसम्मको समुद्री सतह चिसिएको अवस्था छ। चिसिएको अवस्थामा वाष्पीकरण हुँदैन। ‘वाष्पीकरण नहुँदा यसले वर्षा हुने प्रक्रियालाई घटाउँदछ,’ उनले भने, ‘यसले समुद्रको तापक्रम औसत र औसतभन्दा कम वा बढी हुन्छ।’ 

तर अहिले समुद्रको तापक्रम औसत अवस्थामा रहेको उनले बताए। उनले भने, ‘एल निनो सिस्टमदेखि ला निनासम्म जाने प्रक्रियामा रहेको छ, तर गइसकेको अवस्था छैन। यही नगएको र बिचमा स्थिर भएको अवस्था हुनाले पानी पार्न सक्ने वा नपार्न पनि सक्ने अवस्थामा हुन्छ।’ यही प्रणालीले यस पटक वर्षा हुन नदिएको जलवायुविद् उप्रेतीले बताए।

‘ला निना’ र ‘एल निनो’ के हो ? 

जलवायुविद् उप्रेतीका अनुसार ‘एल निनो’ प्राकृतिक जलवायु परिस्थितिको एउटा हिस्सा हो। अमेरिकी जियो साइन्स इन्स्टिच्युटका अनुसार ‘एल निनो’ र ‘ला निना’ परिस्थिति प्रशान्त महासागरको समुद्री सतहको तापक्रममा बेलाबेला हुने परिवर्तनसँग जोडिएको छ, जसको प्रभाव संसारभरको मौसममा पर्दछ।

‘एल निनो’ का बेला मध्य र पूर्वी भूमध्य रेखीय प्रशान्त महासागरमा सतहको पानी असामान्य रूपमा तातिन्छ। पूर्वदेखि पश्चिमतर्फ बहने हावा कमजोर हुन्छ र पश्चिमी प्रशान्त क्षेत्रमा हुने तातो सतहवाला पानी भूमध्य रेखाको साथमा पूर्वतर्फ बढ्न थाल्छ।
एल निनोका कारण तापमान धेरै बढ्ने र ला निनाका कारण चिसिने गर्दछ। उष्ण देशीय प्रशान्त भूमध्यीय क्षेत्रमा समुद्रको तापमान र वायुमण्डलीय परिस्थितिमा आउने परिवर्तनका लागि जिम्मेवार समुद्री घटना ‘एल निनो’ हो। यो परिवर्तनका कारण तापक्रम सामान्यभन्दा ४ देखि ५ डिग्री सेल्सियस बढी हुनसक्छ।

‘एल निनो’ ले मौसममा निकै गहिरो असर पार्छ। यो आउँदा विश्वभरको मौसम प्रभावित हुन्छ। यसले गर्दा वर्षा र गर्मी दुवैमा फरक देखिन्छ। ‘एल निनो’ का बेला मध्य र पूर्वी भूमध्य रेखीय प्रशान्त महासागरमा सतहको पानी असामान्य रूपमा तातिन्छ। पूर्वदेखि पश्चिमतर्फ बहने हावा कमजोर हुन्छ र पश्चिमी प्रशान्त क्षेत्रमा हुने तातो सतहवाला पानी भूमध्य रेखाको साथमा पूर्वतर्फ बढ्न थाल्छ।

तराईको हुस्सु कहिले हट्छ?

रातिको समयमा जमिन सेलाएपछि बिहान हावाको तापक्रम घट्छ र हावामा पानीका असङ्ख्य कणहरू देखिन्छन्। त्यही नै हुस्सु कुहिरो हो। मौसम पूर्वानुमान महाशाखाको वेबसाइटका अनुसार एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ।

