पोखरा अन्तर्राष्ट्रिय म्याराथन (४२.१९५ किमी) तर्फ केन्याली धावकहरूले वर्चस्व जमाएका छन्।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा शनिबार सम्पन्न १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावक हाबी भएका हुन्।
फूल म्याराथनमा केन्याली धावक विल्सन चेरियुयिट च्याम्पियन बने। २ घण्टा १७ मिनेट २४ सेकेण्डमा दौड पुरा गरेका उनले यसअघि केन्याली धावक जुलियस मुरियाली वाहोमले राखेको रेकर्ड तोडे।
वाहोमले १८ औं संस्करणमा २ घण्टा १९ मिनेट ३६ सेकेन्डको रेकर्ड राखेका थिए। यसपटकपनि सहभागी वाहोमले च्याम्पियन विल्सनभन्दा २ सेकेन्डले पछि परेर २ घण्टा १७ मिनेट २६ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो बने।
च्याम्पियन विल्सनले ५ लाख र दोस्रो बनेका वाहोमले ३ लाख नगदसहित मेडल जिते। त्यस्तै, अर्का केन्याली धावक ओनेसमस गिताउ जोरोगले २ घण्टा १८ मिनेट २१ सेकेण्डमा पुरा गरी तेस्रो बन्दा नेपाली धावक किरणसिंह बोगटी चौथो बने। तेस्रो बनेका ओनेसमसले २ लाख प्राप्त गर्दा चौथो बनेका बोगटीले ५० हजार प्राप्त गरे।
म्याराथनमा नेपाली धावक निरोज भट्ट क्षेत्रीले पाँचौं स्थान हासिल गर्दै २० हजार, रिखुलाल सिंह मगरले छैटौँ हुँदै १५ हजार, दिनेशसिंह बोगोटीले सातौं हुँदै १० हजार प्राप्त गरे।
गण्डकी प्रदेशतर्फको म्याराथनमा निरोज भट्ट क्षेत्री च्याम्पियन बने। २ घण्टा ३८ मिनेट २२ सेकेण्डमा निर्धारित दुरी पार गरेका उनले ५० हजार नगदसहित मेडल जिते।
त्यस्तै, रिखुलाल मगर दोस्रो हुँदै ३० हजार, दिनेश सिंह बोगोटी तेस्रो हुँदै २० हजार, मिनराशी विक चौथो हुँदै १५ हजार, अशोक बराम पाँच हुँदै ८ हजार, सनम गुरुङ छैटौँ हुँदै ६ हजार र प्रितम गुरुङ आठौँ हुँदै ४ हजार नगद हात पारे।
पुरुष हाफ म्याराथनमा केन्याली धावक जोन बान्सतरा च्याम्पियन बने। १ घण्टा ०९ मिनेट ०७ सेकेण्डमा निर्धारित २१ किलोमिटरको दुरी पारे गरेका उनले ७५ हजार नगदसहित मेडल जिते।
पुरुष हाफ म्याराथनमा नेपाली धावक सन्तोष विक्रम विष्टले १ घण्टा ९ मिनेट ५६ सेकेण्डमा दौड पूरा गरी दोस्रो हुँदै ५० हजार, १ घण्टा १० मिनेट ०२ सेकेण्डमा दौड पुरा गरेका गजेन्द्र राई तेस्रो हुँदै ३० हजार, केन्याली धावक ईमानुयल किप्तारबीले चौथो हुँदै १५ हजार र नेपाली धावक उमेश थापाले पाँचौं हुँदै नगद ५ हजारसहित मेडल जिते।
महिला हाफ म्याराथनमा नेपाली धाविका ओलम्पियन सन्तोषी श्रेष्ठ लगातार दोस्रो पटक च्याम्पियन बनिन्। १ घण्टा २० मिनेट ०३ सेकेण्डमा निर्धारित २१ किलोमिटर दौड पुरा गरेर च्याम्पियन बनेकी श्रेष्ठले नगद १ लाख ५० हजारसहित मेडल जितिन्।
केन्याली धाविका स्वारोन जोनोटिक १ घण्टा २१ मिनेट ०७ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भएर १ लाख, नेपाली धाविका पुष्पा भण्डारीले १ घण्टा २३ मिनेट ०८ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो बनेर ७५ हजार, आस्मा विकले चौथो हुँदै १५ हजार र द्रोपता कुमारी कठायतले पाँच हुँदै ५ हजार प्राप्त गरे।
१० किलोमिटर पुरुष दौडमा शुभम लामिछाने प्रथम भए। ३६ मिनेट ०५ सेकेण्डमा दौड पुरा गरेका उनले ३० हजार नगदसहित मेडल जिते। सो स्पर्धामा राजेन्द्र तामाङ दोस्रो हुँदै २० हजार, बादल कार्की तेस्रो हुँदै १० हजार जित्न सफल भए।
१० किलोमिटर दौड महिलातर्फ सुमित्राकुमारी चौधरी प्रथम बनिन्। ३८ मिनेट ५६ सेकेण्डमा दौड पुरा गरेकी उनले ३० हजार, ४४ मिनेट ३८ सेकेण्डमा दौड पुरा गरेकी आशा रावत दोस्रो हुँदै २० हजार र ४४ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरेकी नारायणी भण्डारी तेस्रो हुँदै नगद १० हजारसहित मेडल जित्न सफल भए।
५ किमी छात्रतर्फ सगुन लामिछानेले प्रथम हुँदै १५ हजार, सुजन नेपाली दोस्रो हुँदै १० हजार र ईश्वर ढकाल तेस्रो हुँदै ७ हजार जित्न सफल भए।
छात्रातर्फ मेनुका अधिकारी प्रथम हुँदै १५ हजार, एन्जिला जिटी दोस्रो हुँदै १० हजार र साधना परियारले तेस्रो हुँदै ७ हजार जिते।
भेट्रान्स पुरुष ५० वर्ष माथिको दौडमा धर्म महर्जन प्रथम, रेवतबहादुर ढकाल दोस्रो र अभीनारायण अधिकारी तेस्रो बने। महिलातर्फ टोलमाया थापा प्रथम, दुर्गालक्ष्मी गुरुङ दोस्रो र राम माया गुरुङ तेस्रो भए। यस स्पर्धाका दुवैतर्फका विजेताले क्रमशः १५ हजार, १० हजार ७ हजार नगद प्राप्त गरे।
यसअघि पोखरा रङ्गशालाबाट सुरु भएको १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको नेपाल सरकारका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए।