ताप्लेजुङका विभिन्न सडक तथा पुलहरूका लागि ठेक्का खुल्ने तथा बजेट सुनिश्चित हुँदै क्रम बढ्दै जाँदा निर्माणाधीन सडकहरूले पनि गति लिएका छन्। १० किलोमिटर लामो बहानन्दे–दोभान सडकको कालोपत्रेका लागि सडकमा गिटी बिछ्याउन थालिएको छ।
निर्माणको जिम्मेवारी पाएको एपेक्स कन्ट्रसन प्रालिले अब धमाधम कालोपत्रे गर्ने कामलाई अघि बढाउने तयारी गरेको जनाएको छ। उता ११ किलोमिटर लामो सुकेटार–काफ्लेपाटी सडकको कालोपत्रे गर्ने कार्यलाई निर्माण कम्पनीले गति दिएको छ। निर्माणको जिम्मेवारी पाएको कन्टेक कन्ट्रसन प्रालिले आफ्नो जिम्मेवारीलाई तीव्र गतिमा अघि बढाईरहेको दाबी गरेको छ।
कन्टेक कन्ट्रसन प्रालिका साइट इञ्चार्ज तेजेन्द्रबहादुर केसी चालू वर्षभित्रै आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्ने गरी कामलाई तीव्रता दिइरहेको बताउँछन्। बहानन्दे–दोभान तथा सुकेटार–काफ्लेपाटी सडकको स्तरोन्नतिको काम नहुँदा यो क्षेत्रमा यात्रा गर्नेहरूले ज्यादै आलोचना गर्ने गरेका थिए। हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे सडकको उपमा पाएका यि सडक क्षेत्रमा दुवै याममा यात्रा गर्न ज्यादै असहज थियो। आफूले काम गरे अनुसारको रकम नपाएको भन्दै अघिल्लो वर्षको माघ महिनामा बहानन्दे–दोभान सडकको कालोपत्रे गर्ने जिम्मेवारी पाएको एपेक्स कन्ट्रसन प्रालिले स्रोत सुनिश्चित नभए काम छाडेर हिँड्नेसम्मको चेतवानी दिएको थियो।
निर्माणको जिम्मेवारी पाएर पनि काममा नआएको भनेर सुकेटार–काफ्लेपाटी सडकको कालोपत्रे गर्ने जिम्मेवारी पाएको कन्टेक कन्ट्रक्सन प्रालिलाई तत्काल काममा फर्कन जनप्रतिनिधि र सरोकारवाला समेतको तीव्र दबाब थियो। दुवै सडकको नियमन गरिरहेको तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयका डिभिजनल इञ्जिनियर सिंहबहादुर बिष्ट बहानन्दे–दोभान र सुकेटार–काफ्लेपाटी सडकको कामले तीव्रता पाएको बताउँछन्। स्रोतको सुनिश्चततासंगै दुवै सडकको निर्माणले गति पाएको उनको भनाइ छ।
काम नै नभएको भन्ने आलोचनाबाट केही उन्मुक्ति पाउने गरी निर्माणाधीन सडकले गति लिइरहँदा ताप्लेजुङका विभिन्न क्षेत्रमा सडक तथा पुल निर्माणका लागि कतै ठेक्का आह्वान भएको छ भने कतै स्रोत सुनिश्चित भएको छ। माघ पहिलो तमोर करिडोर अन्तर्गत फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमको थिवादेखि ओलाङचुङगोला सडकखण्ड स्तरोन्नतिका लागि सरकारले १ अर्ब ६ करोडको बजेट सुनिश्चित गरेको थियो।
मैवाखोलाको माङमाया खोला र त्यहाँ रहेको काठेपुल।अर्थ मन्त्रालयले मूलघाट–दोभान–ओलाङचुङगोला सडक योजना कार्यालय ताप्लेजुङमार्फत कार्यान्वयन हुने गरी उक्त बजेटको स्रोत सहमति गरेको हो। यो सडकखण्डमा चालू वर्षका लागि ५७ करोड ६० लाख रकम रहने छ। बहुवर्षीय योजना अन्तर्गत रहने उक्त बजेटबाटै थिवादेखि इलाडाँडासम्मको सडक स्तरोन्नतिका लागि २ करोड १४ लाख रुपैयाँ बराबरको ठेक्का आह्वान भएको छ। तमोर करिडोर अन्तर्गत लेलेप–ओलाङचुङगोला सडक खण्डमा पर्ने सुकेपानीमाथि बेलिब्रिज बनाउन आह्वान भएको ठेक्का उदयपुरको शक्तिकुण्ड–शुष्मा जेभी कन्ट्रक्सनले पाएको छ। भ्याट र पिएससहित १ करोड ७० लाख ९७ हजार ९ सय ६८ रुपैयाँमा उसले बेलिब्रिज निर्माणको जिम्मेवारी पाएको तमोर करिडोर(सुभाङखोला–दोभान–ओलाङचुङगोला)सडक योजना कार्यालयले जनाएको छ।
सुकेटार–फावाखोला–सिकैचा–सिञ्चेपु–भञ्ज्याङ हुँदै तेल्लोक जोड्ने सडकको स्तरोन्नति र सडक कालोपत्रेका बहुवर्षीय योजना अन्तर्गत २८ करोडमध्ये क्रमागत योजनामा चालू आवका लागि ७ करोड ८ लाख रुपैयाँको ठेक्का खुलेको छ। यता कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बहुवर्षे पुलहरू अन्तर्गत आठराई त्रिबेणी मार्ग र हाङपाङ जोड्ने सडकमा पर्ने पुल, मेरिङदेन गाउँपालिका वडा नं ३ र मिक्वाखोला गाउँपालिका वडा नं १ जोड्ने मेवाखोला मोटरेवल पुल र तमोर करिडोरसडक अन्तरगत हाङदेवा खोलामा मोटरेवल पुल निर्माणका लागि कोशी सरकारले योजना स्वीकृत गरेको छ।
मैवाखोला गाउँपालिका वडा नं २ र ३ जोड्ने माङमाया खोलामा पक्की मोटरेवल पुलका लागि संघीय सरकारमार्फत ठेक्का आह्वान भएको छ। त्यहाँ अहिले काठेपुलमार्फत आउजाउ हुने गरेको छ।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...