बालेन स्वयं भन्थे-काठमाडौं चिसो ठाउँ हो, ग्रेनाइट लगाउनु हुँदैन!
०७ फागुन २०८१
•
३ मिनेट पाठ
बालेन स्वयं भन्थे-काठमाडौं चिसो ठाउँ हो, ग्रेनाइट लगाउनु हुँदैन!
काठमाडौंको दरबारमार्गस्थित फुटपाथमा ग्रेनाइट बिछ्याइँदै। तस्बिर: नागरिक
‘काठमाडौंमा मार्बल किन लाइँदैन भन्दा यो चिसो ठाउँ हो। मार्बलमा टेक्दाखेरि खुट्टा ठिहिरिन्छ, तपाईं हिँड्दै सक्नु हुन्न,’ काठमाडौं महानगरपालिकाको मेयर हुनुअघि बालेन्द्र (बालेन) साहले एक अन्तर्वार्तामा भनेका थिए, ‘इँटा त त्यति चिसो हुँदैन नि त! इँटामा तपाईं खाली खुट्टा नै हिँड्नुभयो भने पनि त्यति सारो चिसो हुँदैन। काठमाडौं भनेको चिसो ठाउँ हो नि त!’




उनी मेयर भएको तीन वर्ष नपुग्दै काठमाडौं महानगरपालिकाले चिसो महिनामै दरबारमार्गको फुटपाथमा ग्रेनाइट बिछ्याइरहेको छ। कतिपयले यसलाई विकासको नयाँ अवधारणा भनेका छन् भने कतिपयले भने आधुनिकताका नाममा मौलिकता लोप गराउने प्रवृत्ति हाबी भएको बताएका छन्।

‘तपार्इं आफूले नै भन्नुभएको थियो, कुरा नबुझीकन त्यत्तिकै रिकन्स्ट्रक्सन गरिन्छ,’ सामाजिक सञ्जालमा विनोद कँडेल लेख्छन्, ‘अनि यही चिसो काठमाडौैंमा ग्रेनाइट किन त ? त्यहाँनेर हाम्रो कल्चर नै प्रिजर्भ भएन नि त!’

उनको जवाफमा अर्को प्रयोगकर्ताले बालेनको कामको समर्थन गरेका छन्। ‘दरबारमार्गमा मार्बल राख्दा आपत्ति किन? त्यो त ठाउँ सुहाउँदो छ त,’ सामाजिक सञ्जालमा कृष्ण अधिकारी लेख्छन्, ‘भित्री गल्लीमा त ढुंगा–इँटा बिछ्याएकै छ त। अलिकति कतैकतै फरक स्वाद अनुभूति पनि त चाहिन्छ होला नि, होइन र!’

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले भने व्यंगात्मक शैलीबाट बालेनको कामको विरोध गरेका छन्। उनले पनि चुनावअघिको बालेनको भिडियो सार्वजनिक गर्देै कथनी र करनीमा भिन्नता भएको देखाए। ‘बालेनजीको भनाइमा शतप्रतिशत सहमति जनाउन चाहन्छु,’ उनले बालेनको पुरानो भिडियो सेयर गर्दै भनेका छन्, ‘त्यसैले दरबारमार्गको फुटपाथमा ग्रेनाइटको प्रयोग प्राविधिक, (नेवाः) वास्तुकलात्मक, वातावरणीय र सुरक्षा, कुनै पनि दृष्टिकोणबाट ठिक छैन। दरबारमार्गका व्यावसायीहरूले विचार गर्नुहोला!’

व्यवसायीको आफ्नै गुनासो छ। दरबारमार्ग क्षेत्रमा पार्किङ हटाएसँगै व्यापार कम हुँदा अँध्यारो अनुहार लगाएका व्यापारी सडक पेटी चम्केको नियाल्दै छन्। ‘पहिला व्यापार चम्कनुप¥यो,’ नरेशमान श्रेष्ठले भने, ‘त्यसपछि अरू कुरा चम्कनेछन्।’

सडक विज्ञ आशिष गजुरेल पहिला सहरका अन्य फुटपाथ बनाएर पछि मात्र सिँगार्नेतिर लाग्नुपर्ने सुझाउँछन्। ‘पहिला बेसिक फुटपाथ बनाऔं, जहाँ सर्वसाधारण निर्धक्क हिँड्न पाऊन्,’ उनले भने, ‘त्यति सकेपछि महानगरले कानुनसम्मत ढंगबाट मार्बल ओछ्याउन पनि पायो, सुनकै जलप लगाए पनि भयो।’

काठमाडौं महानगरपालिकाले भने नियमसंगत ढंगबाट सहरको सौन्दर्य बढाउन ग्रेनाइट बिछ्याउन थालिएको बताएको छ। ‘सडकपेटीलाई सौन्दर्यीकरण गर्ने उद्देश्यले ५ करोड १४ लाखको लागतमा यस क्षेत्रमा ग्रेनाइट बिछ्याइँदै छ,’ काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘यसबाट पर्यटन प्रवर्धन हुने विश्वास लिएका छौं।’

कतिपय भने ग्रेनाइटमा हिँड्दा चिप्लो हुने र दुर्घटना निम्तिन सक्ने बताएका छन्। महानगरले नारायणहिटी संग्रहालय परिसरमा महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्मका दुवैतर्फ फुटपाथमा ग्रेनाइट लगाउने काम गरिरहेको छ।

महानगर सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले पैदलयात्री हिँड्ने बाटोमा खस्रो खालको र रूखहरूको वरिपरि चिप्लो खालका ग्रेनाइट राखिएको बताए। ‘पैदलयात्री हिँड्ने ठाउँमा नचिप्लिने खालका ग्रेनाइट राखिएको छ,’ उनले भने, ‘यो खस्रो भएका चिप्लिँदैन।’

उनको यो कुरालाई पूर्ण नपत्याउनेलाई महानगरलेले होसियारी पनि अपनाउनुपर्ने बताएको छ। ‘अन्य कुराको तुलना यो केही चिप्लो होला,’ काठमाडौं महानगरका प्रवक्ता मानन्धर भन्छन्, ‘पैदलयात्रीले केही होसियारी अपनाउनुपर्छ।’
अर्को समाचार
काठमाडौं टावरको निर्माणकार्य अघि बढाउन अदालतको साथ
२६ असार २०८२
•
२ मिनेट पाठ
काठमाडौं टावरको निर्माणकार्य अघि बढाउन अदालतको साथ
काठमाडौं महानगरपालिकामा पछिल्लो पटक विवादको कारक बनेको काठमाडौं टावरको निर्माण कार्य जारी राख्न निर्माण (ठेकेदार) कम्पनीलाई बाटो खुलेको छ। उच्च अदालत पाटनको सोमबारको आदेशले निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिलाई निर्माण कार्य जारी राख्न बाटो खुलेको हो।




यो काठमाडौं महानगरपालिकाभित्रको पछिल्लो विवादसँग जोडिएको विषय हो। पछिल्लो पटक १२ तल्ला निर्माणको अनुमति रहेको यो टावरलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले १९ तलाको भवन निर्माणको अनुमति दिँदै नक्सा पास स्वीकृति गराएका थिए।

यही विषयलाई लिएर मेयर बालेन्द्र (बालेन) साहले गुरागाईंमाथि भ्रष्टाचारको आरोप लगाउँदै छानबिन थालेर निलम्बन गरेका थिए। २०८१ माघ ९ गते महानगरले पत्रमार्फत निर्माण कार्य रोक्न निर्देशन दिएको थियो।

यही प्रकरणबाट मेयर साह र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबिच चलेको विवादको शृंखलामा पछिल्लो समय नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि गाँजिएका छन्। यही कारण महानगरको बजेट नै आउन सकेको छैन। उता काम रोक्न पत्र आएपछि निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स उक्त पत्राचारविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। जसमाथि सोमबार उच्च अदालतका न्यायाधीश प्रकाश खरेलको एकल इजलासले काम नरोक्ने आशयको अन्तरिम आदेश जारी गरेको छ।

के छ आदेशमा?

उच्च अदालतको आदेशमा सुरुमा ‘यसमा के कसो भएको हो? निवेदकको माग अनुसारको आदेश किन जारी हुनु नपर्ने हो? निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र’ विपक्षी काठमाडौं महानगरलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

त्यसपछि आदेशमा निवेदक निर्माण कम्पनीले महानगरबाट तल्ला थप्न अनुमति लिएर नक्सा स्वीकृत भइसकेको र दुई करोड ३० लाख दुई हजार १२८ रूपैयाँ नक्सा पास दस्तुर तिरिसकेको कुरा नोट गरेको छ।

‘यस स्थितिमा विपक्षी महानगरपालिकाबाट निवेदकले सम्झौताबमोजिमको व्यावसायिक भवन निर्माणको लागि प्राप्त गरेको नक्सा पासको मिति र निर्णय यथावत् कायम नै रहेको परिप्रेक्ष्यमा सम्झौताबमोजिम भवन निर्माण कार्यलाई निरन्तरता दिनु वाञ्छनीय देखिएको तथा निवेदकको वैध अपेक्षासमेत देखिएको’ भनिएको छ।

यिनै कुरालाई आधार मानेर आदेशले रिट निवेदनको अन्तिम निरूपण हुने बेला ठहरे बमोजिम हुने गरी ‘सुविधा र सन्तुलनको दृष्टिकोणबाट’ निर्माण कम्पनीका नाममा ‘नक्सा बमोजिमको निर्माण तथा अन्य कुनै काम कारबाही नगर्नू’ भनेर २०८१ माघ ९ गते जारी गरेको पत्र तथा त्यो पत्रसँग सम्बन्धित निर्णय ‘कार्यान्वयन नगर्नु-नगराउनू भनी’ काठमाडौं महानगरका नाममा आदेश दिइएको छ।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २५ सेकेन्ड अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस