प्रहरी परिचालन गरेर निर्माण गरिएको सार्वजनिक शौचालय सञ्चालनमा आएन
०८ फागुन २०८१
•
२ मिनेट पाठ
प्रहरी परिचालन गरेर निर्माण गरिएको सार्वजनिक शौचालय सञ्चालनमा आएन
स्थानीयको विरोधका बाबजुद प्रहरी परिचालन गरेर निर्माण गरिएको सार्वजनिक शौचालय लामो समयदेखि सञ्चालनमा आउन सकेको छैन।




करिब एक वर्षअघि टीकापुर नगरपालिकाले भानुचोक नजिकै रहेको पुरानो सार्वजनिक शौचालय भत्काएर नयाँ निर्माण गर्न खोज्दा स्थानीयले विरोध गरेका थिए। उनीहरूले घर नजिकैको ‘ओपेन स्पेस’ मा सार्वजनिक शौचालय निर्माण गर्दा बस्ती नै दुर्गन्धित हुने भन्दै विरोध जनाएका थिए।  

नगरपालिकाले स्थानीयको विरोधलाई रोक्न प्रहरी परिचालन गरेको थियो। उसले ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरेको थियो।  

नगरपालिकाले सार्वजनिक शौचालय निर्माणमा अवरोध गरे कारबाही गर्ने चेतावनी समेत दिएको थियो। नगरपालिकाको दबाबपछि विरोधमा उत्रिएका स्थानीय सहमतिमा आउन बाध्य भएका थिए।  

स्थानीयले सहमति पत्रमा हस्ताक्षर समेत गरेका थिए। स्थानीय जनक बिष्टले सहमति पत्रमा हस्ताक्षर गरेका थिए। नगरपालिकाका तर्फबाट भने नगर प्रमुख रामलाल डगौरा थारुले हस्ताक्षर गरेका थिए। सहमति पत्रमा नगरपालिकाका तर्फबाट वन वातावरण तथा सरसफाइ उपशाखाका प्रमुख लोकबहादुर बुढा र स्थानीयका तर्फबाट उमेश तुलाचन साक्षी बसेका थिए।  

नगरपालिकाले पुरानो शौचालय जीर्ण भएकाले सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भन्दै स्थानीयसँग सहमति गरेको थियो।

सहमति पत्रमा पहिलो र दोस्रो पक्षका लागि छ वटा बुँदा उल्लेख गरिएका थिए। सहमति अनुसार नगरपालिकाले शौचालय र आसपासको क्षेत्रमा दैनिक सरसफाइ गर्ने, हाल रहेको सेफ्टी ट्यांकीको अध्ययन गरी आवश्यकता अनुसार मर्मत वा नयाँ निर्माण गर्ने, वाईफाई र सिसी क्यामेरा जडान गर्ने र स्थानीयसँगको सहकार्यमा निर्माण कार्य अघि बढाउने उल्लेख रहेको थियो।

त्यस्तै स्थानीयले शौचालय निर्माणमा अवरोध नगर्ने र शौचालय निर्माण सम्पन्न भएपछि सरसफाइ कार्य, क्यान्टिन सञ्चालन र रेखदेखको जिम्मा लिने सहमति पत्रमा उल्लेख छ।

टीकापुर नगरपालिका वडा नम्बर १ भानुचोक नजिकै निर्माण भएको यो शौचालय एशियाली विकास बैंकको २० लाख आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हो।  

सार्वजनिक शौचालय निर्माण सम्पन्न भएको करिब सात महिना बितेको छ। निर्माण पक्षले अझै नगरपालिकालाई हस्तान्तरण समेत गरेको छैन। नवनिर्मित शौचालय सञ्चालनमा नआउँदै जीर्ण बन्न थालेको छ। शौचालय वरिपरि झार उम्रिएको छ। नगरपालिकाले शौचालय सञ्चालनमा ध्यान नदिएको स्थानीयको गुनासो छ।  

स्थानीयले धेरै पटक शौचालय सञ्चालनका लागि नगरपालिकालाई आग्रह समेत गरेका छन्। तर नगरपालिकाले स्थानीयको आग्रहलाई बेवास्ता गरेको छ। ‘निर्माण गर्दा प्रहरी परिचालन गरियो तर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन,’ एक स्थानीयले भने, ‘नगरपालिका सहमति अनुसार गम्भीर हुन सकेन।’

शौचालय सञ्चालनमा आउन अझै एक महिना समय लाग्ने टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन चौधरीले जानकारी दिए। उनले शौचालयमा पानीको व्यवस्था र केही भौतिक पूर्वाधारको काम बाँकी रहेको बताए।  

‘शौचालय वरिपरि टायल बिछ्याउने काम बाँकी नै छ। त्यहाँ मिनि गार्डेन बनाउने योजना छ,’ उनले भने, ‘एक महिना सम्ममा सबै काम सकिन्छ।’
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस