कछुवाहरू नाच्छन् तर रमाइलोका लागि होइन। उनीहरूले पृथ्वीको चुम्बकीय क्षेत्र प्रयोग गरेर आफ्नो मनपर्ने ठाउँलाई नक्शांकरण गर्न नाच्ने गर्छन्। केही जन्तुले लामो यात्रा गर्छन्। चरा, सालमन माछा, सामुद्रिक झिँगा तथा सामुद्रिक कछुवा यसका उदाहरण हुन्। उनीहरूले पृथ्वीको उत्तरी भेगदेखि लिएर दक्षिणी ध्रुवसम्म फैलिएका चुम्बकीय क्षेत्रको रेखालाई प्रयोग गर्ने गरेका छन्।
चुम्बकीय क्षेत्रको प्रयोग उनीहरू आफू कहाँ छन् भनी जान्न उपयोग गर्ने गर्छन्। केही वैज्ञानिक त चराहरूले आफ्नो गुँणमा पुग्न वा शिकारका लागि चुम्बकीय क्षेत्रमा आधारित नक्शा प्रयोग गर्नेमा विश्वस्त छन्। नर्थ क्यारोलाइना विश्वविद्यालयकी कायला गोफोर्थ भन्छन्, ‘प्रवासी पक्षीले आफ्नो लक्ष्य पछ्याउन चुम्बकीय समन्वय आवश्यक पर्छ।’
यो अध्ययन नेचर जर्नलमा प्रकाशति भएको छ। कुनै जीव कुनै भौगोलिक क्षेत्रको प्राकृतिक चुम्बकीय चिन्न सक्छ भन्ने पहिलो पटक प्रमाण जारी गरिएको छ। उसो भए, चराचुरुङ्गी र जनावरहरूले प्राकृतिक चुम्बकीय बाटो कसरी बुझ्छन् त? यस विषयमा भने अझै जानकारी जुट्न सकेको छैन।
वैज्ञानिकहरूले उत्तरी अमेरिकी तटीय क्षेत्रमा रहेको चुम्बकीय क्षेत्रलाई परिवर्तन गरिदिए। कछुवाले चुम्बकीय क्षेत्र फेला पारे मात्र खाना फेला पार्थे। जब उनीहरूले खाना फेला पर्ने पत्ता लगाउँथे, उनीहरूले आफ्नो प्वाँख फैलाउँथे र उनीहरूले आफ्नो गोडा थपथपाउँथे। उनीहरूले पानीमा मुख खोलेर गोलोगोलो चिह्न छाड्थे। शोधकर्ताहरूले उनीहरूको यस्तो व्यवहारलाई रेकर्डिङ गरेका छन् र त्यसलाई ‘कछुवा नाच’ नामकरण गरेका छन्।
कछुवा कुनै विशेष भौगोलिक क्षेत्रको चुम्बकीय क्षेत्रलाई मात्र जान्दथे। चार महिनापछि पनि यो परीक्षण दोहोर्याउँदा तिनलाई कहाँ नाच्नुपर्छ भन्ने थाहा भएको पत्ता वैज्ञानिकहरूले लगाएका थिए। उसो जनावरहरूले त्यस्तो जानकारी कसरी पाउँछन् भन्ने बारे अहिले अध्ययन हुन बाँकी छ। तर वैज्ञानिकहरूले त्यसको सिद्धान्त भने बनाइसकेका छन्।
जसअनुसार केही जीव चुम्बकीय क्षेत्रको प्रभावलाई प्रकाश संवेदी अणुहरूलाई रासायनिक प्रतिक्रियाबाट थाहा पाउँछन्। तर वैज्ञानिकहरूले त्यो प्रक्रियालाई रेडियोफ्रिक्वेन्सी क्षेत्रलाई प्रयोग गरी छेडछाड गर्दा कछुवाहरूले बिना कुनै बाधा नाचिरहेको पत्ता लगाएका एएफपीले जनाएको छ।

प्रस्तुतिः अच्युत कोइराला