ताप्लेजुङ बिहीबार ताप्लेजुङको काफ्लेपाटी आसपास क्षेत्रमा चालकमाथि भएको कुटपिट र सवारी तोडफोडको विरुद्ध पाथीभरा यातायात सेवा प्रालिले गरेको अनिश्चितकालीन बन्द एकदिनमै फिर्ता भएको छ ।
ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबीचको झडपमा घाइतेको उद्धार तथा उपचार सहजिकरणका लागि अधिकारकर्मी र रेडक्रसको टोली लिएर गएको सवारीलाई आन्दोलनकारीले तोडफोड गरी चालक राजकुमार पौडेललाई कुटपिट गरेको गाडीमा सवार अधिकारकर्मी र रेडक्रसकर्मीलाई बताएका छन् ।
कुटपिट र सवारी साधन तोडफोड पछि आकस्मिक निर्णय गर्दै पाथीभरा यातायात सेवा प्रालिले बिहीबार राति १२ बजे देखि नै अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेको थियो ।
शुक्रबार यातायात व्यवसायी र आन्दोलनरत पक्षबीच छलफल भइ आन्दोलनरत पक्षले गाडीको मर्मत र घाइते चालकको उपचार गर्ने सहमति भएसँगै यातायात बन्द फिर्ता भएको ताप्लेजुङ पाथीभरा यातायात प्रालिका कर्मचारी सरण लाबुङले जानकारी दिए ।
बिहीबार प्रहरी र आन्दोलनरत पक्षबीच झडप भई घाइते भएकाहरूको उद्धारका लागि पुगेका रेडक्रस जिल्ला सभापति इन्द्रबहादुर गुरुङ, ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू र इन्सेक प्रतिनिधि एलिना दियाली चढेको मे १ ज २५७९ को गाडी आन्दोलनरत पक्षले तोडफोड गरेका थिए ।
सो क्रममा आन्दोलनरत पक्षको हस्तक्षेपबाट सवारी चालक पौडेल घाइते भएका थिए । उनको अहिले झापाको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनलाई तत्कालै उद्धार गरी ताप्लेजुङ जिल्ला अस्पताल नल्याइएकोमा यहाँ उपचार सम्भव नभएपछि अस्पतालले थप उपचारका लागि विएण्डसी अस्पताल रेफर गरेको थियो । पाथीभरा यातायात सेवा प्रालिले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा अनिश्चितकालीन बन्दको आह्वान गरेको थियो ।