पशुपति प्रवेशद्वारमै थुप्रै बालबालिका अनुहारदेखि खुट्टासम्म यस्तो रङले पोतिएका अवस्थामा देखिए।
एक बालक भगवान् शिवको आसनमा उभिएर दान मागिरहेका थिए। जब सोधियो— ‘तिमीलाई यो रङ कसले लगाइदियो?’ उनले मौनता साँध्ने प्रयास गरे।
त्यस्तै, अन्य बालबालिकासमेत शान्त मुद्रामा बसेर अघि थाल राखी दान संकलन गरिरहेका थिए। नाम राहुल बताउने एक बालकले भने, ‘बुवा–आमाले नै रङ लगाइदिएका हुन्।’ मेलामा यस्ता बालबालिकाको उमेर ६ देखि १० वर्षसम्मको देखिन्थ्यो।
रसायनयुक्त रङको प्रयोग, गम्भीर स्वास्थ्य जोखिम
वातावरणविद् राम चरित शाहका अनुसार यस्ता टल्किने रङहरूमा लेड (सिसा) मिसिएको हुनसक्छ, जसले छालामा एलर्जी, घाउ तथा स्थायी दाग उत्पन्न गर्न सक्छ। रक्तनलीमार्फत शरीरमा प्रवेश गरेपछि यसले मुटु, मिर्गौला, फोक्सो तथा मस्तिष्कलाई गम्भीर असर पार्ने सम्भावना रहन्छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार, सन् २०१६ मा नेपालका ६५ प्रतिशत बालबालिकाको रगतमा लेडको मात्रा पाइएको थियो। विशेषगरी बालबालिकामा यस्तो विषाक्त पदार्थले स्मरणशक्ति कमजोर बनाउने, सिकाइ क्षमतामा असर पार्ने र मिर्गौलासम्बन्धी गम्भीर समस्या उत्पन्न गर्ने जोखिम रहन्छ।
महाशिवरात्रि मेलामा बालबालिकामाथि यस्ता रसायनयुक्त रङको प्रयोगलाई नियन्त्रण गर्न कुनै पनि निकायको ध्यान पुगेको देखिँदैन। स्वास्थ्य तथा वातावरण संरक्षणसम्बन्धी विज्ञहरूले यस्तो अभ्यास रोक्न तत्काल पहल गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
बालबालिकाको स्वास्थ्य जोखिममा पार्ने यस्ता गतिविधि रोक्न अभिभावकदेखि सम्बन्धित निकायसम्मले गम्भीर ध्यान दिनुपर्ने बेला आएको छ। यस्तो हानिकारक परम्पराले धार्मिक मेलाको पवित्रतासँगै भविष्यको पिँढीलाई समेत जोखिममा पार्न सक्ने उनीहरुको भनाइ छ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौंमहानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।
त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...