सडक नै अवरुद्ध हुने गरी राखिएका गोलियाहरू तत्काल हटाउन चेतावनी दिएको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले फागुन ७ गते भित्र गोलिया नहटाए जफत गर्ने भएको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले पालिका भित्रका सार्वजनिक बाटोहरूमा लापरबाही तरिकाले राखिएका गोलिया हटाउन फागुन ७ गते (बुधबार) सम्ममा नहटाए जफत गरी सम्बन्धित व्यक्तिलाई जरिवाना र कानुनी कारबाही गर्ने बताएका छन् ।
उनका अनुसार गाउँपालिका क्षेत्र भित्रका विभिन्न सडकहरूमा एम्बुलेन्स सहितका सवारी साधन समेतलाई असर गर्ने गरी गोलिया राखिएका छन् । गोलिया राखिएका सम्बन्धित धनीले फागुन ७ गते भित्र सडक क्षेत्रबाट उक्त गोलिया निकाली सक्न पालिकाले समयसीमा दिएको छ ।
उक्त समयसीमा भित्र सडकमा राखिएका गोलिया धनीले आफैँ ननिकाले पालिकाले जफत गरी जरिवाना गर्ने छ भने गोलिया हटाउँदा लागेको शुल्क समेत गोलिया धनीबाट असुल गर्ने भएको छ। यस्तै सडक अवरुद्ध पारेको कसुरमा कानुनी कारबाहीका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने समेत पालिकाले जनाएको छ ।
सडक ऐन २०३१ अनुसार तोकिएको सडक क्षेत्र भित्र कुनैपनि किसिमको संरचना बनाउन, स्वीकृति नलिई सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमको काम कार्य नहुने र सार्वजनिक सेवाको आवागमन बाधा पु¥याए त्यस्तो मालबस्तु हटाउन पाउने अधिकार रहेको छ । ऐन अनुसार मालबस्तु हटाउँदा लाग्ने शुल्क समेत मालबस्तु धनीबाटै असुल गर्नुपर्ने छ ।