दैलेखमा एक बालकको साथीबाटै हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ । गत माघ २५ गते हराएका ती बालकको शव आफ्नै साथीहरूले हत्या गरेर गाडिएको अवस्थामा प्रहरीले फेला पारेको हो । शव फेला पारेसँगै प्रहरीले हत्यामा संलग्नहरूलाई पक्राउ गरी सार्वजनिक समेत गरेको छ ।
दैलेखको दुल्लु नगरपालिका–५ बस्ने ११ वर्षीय बालक हरिहर (नाम परिवर्तन) लाई आफ्नै साथीहरूले सामान्य विषयमा विवाद हुँदा हत्या गरी गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले ती बालकको शव घर नजिकै रहेको बाँसघारीमा प्रहरीले शव भेटाएको छ ।
बालक माघ २५ गतेदेखि सम्पर्कविहीन भएपछि आफन्तले २६ गने खोजी दिनका लागि इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए । हराएका बालकको हुलिया सबै ठाउँमा परिपत्र गरेर खोजतलासमा प्रहरी खटियो । जसअनुसार प्रहरीले हराएका बालकहरूसँग पनि सोधखोज गरेको थियो । खोजतलासका क्रममा दुई जना बालकहरूले आपसी विवादका कारण हत्या गरेको बयान दिए । अनि हत्या गरी गाडेको स्थान समेत बयानमा भनेपछि प्रहरी शव गाडिएको अवस्थामा फेला पारेको थियो ।
दुई जना बालकले चोरी गरेर ल्याएको सुनको गहना (तिलहरी) बिक्री गर्ने बिषयमा आपसमा विवाद हुँदा हरिहरलाई माघ २५ गते राती नै हत्या गरेर घर नजिकै रहेको खोलामा खाल्डो खनी गाडेका प्रहरीलाई बयान दिएको दैलेख प्रहरीले जनाएको छ ।
अनुसन्धान गर्ने क्रममा बाँसघारी नजिकैको खोल्सा नजिक खाल्डो खनीर गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको र बयानका क्रममा हत्या स्वीकार गर्ने दुई जना बालकलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए । उनले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको बताएका छन् ।
हत्यामा संलग्न दुवै जना बालकहरू रहेकाले उनीहरूको नाम प्रहरीले खुलाएको छैन । दुल्लुमा सोमवार सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तहरूले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।