भोजराज भाट, काठमाडौं, असार १७- प्रधान मन्त्री माधवकुमार नेपालले चारवटै सुरक्षा निकायका प्रमुखलाई विशेष सतर्क रहन निर्देशन दिएका छन्।
राजिनामा दिएको भोलिपल्ट सिंहदरबारस्थित प्रधान मन्त्रीको कार्यालयमा रक्षा मन्त्री, गृह मन्त्री, रक्षा सचिव, गृह सचिवलगायत् देशको चारैवटा सुरक्षा निकायका प्रमुखसँगको केन्द्रीय सुरक्षा समितिको बैठक भएको थियो। बैठकमा प्रधान मन्त्रीले सङ्क्रमणको राजनीतिमा फाइदा उठाउन सक्ने र लुटपाट गर्न सक्ने भन्दै त्यसबाट हुन सक्ने हानि रोक्न निर्देशन दिएका हुन्।
बैठकमा नेपाली सेनाका प्रधान सेनापति छत्रमानसिंह गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक रमेशचन्द ठकुरी, सशस्त्र प्रहरीका महानिरीक्षक सनतकुमार बस्नेत र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख अशोकदेव भट्ट उपस्थित थिए।