पूर्वदेखि पश्चिमसम्मको तराईका भूभागहरूमा अहिले कतै हुस्सु र कतै कुहिरो लागेको छ। हिउँदमा पानी नपरेपछि झन् नाजुक अवस्था ल्याएको महसुस गरिएको छ। यद्यपि तराईका जिल्लाहरूमा लागेको कुहिरो हट्ने क्रममा रहेको जलवायुविद् उप्रेतीले बताए। ‘पानी परेको खण्डमा हावामा रहेका पानीका असङ्ख्य कणहरूलाई धर्तीमा झार्थ्यो या वाष्पीकरण गराउँथ्यो तर यसो नभएको हुनाले यस वर्ष तराईमा लामो समय हुस्सु तथा कुहिरो रहन पुग्यो,’ उनले भने। उनले अहिले हुस्सु मध्य पहाडी क्षेत्र र पूर्वी भागमा केही बाँकी रहेको र तराईमा हटेको बताए।

यस्तै उनले शनिवार साँझ पश्चिम नेपालका तीनै प्रदेशमा हल्का वर्षाको सम्भावना अनि बादल लाग्ने समेत बताए। तर आगामी बिहीबार र शुक्रवार भने मध्यम किसिमको हिउँदे वर्षाको सम्भावना देखिन्छ।
यस्तै मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। जसले गर्दा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको भए पनि मौसम मुख्यतया सफा रहेको छ।

पानी कहिले पर्छ?

जलवायुविद् डा. उप्रेतीले धेरैपछि वर्षा हुने सम्भावना रहेको बताए। उनले अबको केही दिनमा हिउँले ढाकेको हिमाल हेर्न पाइने पनि बताए।

उनका अनुसार पश्चिम वायुले यो हप्ता अन्य समयको भन्दा सक्रिय हुने सङ्केत दिएको छ। हिमाली क्षेत्रमा यो हप्ताको सुरुमा र अन्त्यमा हिउँ देख्न पाइने छ।

यस्तै उनले शनिवार साँझ पश्चिम नेपालका तीनै प्रदेशमा हल्का वर्षाको सम्भावना अनि बादल लाग्ने समेत बताए। तर आगामी बिहीबार र शुक्रवार भने मध्यम किसिमको हिउँदे वर्षाको सम्भावना देखिन्छ।

यस्तै शनिवार साँझसम्म सुदूरपश्चिम, कर्णाली  र लुम्बिनी हुँदै हल्का वर्षा हुने आकलन समेत उनले गरे।
अर्को समाचार
मनसुनबाट सतर्क रहन सूचना
१० असार २०८२
•
२ मिनेट पाठ
मनसुनबाट सतर्क रहन सूचना
मौसमविद्हरूले गत जेठ १५ गते नेपाल भित्रिएको मनसुन देशभरि फैलिएको जनाएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ।




विभागले सोमबार साँझ निकालेको मौसमसम्बन्धी बुलेटिनमा मनसुनी प्रभाव बढ्दै गएकाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप भई दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधा हुन सक्ने जनाइएको छ। यस्तो अवस्थामा जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। 

बुलेटिनअनुसार मंगलबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोसी प्रदेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। 

कोसी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैगरी मंगलबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना छ। 

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। सामान्यतया नेपालमा मनसुन जुन १३ मा भित्रिन्छ र अक्टुबर २ मा बाहिरिन्छ। तर यस वर्ष भने औसत समयभन्दा १५ दिनअघि नै नेपालमा मनसुन भित्रिसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार गत जेठ १५ गते रातिदेखि नेपालको पूर्वी क्षेत्रबाट नेपालमा मनसुन प्रवेश गरेको छ। भारतमा पनि यस वर्ष चाँडै मनसुन भित्रिएको छ। मौसमविद्का अनुसार मनसुन एक साताअघि नै भारतको केरला भित्रिसकेको छ। केरलामा जुन महिनाको अन्तिम दिन मनसुन भित्रिने सरदर समय हो तर केरलामा एक साताअघि मे २४ मा मनसुन भित्रिसकेको छ।

मौसमविद्का अनुसार नेपालमा केरला र भारतको उत्तरपूर्वी क्षेत्र हुँदै मनसुन भित्रिन्छ। मौसमविद्हरूले ३० वर्षलाई आधार मानेर औसत वर्षा निकाल्ने गरेका छन्। यस वर्ष वर्षायाममा सरदरभन्दा बढी वर्षा हुने मौसमविद्हरूले अनुमान गरेका छन्। पोहोर पनि नेपालमा औसतभन्दा बढी नै वर्षा भएको थियो।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस