महाशिवरात्रिमा पशुपतिनाथ क्षेत्रको सुरक्षा : सशस्त्रका करिब १३ सय जनशक्ति परिचालन
१३ फागुन २०८१
•
२ मिनेट पाठ
महाशिवरात्रिमा पशुपतिनाथ क्षेत्रको सुरक्षा : सशस्त्रका करिब १३ सय जनशक्ति परिचालन
महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब १३ सय जनशक्ति परिचालन गरेको छ ।




शिवरात्रिको दिन स्वेदश तथा विदेशबाट पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन सशस्त्र प्रहरी बल नेपालले सिनामंगलस्थित  नं. २० विपद् उद्वार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक शैलेश श्रेष्ठको कमाण्डमा फागुन १३ गते मंगलबारदेखि सुरक्षाकर्मी परिचालन गरिएको हो । मेलाको ओभरल कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्नेछ ।

उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरुबाट एक सिफ्टमा ३ सयभन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचाल हुनेछन् । महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सुरक्षा र आसपासका क्षेत्रहरुमा हुनेसक्ने आपराधिक क्रियाकलापहरु रोक्न सादा पोशाकमा समेत सशस्त्र प्रहरी परिचालन भएका छन् । सादा पोशाकमा परिचालन भएका सुरक्षाकर्मीले त्यस क्षेत्रमा भएका कामकारवाहीहरुको सुक्ष्म रुपले खबर संकलन गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

त्यसैगरी आवश्यक परेको समयमा थप मद्दतको लागि नं. १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा ३ प्लाटुन सुरक्षा फौज जुनसुकै बेला परिचालन हुन सक्ने गरि  तयारी हालतमा राखिएको छ । मेला अवधिभर भक्तजनहरुको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले खाने पानी तथा घुम्ती शौचालयको समेत व्यवस्था गरेको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपालले नेपाल एपीएफ अस्पतालका स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क स्थापना गरेको छ । हेल्थ डेस्कबाट ४ जना चिकित्सकसहित २५ जनाले मेला अवधिभर स्वास्थ्य सेवा प्रदान गर्नेछन् भने नं. २० विपद् उद्वार गणमा विपद् व्यवस्थापन तालिम प्राप्त १५ जनाको टोली आवश्यक सामाग्रीसहित तत्काल परिचालन हुनसक्ने गरी तयारी हालतमा राखिएको छ ।

भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्षहरु काठमाडौंमा

नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्षहरु काठमाडौं आएका छन् । 

जनरल जोगिन्दर जसवन्त सिंह (अ.प्रा.), जनरल दीपक कपुर (अ.प्रा.), जनरल डा. विजय कुमार सिंह (अ.प्रा.), जनरल दलवीर सिंह सुहाग (अ.प्रा.), जनरल डा. मनोज मुकुन्द नरवणे (अ.प्रा.) र जनरल मनोज पाण्डे (अ.प्रा.) सहितको टोली मंगलबार काठमाडौं आएको हो । विशेष समारोहमा सहभागी हुनुका साथै उनीहरुले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । 
अर्को समाचार
शिवरात्रि : एक पवित्र पर्वोत्सव
१४ फागुन २०८१
•
४ मिनेट पाठ
शिवरात्रि : एक पवित्र पर्वोत्सव
नेपाल अधिराज्यका विभिन्न चाड पर्वोत्सव मध्ये शिवजी उत्पत्ति हुनु भएको रातको नामले नामकरण भएको तथा मोहरात्रि, कालरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरूमा नाम कहलाएको ‘शिवरत्रि’ पनि एक ठूलो महत्थ्व भएको पर्वोत्सव हो। शिव, रुद्र, महेश अर्थात् महादेव आदि विभिन्न नामले विभूषित ईश्वर यी पशुपतिनाथ ज्योतिर्मय लिङ्ग विराजमान हुनु भएको देश नेपाल हो। यो पर्वोत्सव प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको दिन मनाइन्छ।




फाल्गुन महिना शिशिरऋतुको दुई महिना मध्ये पहिल्लो महिनामा पर्दछ। यस महिनामा माघ महिनाको बखत महादेवको रुद्रतव्व अर्थात जगतलाई रुवाउनेमा संहार गर्ने तत्वले गर्दा पत्र विहीन भई जीर्ण–शीर्ण भईरहेका रुख, बिरुवा तथा झारहरू उनै महादेवको शिवतत्व अर्थात् जगतको कल्याण गर्ने तत्वले गर्दा चलाउन थाल्दछन्। त्यसरी जीर्ण–शीर्णलाई समाप्त गरी नवीनताको रुप प्रदान गर्ने शिवतत्व स्पष्ट रुपले प्रकट हुने महिना भएकोले फाल्गुन महीनामा यो शिवरात्रि पर्वोत्सव मनाउने गरिएको हो भन्ने कथन छ। यो पर्वोत्सव मनाइने प्रकार बारे विहान सबैरैदेखि मानिसहरूले अरु चाड–पर्व मनाउँदा झै यस दिन पनि स्नानादि अनेक शुद्ध गर्ने कार्यहरू गरिसकेपछि देशभरका प्रायः सबै शिव मन्दिरहरूमा आ–आफ्ना श्रद्धा–भक्ति विभष अनुसार दर्शन, पठन–पाठन, प्रहर–प्रहरका पूजन, जप, ध्यान, दान, नाच गान, भजन आदि गर्दछन्।

ब्रत उपवास बस्नेहरूले घर घरमा पनि त्यस्तै कार्य गर्दछन्। यस दिन खास गरिकन पशुपति नाथको मन्दिरमा ठूलो मेला लाग्दछ र त्यहाँ नेपाल अधिराज्यभरका अर्थात् पहाड, तराई र उपत्यकाका लाखौं नरनारीहरू र हजारौं संख्यामा विदेशीहरू समेत जम्मा हुन्छन्। तिनीहरूले त्यहाँ शिवरात्रिको रातमा चार प्रहरको चार किसिमको पूजा गर्नको साथै महादीप, अखण्ड दीप, लखबत्ती आदि दीपोत्सवका साथ लख विल्वपत्र अर्पणादि गर्दछन्। यसको अतिरित्त शिवरात्रिको व्रत लिने मानिसहरूले त्रयोदशीको दिनमा एक छाक मात्र खाई चतुर्दशीको दिन बिहान कालो तिल आदिले नुहाएर प्रत्येक प्रहरमा षोडयोपचारले शिवजीको पूजा गर्दछन्। पूजा गर्दा धतुरो, बेलपत्रादि पनि चढाउँछन्। यो पर्वोत्सवको दिन दिउँसो टुंडिखेलमा बढाइँ गर्ने भनी तोप र बन्दुकको ब्ल्याङ्क फायर गरिन्छ र राति शिव–मन्दिरहरू र अरु अरु पनि देव देवीहरूका मन्दिर अगाडि आगो बालेर भजन, कीर्तन गरी जाग्राम बस्ने गरिन्छ। त्यसरी राति बालिएका आगोमा हलुवा पकाउने तथा मकै, मटमास, बदाम आदि भूट्ने पनि गरिन्छ। यी वस्तुहरू जाग्राम बस्ने मानिसहरूले आपस आपसमा बाँडेर खान्छन्। यो भन्दा अघि शिवरात्रिको दिन बेलुकीपख टोल टोलका केटाकेटीहरू एकएक हुल बाँधी “महादेवलाई जाडो भयो दाउरा दुइ दुइ कप्टेरा पाउँ” भनी दाउरा माग्दै हिँडेको दृश्य खुब रमाइलो देखिन्छ। तर आजकल यस प्रकारले यो पर्वोत्सव मनाइएको कमै मात्रामा देख्न पाइन्छ।  

यो पर्वोत्सवमा पशुपतिनाथको दर्शन गर्न काठमाडौँ उपत्यकामा आउने यात्रीहरूको सुखसुविधाको लागि सरकार तर्फबाट केही दिन अगाडिदेखि नै ठाउँठाउँका पाटी, पौवा, सतल, धर्मशालाहरू खुला र सफा सुग्घर गराई ठाउँ ठाउँमा छप्पड समेत बनाउन लगाई चाहिने ठाउँमा अस्थायी अस्पतालहरू, पाइखाना र इत्यादि चाहिने कुराको सबै बन्दोबस्त गराइन्छ। यात्रीहरू र भरियाहरूको लागि बढी भाग, महसूल र ज्याला लिन नपाइने प्रबन्ध पनि सरकारबाट मिलाइन्छ। साथै शिवरात्रिको केही दिन अघिदेखि दुई–तीन दिन पछिसम्म शिवरात्रि मेलामा पशुपतिनाथको दर्शन गर्न आएका सिद्ध, यति, साधु, सन्त तथा महात्माहरूलाई सरकार तर्फबाट सौदा, हण्डी र खाने कुरो तथा लत्ता–कपडाहरू पनि बाडिन्छ। यस बाहेक सामाजिक संस्थाहरू, स्वयंसेवकहरू र स्कूल–स्कूलका बालचरहरूले पनि अनेक प्रकारले यो शिवरात्रि चाड पर्वोत्सवको बेला यात्रीहरूको सेवानार्थ गर्नमा तल्लीन हुन्छन्।  

फाल्गुन कृष्ण त्रयोदशीको दिन स्नानादि कार्य गरी ब्रतोपवास बसेर त्यस दिन राति जाग्राम बस्ने र त्रयोदशी सिद्धिई चतुर्दशी लाग्ना साथ महादेव र शिवलिङ्ग परिक्रमा गरी अर्ध दिने र शिवरात्रिको दिन पनि जाग्राम बसी होम गर्ने कार्यहरू गर्नाले सर्व शिद्धि लाभ हुन्छ भनी यो शिवरात्रि पर्वोत्सवको महत्व बारे लिङ्गपुराणे ‘महादेव वचन’ भनी लेखिएको छ। साथै ‘भारतीय ब्रतोत्सव’ नामक पुस्तकमा पनि अमान्तमासको दृष्टिकोटबाट भनी यस शिवरात्रि पर्वोत्सवको महत्व बारे शिवजीले पार्वतीलाई बताउनु भएको कुरा लेखिएको छ। पार्वतीले शिवजीसँग व्रतोत्सव मध्ये सर्वोत्तम व्रतोत्सव कुन हो भनी सोध्दा शिवले व्रतोत्सवहरू मध्ये सर्वोत्तम व्रतोत्सव शिवरात्रिको व्रतोत्सव हो र यस दिन जो व्यक्तीले शुद्ध भई शुद्ध चित्त राखेर ब्रतोपवास बस्दछ त्यो व्यक्तियमलोक जानु पर्ने कार्यबाट मुक्त हुन्छ भन्नु भयो। यस प्रकार यस पर्वोत्सवको महत्व बारेका कुराहरू लेखिएको देखिन्छ।

उपर्युक्त कथनहरूको आधारमा मात्र मनन गर्दा यो पर्वोत्सवको उत्पत्ति तथा महत्वका कारणहरू धार्मिक तथा आध्यात्मिक कुराहरू मात्र हुन् कि भने जस्तो लाग्छ। तर अलि बढी विचार गरेर हेर्दा यो शिवरात्रि पर्वोत्सवको उत्पत्ति तथा महत्वका कारणहरू उपर्युक्त कारणहरूको अतिरिक्त वैज्ञानिक, आर्थिक, तथा स्वास्थ्य–रक्षा आदिका कारणहरू पनि हुन् भन्ने कुरा स्पष्ट तवरले देखिन आउँदछ। यो पर्वोत्सवको बखतमा स्नान तथा शुद्धीका कार्य गरिने हुनाले स्वास्थ्य रक्षा हुने कुरा पनि देखिन्छ। साथै यो बखतमा देश–विदेशबाट धेरै मानिसहरू आउने हुँदा यहाँ बनाइएका विभिन्न प्रकारका वस्तुहरू बिक्री भई देशको लागि आर्थिक लाभ पनि हुन्छ। यो पर्वोत्सव मनाउनाले आफ्नो संस्कृतिको रक्षा भइरहन्छ। कारण यो शिवरात्रि नेपाल अधिराज्यको राष्ट्रिय सांस्कृतिक पर्वोत्सव हो भन्नुमा दुई मत छैन। तसर्थ हामी सबैले यो पर्वोत्सवको महत्व बुझ्न जरुरी देखिन्छ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस