संयुक्त राष्ट्रसंघमार्फत शान्ति स्थापनाका लागि नेपाली सेनाले महत्वपूर्ण योगदान दिँदै आएको छ। हालसम्म विभिन्न ४४ वटा शान्ति मिसनमा १,५४,३४० नेपाली शान्ति सैनिक सहभागी भइसकेका छन्।
आइतबार नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा सेनाले शान्ति स्थापनाका लागि गरेको योगदानबारे जानकारी दिएको हो।
कार्यक्रममा युद्धकार्य निर्देशक सहायक रथी रविन्द्र खत्रीले ७३ नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेको र ६९ सैनिक घाइते भएर आजीवन असहज जीवनयापन गरिरहेका बताए।
उनले भने, “संयुक्त राष्ट्रसंघको छातामुनि रही विश्व शान्ति र स्थायित्वका लागि नेपाली शान्ति सैनिकहरूको ठूलो भूमिका रहेको छ। हाल ११ वटा मिसनमा ६४२ जना महिला सैनिकसहित कुल ५,९१३ नेपाली सैनिक खटिएका छन्। यसले नेपाललाई महिला र पुरुष शान्ति सैनिक पठाउने अग्रणी राष्ट्रको रूपमा उभ्याएको छ।”
नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्षण, एउटा शिकार आरक्षण र चुरे क्षेत्रको सुरक्षा र संरक्षणका लागि ९,००० सेना परिचालन गरेको पनि जनाएको छ।
यस्तै, मित्रराष्ट्रका सेनासँग सैनिक तालिम, उच्च अधिकारीहरूको भ्रमण र समन्वयात्मक बैठकमार्फत सैन्य कूटनीतिक गतिविधि विस्तार गरी अन्तर्राष्ट्रिय सम्बन्ध प्रगाढ बनाउने काम भइरहेको सेनाले जानकारी दिएको छ।